Date
आइत, बैशाख २०, २०८३
Sun, May 3, 2026

पत्रपत्रिका

माननीयहरूलाई एकमुष्ट तलब

३० असार, कामठाडौँ – सांसदहरूको नाममा झण्डै ६ करोड बढी रकम आज–भोलिमै निकासा हुँदै छ । जेठ ८ को मध्यराति प्रतिनिधिसभा विघटनसँगै २७१ सांसदको पद गुमेको थियो । दोस्रो पटक विघटित प्रतिनिधिसभा ब्युँतिएसँगै सांसद र पिएले २ महिनादेखि रोकिएको तलब एकमुष्ट पाउने भएका छन् । संघीय संसद् सचिवालयले प्रतिनिधिसभाका सदस्य र तिनका पिएलाई जेठ र […]

देउवा सरकारप्रति कठोर बन्ने ओली संकेत

३० असार, काठमाडौँ – अदालतको आदेशबाट सरकारबाट बाहिरिएको एमालेलाई संसद् र सडकमा प्रधानमन्त्री शेरबहादुर देउवाले झेल्नुपर्नेछ । ४१ महिना प्रमुख प्रतिपक्षीको भूमिकामा रहे पनि सत्ता साझेदार जस्तै देखिएको कांग्रेसका लागि विपक्षी एमालेको प्रहार सामना गर्न सहज हुने छैन। सरकाबाट हट्नुपरेको झोकमा पार्टीका भ्रातृ संगठनलाई एमालेले सडकमा उतारिसकेको छ। एमाले अध्यक्ष केपी ओलीले देउवाको शपथग्रहण बहिष्कार […]

बहिर्गमनको पीडाले ओलीमा आक्रोश

३० असार, काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट मुक्त हुनुअघि मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै आफूपछि बन्ने सरकार सही तरिकाले अघि बढ्नेमा शंका व्यक्त गरेका छन्। विश्वमा पहिलो पल्ट अदालतबाट प्रधानमन्त्री बनाउने आदेश आएको टिप्पणी पनि उनले गरे। उनले अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरे। उनले अदालतबाट राजनीतिक हस्तक्षेप भएको र त्यसले राज्यका […]

देउवाका चार सारथीको बायोडाटा

३० असार, काठमाडौँ – नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस र माओवादीका दुईरदुई नेतालाई सरकारमा सहभागी गराएका छन्। प्रधानमन्त्रीमा सपथग्रहणलगत्तै मन्त्रिपरिषद् गठन गर्दै देउवाले बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, जनार्दन शर्मा र पम्फा भुसाललाई सरकारमा सहभागी गराएका हुन्। देउवाले आफ्ना विश्वासपात्रद्वय खाँण र कार्कीलाई क्रमशः गृह र कानुन मन्त्रालयको जिम्मेवारी दिएका छन्। त्यस्तै माओवादी केन्द्रका नेता […]

बालुवाटारको सुरक्षा टोली बूढानिलकण्ठतिर

३० असार, काठमाडौँ – एउटा प्रधानमन्त्री बहिर्गमित हुँदा अरु केही व्यक्ति र विषय पनि सँगै जान्छन् । तीमध्ये केपी ओलीको बहिर्गमनसँगै प्रयोजनहीन बनेको विषय हो, आर्थिक वर्ष २०७८/७९ को बजेट । प्रधानमन्त्रीसँगै हिजो पदमुक्त हुनुभएका अर्थमन्त्री विष्णु पौडेलद्वारा गत जेठ १५ मा जारी १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट कार्यान्वयनमा जानुभन्दा तीन दिनअघि […]

जसपा सरकारमा किन भएन सहभागी ?

३० असार, काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) तत्काल सरकारमा सहभागी नहुने भएको छ । जसपा कार्यकारी समितिको मंगलबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको बैठकले सरकारमा तत्काल सहभागी नहुने निर्णय गरेको हो । जसपा कार्यकारिणी समितिका सदस्य रामसहाय यादवले निर्वाचन आयोगमा पार्टी आधिकारिकताको मुद्दा विचाराधीन अवस्थामा रहेकाले जसपा तत्काल सरकारमा सहभागी नहुने बताए । कांग्रेस […]

माधवको जित

३० असार, काठमाडौँ – वरिष्ठ नेता माधव नेपालले १० बुँदे सहमतिभित्र बढी जित हासिल गर्नुभएको उनी पक्षीय सदस्यहरुको दावी छ । त्यसो त सोमबारको सर्वोच्चको फैसलाले माधवका सम्पूर्ण एजेण्डा जस्ताको तस्तै अनुमोदन गरेकै छ । तर, त्यसअघि हस्ताक्षर फिर्ताको भ्रम फिँजाइएपछि माधवले फेसबुकबाटै त्यसको प्रतिवाद गरे । उनको शर्त थियो ०७५ जेठ २ मा पुग्ने […]

अनलाइन कक्षाले तनावमा बालबालिका

३० असार, काठमाडौँ – नयाँ बानेश्वरकी राधिका महर्जनकी कक्षा १ मा अध्ययनरत सात वर्षीया छोरीलाई अनलाइन कक्षाप्रति रुचि छैन । राधिकाले आफ्नी छोरीले अनलाइन कक्षा लिन नमान्ने गरेको बताउँदै भन्नुभयो, “विद्यालय जाँदा जहिले खुसी भएर जान्थी । अनलाइन कक्षामा बस्नै मान्दिनन् ।” अनलाइन कक्षामा धेरै सिक्न नसकेको गुनासो आम अभिभावकको छ । बालमनोविज्ञ गङ्गा पाठकले […]

शपथमा किचलो र देउवाको अडान

३० असार, काठमाडौँ – प्रधानमन्त्रीमा नियुक्त शेरबहादुर देउवा मंगलबार साँझ साढे ६ बजे शपथ ग्रहणका लागि बूढानीलकण्ठबाट बाहिरिए । देउवा पाँचौंपटक प्रधानमन्त्रीमा नियुक्त हुँदै थिए । तर, राष्ट्रपति कार्यालयले प्रधानमन्त्री नियुक्त गर्न देउवालाई पठाएको पत्रमा भने संविधानको कुन व्यवस्था र धाराअनुसार नियुक्त हुने भन्ने स्पष्ट उल्लेख नभएकाले देउवालाई चित्त बुझेन ।उनले पहिले मुख्यसचिव शंकरदास बैरागीमार्फत […]

‘नेपाल पक्षले अझै पनि विश्वास गर्न सकिरहेको छैन ओलीलाई’

२६ असार, काठमाडौँ – नेकपा एमालेको आन्तरिक विवाद मिलाउने क्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सहमतिनजिक पुगेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित नपार्ने, प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन पार्टीका सांसदले गरेको हस्ताक्षर फिर्ता नगर्ने समझदारीसहित निसर्त २०७५ जेठ २ अगाडिको पार्टी संरचना ब्युँताउने […]