पत्रपत्रिका
ओलीविरुद्ध डटेर लड्न १५ नेता एकजुट
१३ जेठ, काठमाडौँ – एमाले बाट निष्कासित माधवकुमार नेपाल पक्षका १५ जना नेताले आफुलाई गरिएको कारबाही स्वेच्छाचारी भएको बताउँदै अध्यक्ष केपी शर्मा ओलीका गतिविधि विरुद्ध डटेर लड्ने बताएका छन् । नवौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी सहितका नेता एवम् सांसद गरेर ११ जनालाई पार्टी सदस्यबाट निष्कासन गरिएको र १२ जनालाई स्पष्टीकरण सोधिएको प्रति आक्रोश व्यक्त गर्दै नेताहरुले […]
साउदीबाट ४२ हजार नेपाली फिर्ता
१३ जेठ, काठकमाडौँ – साउदीमा कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढ्दो छ । निको हुने संख्या पनि उल्लेख्य नै छ । साउदीमा कोरोनाबाट हालसम्म ४ लाख ४० हजार ९ सय १४ जना संक्रमित छन् भने ७ हजार २ सय ४९ जनाको मृत्यु भएको छ । ४ लाख ४६ हजार ९० जना निको भएका छन् । […]
निषेधाज्ञाका कारण ३६ लाख मानिस बेरोजगार
१३ जेठ, काठमाडौँ – रोजगारका झन्डै आधा दर्जन क्षेत्रमा काम गर्दै आएका ३६ लाख ५० हजार मानिस अहिले बेरोजगार भएका छन् । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण पर्यटन, यातायात, निर्माण, ब्यूटिपार्लर व्यवसाय, खुद्रा पसल, दैनिक ज्यालादारीमा काम गर्नेहरू अहिले कामविहीन बन्न पुगेका छन् । सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि निषेधाज्ञा […]
अन्तिम चरणमा पुगेको नागरिकता विधेयकमाथि अन्तरघात गरेर अध्यादेश
१२ जेठ, काठमाडौँ – नयाँ संविधानको व्यवस्था बमोजिम नागरिकता ऐनमा परिवर्तन गर्नुपर्ने भएपछि प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचन २०७४ पछि बनेको केपी ओली नेतृत्वको सरकारले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ जेठ २२ गते संसद्मा दर्ता गरायो। नेकपा खारेज नहुने बेलासम्म झण्डै दुईतिहाइको ओली सरकारले संसद्मा जतिबेला पनि यो विधेयक पारित गर्नसक्ने […]
बैंकलाई शेयर लगानीमा कडाइ
१२ जेठ, काठमाडौँ – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई शेयरमा लगानी गर्न कडाइ गरेको छ । तेस्रो त्रैमासिक मौद्रिक नीतिको समीक्षामा गरेको व्यवस्थालाई कार्यान्वयनमा ल्याउने क्रममा एकीकृत परिपत्रमा संशोधन गर्दै लघुवित्तको शेयरमा लगानी गर्न निषेध गर्दै कडाइ गरेको हो । बैंकहरूले २०७८ जेठ १० सम्म लघुवित्तको शेयर खरीद गरेको भए २०७८ पुस मसान्तभित्र […]
कानुन लाग्दैन, नेताज्यू ?
१२ जेठ, काठमाडौँ – कोरोना संक्रमण दिन प्रतिदिन बढ्दै गएको छ। मृत्युको संख्या पनि घट्न सकेको छैन। निषेधाज्ञाको अवधि थपिँदो छ। सरकारले यसलाई झन् कडा बनाउँदै लगेको छ। अक्सिन र भेन्टिलेटरको अभावमा संक्रमितहरूले पर्याप्त उपचार पाइरहेका छैनन्। फ्रन्टलाइनमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतले आफ्नो र परिवारको भन्दा संक्रमितहरूको जीवनरक्षा गर्न ज्यान जोखिममा पारेका छन्। यस्तो बेला […]
रासायनिक मलको मूल्य बढ्यो
१२ जेठ , काठमाडौँ – अन्तरराष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढेको छ । कोरोना महामारीको प्रभावका कारण युरिया, डीएपी र पोटासको मूल्य बढेको हो । मूल्य बढेसँगै सरकारले रासायनिक मल किन्नका लागि छुट्ट्याउने गरेको बजेट अपुग हुने देखिएको सरोकारवालाहरूको भनाइ छ । कोरोना महामारीको प्रभावका कारण नेपालमा रासायनिक मल आयात हुने बंगलादेश, साउदी अरब, भारतलगायत […]
आधारभूत तहमा पनि निःशुल्क इन्टरनेट
१२ जेठ, काठमाडौँ – सरकारले देशभरका करिब २० हजार आधारभूत विद्यालयमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने भएको छ । यसअघि ब्रोडब्यान्ड नेटवर्क विस्तार परियोजनाअन्तर्गत देशैभरका सामुदायिक माध्यमिक विद्यालयमा मात्र इन्टरनेट उपलब्ध गराउने गरी कार्यक्रम कार्यान्वयन गरिएकोमा अब आधारभूत विद्यालयहरूमा इन्टरनेट उपलब्ध गराइने भएको हो । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले ग्रामीण दूरसञ्चार विकास कोषअन्तर्गतको रकम […]
सरकारले महामारी रोक्न निषेधाज्ञालाई बनायो निर्विकल्प अस्त्र
१२ जेठ, काठमाडौँ – सरकारले महामारी नियन्त्रण गर्न संक्रमित पहिचान, उपचार, सीमा नियमन र खोप व्यवस्थापन गर्नुको साटो निषेधाज्ञालाई मात्र जोड दिएको छ । खोटाङ र मनाङबाहेक ७५ जिल्लामा स्थानीय प्रशासनको आदेशमा नागरिकको आवागमन नियन्त्रण र अत्यावश्यकबाहेकका सेवा ठप्प पारिएको छ । सरकारले निषेधाज्ञा चरणबद्ध रूपमा लम्ब्याउँदै गए पनि नयाँ संक्रमित फेला पर्ने र मृत्यु हुने […]
शेयर कारोबार रकममा ऐतिहासिक रेकर्ड
११ जेठ, काठमाडौँ – सोमवार शेयर कारोबार रकमले ऐतिहासिक रेकर्ड कायम गरेको छ । यस दिन हालसम्मकै उच्च रू। १३ अर्ब १७ करोड ५३ लाख ५३ हजार बराबरको शेयर किनबेच भयो । यस दिन २ करोड ७१ लाख ४० हजार २०२ कित्ता शेयर कारोबार भएको थियो । जेठ ५ गते भएको सर्वाधिक रकमको रेकर्डलाई शेयर […]



