Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

पत्रपत्रिका

नेपालसँगको विवाद आज वारपार

१६ साउन, काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव ईश्वर पोखरेलले वरिष्ठ   नेता   माधवकुमार   नेपालसँगको विवादलाई  अब  लामो  समय  नतन्काउने बताएका छन् । शुक्रबार पार्टी कार्यालयमा आयोजित  कार्यक्रममा  उनले  केही  दिनभित्रै यसबारे अन्तिम टुंगो लाग्ने बताए । नेकपा  (एमाले)मा  अध्यक्ष  केपी  शर्मा ओली र वरिष्ठ नेता नेपाल समूहबीच चलेको विवादले पार्टी एकीकृत नै रहने कि […]

हानथापले समस्याः आउलान् असल मन्त्रीहरू ?

१६ साउन, काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गृहकार्य अन्तिम चरणमा पुगे पनि ‘गठबन्धन दलमा कसलाई मन्त्री बनाउने ?’ भन्ने विवादका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन सकिरहेको छैन । गठबन्धनबीच मन्त्री छनोटमा विवाद भइरह“दा देउवाका सारथीका रूपमा ‘कस्ता मन्त्री भित्रिएलान् ?’ भन्ने आमचासो छ । कोभिडका कारण संकट निम्तिरहेको छ । यो संकटबाट मुलुकलाई पार […]

बाँकेमा बाघैबाघ

१५ साउन काठमाडौं – बाघको संरक्षणका लागि बाँके राष्ट्रिय निकुञ्ज स्थापना गरियो । २०६७ असार २८ गते स्थापना भएको निकुञ्जमा छोटो समयमै करिब दुई दर्जन बाघ पुगेको छ । सन् २००९ मा चारवटा बाघ रहेको निकुञ्जमा अहिले २१ वटा छन् । सन् २०१८ मा गणना गर्दा २१ वटा देखिएका हुन् । अझै बढेको आँकलन गरिएको […]

भरिँदै आईसीयू र भेन्टिलेटर

१५  साउन, काठमडौँ – कोरोना संक्रमित संख्या बढ्दै गएपछि अस्पतालका आईसीयू र भेन्टिलेटर फेरि भरिन थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालमा अहिले १ सय ६० भेन्टिलेटर र ६ सय ३६ जना आईसीयूमा छन् । जसअन्तर्गत प्रदेश १ मा १ सय १५ आईसीयू र ४६ जना भेन्टिलेटरमा छन् । प्रदेश २ मा […]

लुम्बिनी प्रदेशमा सत्ता टिकाउने र ढाल्ने खेल

१५ साउन, कामठाडौँ – लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले पटकपटक सदनमै भन्ने गरेका छन्, ‘अल्पमतमा परेपछि एक मिनेट पनि कुर्सीमा बस्दिनँ, नैतिकताका आधारमा राजीनामा दिन्छु।’ अरूलाइ नैतिकताको पाठ पढाएर नथाक्ने मुख्यमन्त्री पोखरेलले बजेट पास नहुने पक्का भएपछि असार ३१ गते सदन (प्रदेशसभा बैठक) छोडेर भागे। बजेट निर्णयार्थ प्रस्तुत गर्ने बेला बैठक छाडेर भागेका उनले […]

न्यायाधीश नै बिचौलिया !

१५ साउन, काठमाडौँ – सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले गठन गरेको एक अध्ययन समितिले अदालतका न्यायाधीश नै बिचौलिया हुने गरेको निष्कर्ष निकालेको छ । उक्त समितिले प्रधानन्यायाधीश राणालाई न्यायपालिकामा हुनसक्ने विकृति, विसंगति, अनियमितता वा भ्रष्टाचार एवम् बिचौलियाहरूबाट हुनसक्ने क्रियाकलापहरू र त्यसको रोकथामका लागि चाल्नुपर्ने उपायका सम्बन्धमा अध्ययन गरी बिहीबार प्रधानन्यायाधीश राणासमक्ष प्रतिवेदन बुझाएको छ […]

पैसा कमाउने लोभमा गुणस्तरहीन सामान बजारमा

१५ साउन, काठमाडौँ – उद्योगीले बजारमा गुणस्तरहीन खाद्यसामग्री बिक्रीवितरण गरी उपभोक्ताको स्वाथ्यमा खेलबाड गर्ने गरेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आर्थिक वर्ष २०७७/७८ मा गरेको खाद्य उद्योग तथा बजार अनुगमनका क्रममा उद्योगीले गुणस्तरहीन खाद्य तथा पेय पदार्थ बजारमा विक्री वितरण गरी उपभोक्ताको स्वाथ्यमा खेलबाड गर्ने गरेको पाइएको हो । विभागका प्रवक्ता […]

कांग्रेसको १४औं महाधिवेशन भदौमा नहुने निश्चित

१५ साउन, काठमाडौँ – नेपाली कांग्रेसको १४औं महाधिवेशन भदौमा नहुने निश्चित भएको छ। निर्वाचन आयोगसँगको परामर्शमा कांग्रेसले महाधिवेशन सार्ने तयारी गरेको स्रोतको दाबी छ। निर्वाचन आयोगले कांग्रेसको महाधिवेशन गर्न पुससम्मको समय उपलब्ध गराउने भन्दै स्रोतले थप्यो, ‘आयोगसँग त्यस विषयमा कुरा भइरहेको छ। भदौमा महाधिवेशन हुँदैन।आयोगका  पदाधिकारीसँग कांग्रेसका नेताहरू नियमित सम्पर्कमा रहेको जानकारी दिँदै एक नेताले […]

काठमाडौं–तराई द्रुतमार्ग : सुरुङमार्गसहित पुलको ठेक्का पाएका चिनियाँ टोली नेपालमा

१५ साउन, काठमाडौँ – काठमाडौं–तराई द्रुतमार्ग आयोजनाअन्तर्गतका मुख्य र जटिल मानिने सुरुङमार्ग र विशेष पुल बनाउने ठेक्का पाएका दुईओटै चिनियाँ कम्पनीका अधिकारीहरू नेपालमा आएका छन् । दोस्रो प्याकेजको ठेक्का पाएको पोली च्याङ्दा इन्जिनीयरिङ कर्पोरेशनका अधिकारी आएको १ महीनापछि पहिलो प्याकेजको टोली काठमाडौंमा आएको हो । पहिलो प्याकेजको छोक्रेडाँडा–धेद्रेखोलासम्मको सुरुङमार्ग तथा पुल बनाउने ठेक्का पाएको चाइना […]

नेपाल प्रहरीको तह र दर्जा थप्न प्रस्ताव

१५ साउन, काठमाडौँ – नेपाल प्रहरीले आफ्नो संरचना पुनरावलोकन गर्दै तह र दर्जा थप गर्न गृह मन्त्रालयमा प्रस्ताव पठाएको छ । प्रहरी प्रधान कार्यालयले तल्ला तहका प्रहरी कर्मचारीको मनोबल बढाउने गरी गरेको लामो समयको अध्ययनपछि चारवटा तह र तीनवटा दर्जाको संरचना थप्न गृह मन्त्रालयमा प्रस्ताव गरेको हो । यसरी कुल चार तह र तीन दर्जा […]