Date
आइत, बैशाख २०, २०८३
Sun, May 3, 2026

पत्रपत्रिका

जसलाई मेलम्चीको बाढीले सुकुम्बासी बनायो !

२६ असार, काठमाडौँ – बेंसीमा सडक विस्तारसँगै गाउँको जग्गा बेचबिखन गरी १८ वर्षअघि हेलम्बु–२ ढोडेनीबाट किउलको गणेशे बगर झरेका थिए, धनबहादुर तामाङ। तर, मेलम्ची खोलामा असार १ गते आएको बाढीले घर र साढे चार रोपनी खेत बगाएपछि धनबहादुर सुकुम्बासी भएका छन्। यससँगै छोराछोरीलाई राम्ररी पढाउने सपनासमेत बाढीले बगाएको छ। उनीहरू यति बेला छिमेकीसँगै टेन्ट हालेर […]

तरकारीको मनपरी भाउ

२६ असार, काठमाडौँ – पछिल्लो पटक तरकारीको भाउ महँगो भएपछि थापाजस्ता धेरै उपभोक्ताको भान्सामा तरकारी नै कम पाक्न थालेको छ । तरकारीको मागअनुसार आपूर्ति नहुँदा मनपरी भाउ बढेको हो । चार जनाको परिवारलाई डेढ सय रुपियाँको तरकारीले एक छाक टार्न गाह्रो हुन थालेको छ । तरकारीबाहेक मरमसला, नुन तेलसमेत गर्दा एक छाक तरकारीको १८० रुपियाँ […]

सोमबारभित्रै ‘जोन्सन एन्ड जोन्सन’को खोप १५ लाख डोज आइपुग्ने

२६ असार, काठमाडौं – आगामी सोमबारभित्र कोभ्याक्स फ्यासिलिटीमार्फत ‘जोन्सन एन्ड जोन्सन’को १५ लाख मात्रा खोप नेपाल आउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार आगामी सोमबारसम्म अमेरिकाबाट सो खोप आउने निश्चित भएको हो । स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, ‘सोमबारसम्म जोन्सन एन्ड जोन्सनको १५ लाख मात्रा खोप आउन लागेको छ, त्यसका लागि सम्पूर्ण […]

ओली र नेपालको आ-आफ्नै रणनीतिले एकतामा अवरोध

२६ असार, काठमाडौँ – एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आआफ्नै रणनीतिअनुसार अघि बढ्न खोजेपछि विवाद समाधान गरी पार्टी एकता जोगाउनमा ढिलाइ भइरहेको छ । यद्यपि, दुवै नेताका तर्फबाट गठित कार्यदल भने पार्टी एकताका लागि सहमतिनजिक पुगेको छ । शुक्रबार बसेको कार्यदल बैठकले धेरै विषयमा सहमति जुटाएको कार्यदलका सदस्यले बताएका छन् […]

कक्षा १२ को परीक्षा साउन अन्तिम साताबाट गर्ने तयारी

२० असार, काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन अन्तिम साताबाट सञ्चालन गर्ने प्रस्ताव गर्दै सरकारसँग अनुमति मागेको छ । भौतिक रूपमा नै परीक्षा सञ्चालन गर्ने भन्दै बोर्डले परीक्षाका लागि अनुमति मागिएको जनाएको छ । बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले परीक्षा सञ्चालनका लागि सरकारले अनुमति दिएलगत्तै आफूहरूले परीक्षाको प्रक्रिया अगाडि बढाउने […]

नेपाल–खनाल पक्षलाई हस्ताक्षर फिर्ता लिन निर्देशन

१९ असार, कामठाडौँ – एमाले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको अनुपस्थितिबीच शुक्रबार केन्द्रीय कमिटी बैठक बसेको छ। बैठकले पार्टीका निवर्तमान सांसदलाई असार २१ बेलुकासम्म सर्वोच्च अदालतमा गरेको हस्ताक्षर फिर्ता गर्न अल्टिमेटम दिएको छ। कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै नेपाल–खनाल पक्षका २३ जनाले हस्ताक्षर गरेका थिए। बैठकले विपक्षी दलका नेतालाई […]

नेपाल भित्रिने विदेशीको सङ्ख्या घट्यो

१९ असार, काठमाडौँ – कोभिड–१९  सङ्क्रमणका  कारण जारी निषेधाज्ञाले उडानसमेत प्रतिबन्ध हुँदा नेपाल भित्रने विदेशीको सङ्ख्या घटेको छ । अध्यागमन विभागका अनुसार जुनमा नेपाल भित्रिनेको  सङ्ख्या  एक  हजार  १४३  मात्र  रहेको  छ । अघिल्लो मेमा  नेपाल  भित्रिने  सङ्ख्या  एक  हजार  ४६८  थियो ।  त्यसअघि प्रतिबन्धको  अवस्था नहुँदा  मार्चमा  भने  करिब  १५  हजार  विदेशी नेपाल भित्रिएका […]

प्रतिनिधिसभा विघटन मुद्दामा फैसला अर्को साता

१९ असार, काठमाडौँ – प्रतिनिधिसभा विघटन बदर वा सदर हुने भन्ने अर्को साता टुंगो लाग्ने भएको छ। प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा असार ९ देखि सुरु भएको सुनुवाइमा रिट निवेदक र सरकार पक्षको बहस टुंगिएको छ। अब आइतबार सभामुखका तर्फबाट कानुन व्यवसायीले दुई घण्टा बहस गर्नेछन्। त्यसपछि रिट निवेदक पक्षले जवाफस्वरूप बहस गर्नेछ। अन्तिममा एमिकस […]

ओली र नेपालबीचको टेलिफोन संवादपछि फेरि भाँडियो एमाले एकता

१९ असार, काठमाडौँ – सत्तारुढ नेकपाभित्रको आन्तरिक विवाद मिल्ने क्रममा रहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको टेलिफोन संवादपछि फेरि भाँडिएको छ। अध्यक्ष ओलीले नेता नेपाललाई शुक्रबार बिहान टेलिफोन गरी भेटघाट गरी सहमतिमा अघि बढ्न आग्रह गरेका थिए। ओलीको आग्रहलाई नेपालले अस्वीकार गरेपछि दोस्रो पुस्ताका नेताहरूले थालेको एकता पहल […]

सरकारले गरेका नियुक्तिमा पूर्वसचिव र ६० कटेकाकै दबदबा

१९ असार, काठमाडौँ – नेपालको संविधानले संवैधानिक आयोगहरूको पदाधिकारी हुन न्यूनतम उमेर ४५ वर्ष पुगेको हुनुपर्ने व्यवस्था गरेको छ। तर सरकारले गरेका नियुक्तिमा भर्खरै ४५ वर्ष उमेर कटेका व्यक्तिहरू विरलै पाइन्छन्। संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिबाट २०७७ माघ २१ र २०७८ असार १० मा विभिन्न संवैधानिक आयोगहरूका पदाधिकारीमा ५२ जनालाई नियुक्त गरिएको छ। यसरी नियुक्ति पाउनेमा […]