Date
आइत, बैशाख २०, २०८३
Sun, May 3, 2026

पत्रपत्रिका

प्रतिनिधिसभा विघटन मुद्दामा फैसला अर्को साता

१९ असार, काठमाडौँ – प्रतिनिधिसभा विघटन बदर वा सदर हुने भन्ने अर्को साता टुंगो लाग्ने भएको छ। प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा असार ९ देखि सुरु भएको सुनुवाइमा रिट निवेदक र सरकार पक्षको बहस टुंगिएको छ। अब आइतबार सभामुखका तर्फबाट कानुन व्यवसायीले दुई घण्टा बहस गर्नेछन्। त्यसपछि रिट निवेदक पक्षले जवाफस्वरूप बहस गर्नेछ। अन्तिममा एमिकस […]

कानको समस्याले निम्त्याउँछ मानसिक रोग

१९ असार, काठमाडौँ – कान नसुन्ने समस्या (हियरिङ लस) बाट पिरोलिरहनुभएको छ भने मानसिक तनाव उत्पन्न हुनसक्नेमा सचेत रहनुहोला । कान नसुन्ने समस्याले पनि मानसिक रोग निम्त्याउँछ । निजामती कर्मचारी अस्पतालका नाक, कान, घाँटी विशेषज्ञ डा। निर्मला तामाङले कान नसुन्ने समस्याका कारण धेरैमा मानसिक रोगको समस्या देखिएको जानकारी दिइन् । उनले भनिन्, “धेरै बिरामीले कान […]

शंकर पोखरेल अप्ठयारोमा

१९ असार, बुटवल – लुम्बिनी प्रदेश सरकारकी भौतिक पूर्वाधार राज्यमन्त्री सुमन शर्मा रायमाझीले मन्त्री पदबाट राजीनामा दिएकी छन् । राज्यमन्त्री रायमाझीले मुख्यमन्त्री शंकर पोखरेलसमक्ष राजीनामा बुझाएकी हुन् । ‘तपाईं मुख्यमन्त्री रहेको प्रदेश सरकारमा मसमेत मन्त्री भएर कामकाजमा सहयोग गरी आएकोमा जनता समाजवादी पार्टी, नेपालको तपाईं नेतृत्वमा रहेको सरकारलाई समर्थन नरहेकाले मैले तपाईंको सरकारमा पार्टीको समर्थन […]

भदौपछि फेरि संक्रमण ह्वात्तै बढ्न सक्ने

१८ असार, काठमाडौँ – गत मंगलबारदेखि सार्वजनिक यातायात खुलाइएसँगै कोरोना महामारीको दोस्रो लहर रोक्न झन्डै दुई महिनाअघि जारी निषेधाज्ञा आंशिक रूपमा खुला भएको छ। तर अझसम्म राष्ट्रिय रूपमा कोरोना संक्रमण दर २० प्रतिशतको हाराहारीमै छ। पछिल्ला दुई दिनमा त यो २६ प्रतिशतमा उक्लेको छ। पर्याप्त परीक्षण र खोप अभावसँगसँगै संक्रमण दर अपेक्षित हिसाबले नघट्दा महामारी […]

एक वर्षपछि भारतले खोल्यो पाम आयलको आयात

१८ दअसार, कामठाडौँ – प्रतिबन्ध लगाएको १ वर्षपछि भारतले पाम तेलको आयात फुकुवा गरेको छ । भारतको यो कदमसँगै नेपालबाट प्रशोधित पाम आयलको भारत निकासीको बाटो खुलेको उद्यमीहरूले बताएका छन् । भारतको वैदेशिक व्यापार महानिर्देशनालयले मंगलवार सूचना निकालेर पाम आयलको आयात खुला गरिएको जानकारी दिएको हो । भारतले आगामी डिसेम्बर अन्तिम (पुस १६) सम्मका लागि […]

एमाले एकता पक्षमा नेपाल समूह लचिलो

१८ असार, काठमाडौँ – सत्तारुढ एमालेभित्रको विवाद मिलाउने विषयमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले लचिलो हुने संकेत दिएको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटी विघटन र पार्टी संरचनालाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने निर्णय गरेपछि बसेको नेपाल समूहको बैठकले विवाद निरूपणका लागि वार्ता र छलफललाई निरन्तरता दिने निर्णय गरेको […]

चार लेन सडक विस्तारको योजना

१८ असार, काठमाडौँ - सरकारले पूर्व–पश्चिम राजमार्गअन्तर्गतको कमला–ढल्केबर–पथलैया सडकखण्डको विस्तार प्रक्रिया अगाडि बढाएको छ । त्यस क्रममा परामर्शदाता कम्पनीको सूची तयार भएको छ । राजमार्गको सो खण्डको विस्तार गर्न विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० निर्माणका लागि आठवटा अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनी सङ्क्षिप्त सूचीमा सूचीकृत भएको सडक विभागले जनाएको छ । त्यस खण्डको लम्बाइ १३० किलोमिटर रहेको छ । सरकारले अहिले दुई लेन […]

लकडाउन खुकुलो भएसँगै यातायातले यात्रु ठग्न थाले

१८ असार, काठमाडौँ – उपत्यकामा सवारी सञ्चालन भएसँगै यातायातकर्मीहरु यात्रु ठगी गर्न थालेका छन् । बुधबार मात्रै ठगी गर्ने केही यातायातका कर्मचारीलाई पक्राउ गरी कारवाही गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज पनि आठ जनालाई पक्राउ गरी कारवाही गरेको छ । उनीहरुले उपत्यकाको विभिन्न स्थानबाट यात्रुसँग तीन गुणा बढीसम्म भाडा लिइ ठगी गरेको फेला परेको प्रहरीले […]

मुलुकभर बाढी, पहिरो र डुबानको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

१८ असार, काठमाडौँ – मनसुन सक्रिय भएसँगै निरन्तरको वर्षाका कारण मुलुकभर बाढी, पहिरो र डुबानलगायत विपत् जोखिमका घटना बढ्न सक्ने भन्दै गृह मन्त्रालयले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । मनसुनजन्य विपत्बाट हुन सक्ने सम्भावित जोखिम तथा धनजनको क्षति रोक्न र खोज, उद्धार तथा राहत वितरण कार्यलाई प्रभावकारी बनाउन स्थानीय प्रशासन र सुरक्षा निकायलाई […]

कोरोनाको प्रकोप पुनः बढ्दै

१८ असार, काठमाडौँ – नेपालमा विश्वभरि महामारीको रूप लिएको कोरोनाको प्रकोप पुनः बढ्दै जाँदा संघीय सरकारले यसको रोकथाम तथा नियन्त्रणका लागि सक्रियता नदेखाएको पाइएको छ । कोरोना नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई अधिकार प्रदान गरेर रोकथाम तथा नियन्त्रणको प्रयास जारी राखेको सरकारले माथिल्लो निकायबाट आवश्यक योजना तथा रणनीति तय गरेर त्यसको कार्यान्वयन गर्ने काम […]