पत्रपत्रिका
एक सचिव पदका लागि तीन वरिष्ठ सहसचिवको नाम सिफारिस
१७ असार, काठमाडौँ – सचिव बढुवा सिफारिस समितिले प्रशासन सेवातर्फ रिक्त एक सचिव पद (विशिष्ट श्रेणी) का लागि तीन वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ । लोक सेवा आयोग अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा सिंहदरबारमा बुधबार बसेको समिति बैठकले सहसचिवहरू गणेश पाण्डे, मधुसूदन बुर्लाकोटी र कृष्णहरि पुष्करको नाम सिफारिस गरेको हो । आगामी मन्त्रिपरिषद् बैठकले सिफारिस […]
२ सय ३० प्रतिशतसम्म बढ्यो तरकारीको मूल्य
१७ असार, काठमाडौं – एक महीनाको अवधिमा काठमाडौंमा हरियो तरकारीको मूल्य २ सय ३० प्रतिशतसम्म बढेको पाइएको छ । कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्यसूचीअनुसार गएको १ महीनाको अवधिमा हरियो तरकारीको मूल्य यति धेरै बढेको पाइएको हो । वर्षात् शुरू भएसँगै किसानहरूले तरकारी लगाएको जमीनमा धान रोपाइँ शुरू गरेकाले तरकारीको उत्पादन घट्न […]
साउन १ गतेदेखि क्यूआर कोर्डसहितको लाइसेन्स वितरण हुने
१७ असार, काठमाडौँ – यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा पास गरेका चालकलाई साउन १ गतेदेखि परीक्षणकालीन अनुमतिपत्र दिने भएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले लाइसेन्स परीक्षा पास गरेपछि १ वर्षको परीक्षणकालीन लाइसेन्स दिनुपर्ने व्यवस्था गरेको छ । विभागले ऐन बनेको २९ वर्षपछि उक्त व्यवस्था गर्न लागेको हो […]
आजदेखि दैनिक ६७ वटा आन्तरिक उडान हुँदै, यस्तो छ स्वास्थ्य मापदण्ड
१७ असार, काठमाडौँ – नयाँ भेरियन्ट भनिएको कोभिड–१९ को संक्रमण चेन ब्रेक गर्न वैशाख २० गतेदेखि अनिश्चितकालका लागि रोकिएको आन्तरिक उडान ६८ औं दिनपछि बिहीबारदेखि सञ्चालन हुँदैछ । मन्त्रिपरिषद्को असार ७ को आदेश अनुसार, नागरिक उड्डयन प्राधिकरणले बुधबार आन्तरिक उडानका लागि चारवटा वायुसेवाको तालिका स्विकृत गरेका छ । प्राधिकरणले हाललाई जुलाई महिनाभर (असार १७ देखि […]
कांग्रेस महाधिवेशनस् झन् मजबुत बन्दै ‘गुट’
१६ असार, काठमाडौँ – कांग्रेसका सक्रिय सदस्य वितरणकै क्रममा वडा तहमै ‘गुट’ खडा भैसकेका छन्। यसको दृष्टान्त हो ‘सक्रिय’ सदस्यतामा गरिएको भागबण्डा। वडा तहबाट सिफारिस हुने सक्रिय सदस्यता नामावलीमा नाम भागबण्डा गरेरै केन्द्रमा पठाइए, फलतः केन्द्रले पनि उनै भागबण्डा गरेरै पठाइका नामावलीलाई सदर ग¥यो। कांग्रेसी पुराना नेताका अनुसार सक्रिया सदस्यताको यो वितरण प्रणाली नयाँ र […]
‘पुनःस्थापना भए अस्थिरता’
१६ असार, काठमाडौँ – प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सरकारी वकिलहरूले प्रतिनिधिसभा पुनःस्थापना भए मुलुक अस्थिरतातर्फ जाने दाबी गर्दै चुनाव निर्विकल्प भएको जिकिर गरेका छन्। कसैले पनि सरकार बनाउने आधार प्रस्तुत गर्न नसकेकाले राष्ट्रपतिले आफूमा रहेको अधिकार प्रयोग गरी प्रतिनिधिसभा विघटन गरेको उनीहरूको तर्क छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराईको […]
एमालेमा २ जेठ २०७५ कै अवस्थामा फर्किने निर्णय, माधव समूहलाई छैन केही जानकारी
१६ असार काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले) २ जेठ २०७५ कै अवस्थामा फर्किने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले २ जेठमा फर्किने निर्णय औपचारिक रूपमा गरेको हो । एमाले सचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीले बैठकले १८ असारमा बस्ने गरी एकतापूर्वको केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको बताए । […]
कांग्रेस क्रियाशील सदस्यता छानबिन अन्योलमा
१६ असार, काठमाडौँ – नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै जाँदा महाधिवेशनको सबैभन्दा महत्वपूर्ण पक्ष मानिएको क्रियाशील सदस्यताको छानबिन विषय पेचिलो बनेको छ । देशभरबाट आएका क्रियाशील सदस्यता छानबिन गरी सदस्यताको टुंगो लगाउनेगरी कांग्रेसले नेता रमेश लेखकको संयोजकत्वमा छानबिन समिति बनाएको छ । तर, सो समितिले छानबिनको मापदण्ड नपाउँदा सदस्यतासम्बन्धी छानबिन र विवादमा तदारुकताका साथ काम गर्न […]
लोक सेवाका स्थगित परीक्षा साउनदेखि
१६ असार, काठमाडौँ – लोक सेवा आयोगले कोरोना (कोभिड–१९) महामारी र पदाधिकारी नहुँदा रोकिएका सम्पूर्ण परीक्षा साउन १५ गतेदेखि सञ्चालन गर्ने भएको छ । आयोगमा पदाधिकारीहरू नियुक्त भएपछि स्थगित भएका सम्पूर्ण परीक्षा सञ्चालन हुने भएको हो । पूर्व सूचनाअनुसार स्थगित भएका परीक्षालाई सोमबार बसेको आयोगको बैठकले साउन १५ देखि असोज २५ गतेसम्म गर्ने निर्णय गरेको हो । खरिदारदेखि […]
माधव समूहलाई नबोलाई एमाले जेठ २ मा फर्किने
१६ असार, काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (एमाले) २ जेठ २०७५ कै अवस्थामा फर्किने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले २ जेठमा फर्किने निर्णय औपचारिक रूपमा गरेको हो । एमाले सचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीले बैठकले १८ असारमा बस्ने गरी एकतापूर्वको केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको बताए । […]



