Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026

पत्रपत्रिका

कोरोना बीमाको दाबी भुक्तानी स्थगित

१७ साउन, काठमाडौँ – सरकारले तोकिएको रकम निकासी गर्न ढिलाइ गरेपछि सबै निर्जीवन बीमा कम्पनीहरूले कोरोना बीमाको दाबी भुक्तानी स्थगित गरेका छन् । नेपाल बीमक संघको आह्वानमा २० निर्जीवन बीमा कम्पनीहरूले शुक्रवारदेखि कोरोना बीमाको दाबी भुक्तानी औपचारिक रूपमा नै स्थगित गरेका हुन् । सरकारले बजेट निकासी नगर्दा कम्पनीहरूले वैशाखयता नै कोरोना बीमाको दाबी भुक्तानीमा ढिलाइ […]

चालू आर्थिक वर्षको दोस्रो साता बितिसक्दा पनि मौद्रिक नीति अझै अन्योल

१७ साउन, काठमाडौँ – नेपाल राष्ट्र बैंकले विगतमा साउन पहिलो साता सार्वजनिक गथ्र्यो, मौद्रिक नीति । चालू आर्थिक वर्षको दोस्रो साता बितिसक्दा पनि कुनै छाँटकाँट छैन। नीति ल्याउने तयारी भइरहँदा अर्थमन्त्री परिवर्तन भए। त्यसपछि बजेट संशोधन गर्ने भनिएकाले ढिलाइ भएको हो। राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेल बजेटले के–के अंकले मौद्रिक नीतिलाई प्रत्यक्ष प्रभाव पार्छ भनेर […]

ओली–नेपाल शक्ति प्रदर्शनमा, एकताभन्दा पार्टी विभाजन उन्मुख

१७ साउन, काठमाडौँ – दोस्रो तहका नेता पार्टी एकता गर्न प्रयासरत छन् । तर अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको बोली र क्रियाकलाप भने एकताभन्दा पार्टी विभाजन उन्मुख छन् । शनिबार ओली र नेपाल छुट्टाछुट्टै कार्यक्रममा सहभागी भए, दुवैले एकताभन्दा एकता विरोधी अभिव्यक्ति दिए । दुवै नेताका गतिविधिले अब एक ठाउँ बस्न […]

कोरोनाको तेस्रो लहरको जोखिममा बालबालिका, देखिन्छन् यस्ता लक्षण

१७ साउन, काठमाडौँ – बालबालिकालाई कोरोना भाइरसले खासै असर गर्दैन, सङ्क्रमण भइहाले पनि चाँडै निको भइहाल्छ भन्ने सोचाइ र बुझाइ धेरैको छ । तर, यो सोचले गम्भीर स्थिति पु–याउन सक्ने विज्ञको चेतावनी छ । कोरोनाको तेस्रो लहरले बालबालिकालाई बढी समस्यामा पार्न सक्छ भन्ने आइरहँदा बालबालिकालाई महामारीबाट जोगाउन सबैले ध्यान दिनुपर्ने चिकित्सकको सुझाव छ । कोरोना […]

बलात्कृत ११ वर्षीया बालिकाले बच्चा जन्माइन्

१७ साउन, काठमाडौँ – बाबुको भन्दा बढी उमेरको छिमेकीबाट बलात्कृत ११ वर्षीया अन्जु (नाम परिवर्तन)ले बुधबार बिहान विराटनगरको कोसी अञ्चल अस्पतालमा बच्चा जन्माएकी छन् । झापा खुदुनाबारी–१ टप्पु गाउँकी अन्जुले बलात्कारको २८ हप्तापछि सामान्य अवस्थामा छोरा जन्माएकी हुन् । साढे ६ महिनामै जन्मिएको बच्चाको तौल एक किलो दुई सय ग्राम रहेको छ । प्रसूतिपछि आमाको […]

निर्धारित समयमै द्रुतमार्ग बन्ने

१६ साउन,काठमाडौँ- काठमाडौँ–तराई/मधेस  द्रुतमार्गको निर्माण निर्धारित समयमा नै सम्पन्न गर्ने घोषणा गरिएको  छ  ।  द्रुतमार्ग  निर्माण  व्यवस्थापनको  जिम्मा  पाएको  नेपाली  सेनाले  आर्थिक  वर्ष  २०८०र८१  भित्र  द्रुतमार्ग निर्माण सम्पन्न गर्ने घोषणा गरेको हो । द्रुतमार्ग र सेनाको कल्याणकारी योजना निर्देशनालयको वार्षिक प्रगति सार्वजनिक गर्न शुक्रबार जङ्गी अड्डामा आयोजित पत्रकार सम्मेलनमा द्रुतमार्ग आयोजना प्रमुख प्राविधिक सहायक रथी […]

शक्तिशाली बन्दै उपेन्द्र

१६ साउन, काठमाडौँ – ‘मधेसको समस्याः विभेदको पहिचान र समाधान’ का लागि विभिन्न क्षेत्रका अगुवाको सहभागितामा २०५४ सालमा विराटनगरमा उपेन्द्र यादवको नेतृत्वमा गठन भएको मधेसी जनअधिकार फोरम विभिन्न स्वरूप पार गर्दै अहिले मधेसको सबैभन्दा शक्तिशाली राजनीतिक संगठन हुन पुगेको छ। फोरमले मधेसको आधारभूत समस्या समाधानका लागि २०५४ सालमा २२ बुँदे घोषणापत्र समेत जारी गरेको थियो […]

सक्रिय संक्रमित एक महिना यताकै उच्च

१६ साउन, काठमाडौँ – शुक्रबार कोरोनाका सक्रिय संक्रमितको संख्या एक महिनायताकै उच्च देखिएको छ । गत १७ असारमा सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय ६८ रहेको थियो । यो संख्या क्रमशः ओरालो लाग्दो क्रममा रहे पनि पुनः शुक्रबार ३१ हजार १४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दैनिक ५ सयभन्दा धेरै संक्रमित […]

यादव पक्ष सरकारमा, ठाकुर पक्ष जनतामा

१६ साउन, काठमाडौँ – निर्वाचन आयोगले जनता समाजवादी पार्टी ९जसपा०को आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिएपछि अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष अलमलमा परेको छ । यद्यपि, ठाकुर पक्ष अब अर्को नयाँ दल खोलेर आफ्ना एजेन्डासहित जनतासमक्ष जाने योजनामा पुगेको छ । आयोगको निर्णय पश्चात् यादव पक्षले जसपाको कार्यकारिणी समितिको बैठक […]

कोरोना कहर : धमाधम बन्द हुँदै फिल्म हल

१६ साउान, काठमाडौँ – फिल्म निर्माण र प्रदर्शनको व्यवस्थापनमा सक्रिय देखिने निर्माता तथा वितरक गोपाल कायस्थलाई यतिखेर राजधानीको बौद्धस्थित सिद्धार्थ चलचित्र मन्दिर (हल) भत्काउने चटारो छ। एक सातादेखि उनी सिद्धार्थ हलभित्र रहेका सामान व्यवस्थापनमा लागि परेका छन्। ‘कोरोना भाइरस महामारीका कारण चलचित्र क्षेत्रमा गतिविधि ठप्प भइरहेको अवस्थामा हल बन्द गरेर राख्नुको सट्टा भत्काएर व्यापारिक शैलीको […]