समाचार
अनुमति नलिइ कर्मचारीको सरुवा नगर्न/नगराउन सरकारलाई आयोगको निर्देशन
काठमाडौँ – निर्वाचन आयोगले अनुमति नलिइ कुनै पनि कर्मचारीको सरुवा नगर्नरनगराउन सरकारलाई निर्देशन दिएको छ । साथै आयोगले सरुवा भइसकेका कर्मचारीलाई रमाना दिइ असोज ९ गते अर्थात पर्सिसम्ममा सम्बन्धित कार्यालयमा हाजिर भइसक्ने व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिएको छ। आयोगले हिजोदेखि अस्थायी मतदाता नामावलीमा कर्मचारीहरुको नाम समावेश गर्ने प्रक्रिया सुरु गरेकाले कर्मचारी सरुवा हुँदा लगत […]
म्यादी प्रहरीका लागि मागभन्दा दोब्बर आवेदन
काठमाडौँ – म्यादी प्रहरीमा मागभन्दा दोब्बर बढीले आवेदन परेको छ । प्रतिनिधि सभा र प्रदेश सभा चुनावको सुरक्षाका लागि भन्दै १ लाख १५ हजार म्यादी प्रहरी माग गरिएकोमा २ लाख ३२ हजार ८८ जनाले आवेदन दिएका छन् । म्यादी प्रहरीका लागि ४० दिनको कार्यावधि तोकेर गएको भदौ ३० गते भर्ना खोलिएको थियो । आवेदन दिने […]
प्रदेश गौरवको योजनामा जिरी समावेश हुँदा दोलखाको आर्थिक रुपान्तरणमा टेवा पुग्छ : मन्त्री खड्का
काठमाडौँ – बागमती प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले दोलखाको जिरी क्षेत्रलाई प्रदेश गौरवको योजनाका रूपमा समावेश गरेको छ । प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले दोलखाको जिरीमा मानव निर्मित ताल निर्माण गर्ने योजनालाई प्रदेश गौरवको योजनाका रूपमा समावेश गर्ने निर्णय गरेको हो ।प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले दोलखाको जिरीमा मानव निर्मित ताल निर्माण गर्ने […]
सशस्त्र प्रहरीले माग्यो इन्सपेक्टर र असई
काठमाडौँ – सशस्त्र प्रहरीले निरीक्षक (इन्सपेक्टर) र सहायक निरीक्षक (असई) माग गरेको छ । लोकसेवा आयोगको सहमतिमा सशस्त्र प्रहरीले शुक्रबार सार्वजनिक सूचना जारी गरी इन्सपेक्टर र असई मागेको हो । ७१ सशस्त्र प्रहरी निरीक्षक (साधारण उपसमूह), ८ सशस्त्र निरीक्षक (कानुनतर्फ) र ७३ सहायक निरीक्षक (साधारण उपसमूहतर्फ) माग गरिएको हो । योग्यता पुगेकाले आजदेखि ७ कात्तिकभित्र […]
दार्चुलामा जिप दुर्घटना, एक जनाको मृत्यु, पाँच जना सख्त घाइते
काठमाडौँ – दार्चुलाको अपी हिमाल गाउँपालिका–५ तिम्लामा गए राति जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । पाँचजना सख्त घाइते भएका छन् । मृत्यु हुनेमा अपिहिमाल–६ का १८ वर्षीय दिनेशसिंह धामी छन् । उनको घटनास्थलमै मृत्यु भएको अपी हिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठाकरेले जानकारी दिए । मार्मा गाउँपालिकाको लटिनाथबाट अपी हिमालको मकरीगाडतर्फ जाँदै गरेको म […]
दसैं र तिहारमा रेमिट्यान्सको भर
काठमाडौँ – दसैं तथा तिहार पर्व नजिकिदै गर्दा रेमिट्यान्सको आयमा वृद्धि भएसँगै आम नेपालीको आर्थिक क्रियाकलाप पनि चलायमान हुने गरेको छ । अन्य समयको तुलनामा चाडपर्वमा रेमिट्यान्स आयमा वृद्धि हुने भएकाले नेपालका आधा जनसंख्याको आर्थिक क्रियाकलाप चलायमान हुने गरेको छ । विशेषगरी दसैं र तिहारमा रेमिट्यान्सले देशको भन्दा पनि व्यक्तिको आर्थिक हैसियत चलायमान बनाउने गरेको […]
डिभी परेपछि भिसाका लागि नक्कली शैक्षिक प्रमाणपत्र बनाउने नौ जना पक्राउ
काठमाडौँ – प्रहरीले काठमाडौंबाट नक्कली शैक्षिक प्रमाणपत्रसहित नौ जनालाई पक्राउ गरेको छ । डिभी परेपछि भिसा पक्रियाका लागि कक्षा १२ को नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेका नौ जनालाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा पाँचथर घर भई दमक बस्ने २५ वर्षीय समिर राई, कास्कीका ४० वर्षीय अरूण कार्की, […]
पहिलोपल्ट गाउँमै भोट हाल्दै तेम्बाथान र तेगाबासी
काठमाडौँ – जुगल हिमालको काखमा रहेको सिन्धुका अन्तिम दुई गाउँ तेम्बाथान र तेगाका बासिन्दाले मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गाउँमै भोट खसाल्न पाउने भएका छन्। सदरमुकाम चौताराबाट एक दिन टाढा उत्तर(पश्चिममतर्फ रहेका यी बस्तीका मतदाताले पहिलोपटक गाउँमै भोट खसाल्न लागेका हुन् । निर्वाचन आयोगले गाउँमै मतदान केन्द्र राखेर त्यहाँका मतदातालाई ऐतिहासिक अवसर दिएको […]
काठमाडौं महानगरलाई भत्काउने काम रोक्न एकै दिन २२ पत्र
काठमाडौँ – टुकुचामाथि कानूनसम्मत निर्माण भएका भवन र १३० वर्ष इतिहास बोकेका टुकुचा छोप्ने गुम्बज आकारको डुँड भत्काएको लगायतका विषयमा काठमाडौं महानगरपालिका विरुद्ध बिहीबार एकै दिन अदालतले २२ वटा पत्र काटेको छ । उच्च अदालत पाटनले काम रोक्न आदेश दिँदै काटेका ति पत्रहरू हिजो महानगरपालिकामा बुझाएको छ । महानगरका प्रवक्ता नवीन मानन्धरले एकैदिन काम रोक्न […]
विश्वको आठौँ अग्लो हिमाल मनास्लुमा प्याराग्लाइडिङ
काठमाडौँ – विश्वको आठौँ अग्लो मनास्लु हिमालबाट प्याराग्लाइडिङ परीक्षण उडान भइरहेको छ। सो हिमालको उचाइ आठ हजार १६३ मिटर रहेको छ। मनास्लुमा प्याराग्लाइडिङ परीक्षण उडानका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अनुमतिमा छ जना आरोहीको टोलीले परीक्षण उडानको अभ्यास गरिरहेको छ। इलाइट हिमालयन एडभेन्चरले अनुमति पाएको परीक्षण उडानको टोलीमा विश्व कीर्तिमानी पर्वतारोही नेपाली मिङ्मा […]



