पत्रपत्रिका
खाद्य कम्पनीद्वारा खाद्यान्नको निःशुल्क होम डेलिभरी
१७ बैशाख, काठमाडौँ – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले काठमाडौं उपत्यकाभित्र खाद्य सामग्रीको निःशुल्क होम डेलिभरी शुरू गरेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाको समयमा उपभोक्तालाई पर्ने असुविधालाई ध्यानमा राख्दै कम्पनीले उपत्यकाभित्र खाद्यान्नको निःशुल्क होम डेलिभरी सेवा सुचारु गरेको हो । बिहीवार विज्ञप्ति जारी गर्दै कम्पनीले कर्णालीको सिमी, जुम्ली मार्सी चामल, घीउ, […]
सङ्क्रमणको दोस्रो लहर : शहर रित्तियो, गाउँमा जोखिम
१७ बैशाख , काठमाडौँ – काठमाडौँभित्र र बाहिर गर्ने मुख्य नाका कलङ्कीको बुधबार साँझको अवस्था हेर्दा यहाँ सरुवा रोगको महामारी छ भन्ने नै लाग्दैनथ्यो । त्यसैले यहाँ बसोबास गर्दै आएका हजारौँ नागरिकले राजधानी शहर छोड्ने तरखर गर्दै थिए । आ–आफ्ना घरगाउँ फर्किने हतारमा रहेका उनीहरु भन्दै थिए “भोलि बिहानै निषेधाज्ञा लागिसक्छ, आजै रातिसम्म काठमाडौँ छोडिसक्नुपर्छ, […]
सीडीओलाई शक्तिशाली बनाउने सरकारको नीति
१६ बैशाख, काठमाडौँ – सरकारले कोरोना भाइरस नयाँ प्रजाति संक्रमण नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई शक्तिशाली बनाउने नीति लिएको छ । मन्त्रिपरिषद् बैठकले कुनै पनि जिल्लामा कोभिड संक्रमण फैलिए सीडीओलाई निषेधाज्ञा गर्न सक्ने अधिकार प्रदान गरेको हो । गत वर्ष कोरोना महामारी फैलिएको अवस्थामा केन्द्र सरकार आफैंले निर्णय गरेर देशव्यापी लकडाउन गरेको थियो । […]
नेपालमा मृत्युदर १.०२६ प्रतिशत
१६ बैशाख, काठमाडौँ – देशभर कोरोना संक्रमित संख्या ३ लाख १२ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमित संख्या ३ लाख १२ हजार ६ सय ९९ पुगेको हो । सक्रिय संक्रमित संख्या ३० हजार २ सय ९ रहेको छ । केही दिनयता संक्रमणदर बढ्दो क्रममै छ । कुल संक्रमितमध्ये २ लाख […]
जसपालाई फकाउन मुद्दा फिर्ता
१६ बैशाख, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जनता समाजवादी पार्टी ९जसपा० का माग पूरा गर्न थालेको छ। यसबाट ओली नेतृत्वको सरकारले निरन्तरता पाउने सम्भावना बढेको छ। जसपा मागअनुसार सरकारले मधेस आन्दोलनका क्रममा लगाइएका १५ थान मुद्दा (१२० जना अभियुक्त) फिर्ता लिने निर्णय गरेको छ। यो निर्णयसँगै जसपाले एमाले नेतृत्वको वर्तमान सरकारसँग सत्ता […]
माओवादीद्वारा दुई मेयर र पाँच उपमेयरलाई पार्टीबाट निष्कासन
१६ बैशाख, काठमाडौँ – एमाले ओली समूहतिर लागेको भन्दै रौतहटका दुई मेयर र पाँच उपमेयरलाई नेकपा (माओवादी केन्द्र)ले पार्टीबाट निष्कासन गरेको छ । उनीहरुलाई पदबाट मुक्त गरिदिन निर्वाचन आयोगलाई पत्राचारसमेत गरेको छ । पार्टीको प्रदेश समिति सदस्य रहेका नगर प्रमुखहरु मौलापुरमा रिनाकुमारी साह र कटहरियाका सियाराम कुशवाहालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको माओवादीले […]
बाँकेमा कोरोना कोभिड अस्पताल भर्ना भएकामध्ये अधिकांशको मृत्यु २४ घन्टाभित्रै
१६ बैशाख काठमाडौँ – शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका बैजनाथ गाउँपालिका–६ का ५६ वर्षीय पुरुषको बुधबार मृत्यु भयो । बैशाख १३ गते सामान्य लक्षणसहित कोभिड अस्पताल कोहलपुर पुगेका उनको १४ गते पिसिआर जाँच गरेपछि कोभिड पुष्टि भएको थियो । कोभिड पुष्टि भएको २४ घन्टा नघट्दै चिकित्सकले बुधबार उनको मृत्यु घोषणा गरेका थिए । यसअघि नेपालगंज […]
तेस्रो मुलुक उड्न प्रतिबन्ध
१५ बैशाख, काठमाडौँ – कोरोना संक्रमण दर दैनिक बढ्न थालेपछि सरकारले नेपाल ‘ट्रान्जिट’ बनाएर तेस्रो मुलुक जान प्रतिबन्ध लगाएको छ । सरकारको निणर्यसँगै आज बुधबार मध्यरात १२ बजेबाट त्रिभुवन विमानस्थललाई ‘ट्रान्जिट’का रूपमा प्रयोग गर्ने विदेशी नागरिकको आगमनमा रोक लगाइने भएको हो । बाहिरबाट आउने यात्रुबाट थप कोरोना संक्रमण फैलाउन सक्ने जोखिम न्यूनीकरणको उपायस्वरूप अध्यागमन विभागले […]
साँझ परेपछि बालुवाटारमा पुगेको सूचना
१५ बैशाख, काठमाडौँ – रात परेपछि बालुवाटारमा कस्ता कस्ता सूचना पुग्दा रहेछन् भने, सुन्नासाथ प्रधानमन्त्री झस्किहाल्ने । ९ गते आइतबार रातिको एउटा सूचनाका कारण ओलीपक्षीय केन्द्रीय सदस्यहरुले सोमबार बिहानबिहानै दुःख पाए । राति त्यहाँ पुगेको सूचना थियो, ‘नेपाली कांग्रेसले भोलि दिउँसो अविश्वासको प्रस्ताव दर्ता गर्ने भयो । त्यसमा माओवादी केन्द्र र जसपाका सांसदले हस्ताक्षर गर्ने […]
१३ जिल्लामा लकडाउन
१५ बैशाख, काठकमाडौँ – कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले १० जिल्लामा पूर्ण तथा तीन जिल्लामा आंशिक निषेधाज्ञा जारी गरेको छ । संक्रमण गति तीव्र रूपमा फैलँदै गएपछि सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत मंगलबार अबेरसम्म गरी १० मा पूर्ण तथा तीन जिल्लामा आंशिक निषेधाज्ञा आदेश जारी गरेको हो । गृह मन्त्रालयका उपसचिव खुमकान्त अधिकारीका […]



