पत्रपत्रिका
नेपाल पक्ष सरकारमा सहभागी नहुने
१५ साउन, काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी ९एमाले०का वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सरकारमा सहभागी नहुने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन महत्वपूर्ण भूमिका खेलेको नेपाल पक्षले सरकारमा सहभागिता नजनाउने औपचारिक जानकारीसमेत गठबन्धन दललाई दिएको छ । योसँगै अब नेपाल पक्षबिनाको सरकार गठन हुने भएको छ । यद्यपि, प्रधानमन्त्री देउवालाई विश्वासको मत […]
जसपाभित्र मन्त्री छान्न यादवलाई सकस
१४ साउन, काठमाडौँ – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव मन्त्री छान्न पार्टीभित्र सकसमा परेका छन्। यही विषयमा अहिले उनी तनावमा रहेको यादवनिकट स्रोतले बतायो। मन्त्री छान्ने विषयमा बुधबार यादवले ललितपुरमा पार्टीको कार्यकारिणी समितिको बैठक बोलाएका थिए। बैठकले मन्त्रीको टुंगो लगाउन पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष यादव तथा वरिष्ठ नेता अशोक राईलाई […]
खोप कार्यक्रममा ठेलमठेल : कोरोना टार्ने कि सार्ने ?
१४ साउन, काठमाडौँ – सुनसरीको इटहरी उपमहानगरपालिकाले कोरोना फैलिएको भन्दै मंगलबारदेखि नगरपालिका र वडा कार्यालयका अत्यावश्यकबाहेक काम बन्द गर्यो। सात दिनका लागि कार्यालय बन्द गरिए पनि कोरोनाविरुद्ध खोप लगाउन भने नगरवासीको भीड लाग्यो। सोमबार सुरु खोप कार्यक्रममा स्थानीयवासी ठेलमठेल गरी सहभागी भएका थिए। दूरी पालना गर्न आह्वान गर्ने उपमहानगरपालिका र त्यसको पालना गर्नुपर्ने नगरवासी दुवैको […]
सपिङ मल र कम्प्लेक्सहरूले ७० करोड कर तिर्न आलटाल
१४ साउन, काठमाडौँ – राजधानीका ठूला सपिङ मल र कम्प्लेक्सहरूले सम्पत्ति कर तिर्न आलटाल गरेका छन् । काठमाडौं महानगरपालिकाले एक महिनाको म्याद दिएर घर–जग्गा तथा सम्पत्ति कर बुझाउन आग्रह गरेको भए पनि सो अवधिभित्र उनीहरूले कर बुझाउन आलटाल गरेका हुन् । काठमाडौं महानगरपालिका राजस्व विभागले असार १५ गते ३० दिनको म्याद दिई आरबी कम्प्लेक्स, सुरज […]
नेपाललाई सरकारमा सहभागी हुन दबाब
१४ साउन, काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमाले माधव नेपाल समूहलाई सरकारमा आउन पटक–पटक आग्रह गरे पनि निर्णय लिन नसकेका बेला नेपाल समूहका सांसदहरूले नेता नेपाललाई सरकारमा सहभागी हुन दबाब दिएका छन् । बुधबार बसेको नेपाल समूहका २२ सांसदको बैठकमा उनीहरूले वर्तमान देउवा नेतृत्वको सरकारमा आफ्नो समूह सहभागी हुनुपर्ने भन्दै दबाब दिएका थिए । […]
यी १७ जिल्ला कोरोनाको तेस्रो लहरको अति उच्च जोखिममा
१४ साउन, काठमाडौँ – निषेधाज्ञा खुकुलो पारिएसँगै हेलचेक्र्याइँका कारण कोरोना महामारीको तेस्रो लहर सन्निकट देखिएको छ। खोप अभियान जारी रहेकै बेला पछिल्लो एक सातामा संक्रमणदर २४.२ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जब कि साउन ५ गते संक्रमणदर २०.७ प्रतिशत मात्र थियो। १७ हजार हाराहारी व्यक्तिको परीक्षण गर्दा ४ हजार हाराहारीमा संक्रमण पुष्टि […]
जुत्ताको निर्यात ६० प्रतिशतले घट्यो
१४ साउन, काठमाडौँ – आत्मनिर्भरको सूचीमा राखिएको जुत्तामा नेपालको वैदेशिक व्यापारघाटा चुलिएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा जुत्ताको आयात बढेको र निर्यात ह्वात्तै घटेको देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गएको आर्थिक वर्षमा जुत्ताको निर्यात ६० प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०७६/७७ मा नेपालबाट ५६ लाख ६२ हजार थान जुत्ता […]
बाघ संरक्षणसँगै मानवीय क्षतिको चुनौती
१४ साउन, काठमाडौँ – आज विश्व बाघ दिवस । बाघको अस्तित्व जगेर्ना गर्नु मानव समुदायकै दायित्व भन्ने सन्देशका साथ मनाइँदै छ तर बाघ संरक्षणसँगै नेपालमा बढेको मानवीय क्षति चुनौती बन्दै गएको छ । नेपालमा पछिल्ला वर्ष बाघको सङ्ख्या बढेसँगै बाघको आक्रमणबाट मानिसको ज्यान जाने घटना पनि बढिरहेका छन् । बाघ संरक्षण नेपालले उच्चतम सफलता हासिल गरे […]
मन्त्रिमण्डल पूर्णता दिन सकस
१४ साउन, काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिमण्डल पूर्णता दिन सकस परेको छ । प्रधानमन्त्रीमा नियुक्त भएको दुई साता बित्दासमेत उनले मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन् । मन्त्रिमण्डलको पूर्णता दिन सत्तासाझेदार दलहरूबीच छलफल बाक्लिए पनि निकास निस्कन सकेको छैन । कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले मंगलबार प्रमुख सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल […]
कांग्रेस क्रियाशील सदस्यता विवादः १ सय २१ वडामा स्थगित
१४ साउन, काठमाडौँ – कांग्रेस क्रियाशील सदस्यता विवादका कारण देशभर १ सय २१ वटा वडामा स्थगित गरिएको छ । महाधिवेशनका लागि तल्लो तहका तथा सबैभन्दा महत्वपूर्ण मतदाताका रूपमा रहने क्रियाशील सदस्यता विषयमा छानबिन समितिले बुझाएको प्रतिवेदनअनुसार देशभर १ सय २१ वडाको सदस्यता स्थगित गरिएको छ । यी वडाबाट आएका पुराना सदस्यतामात्र सदर गरी समितिले नयाँलाई […]



