Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026

प्रदेश गौरवको योजनामा जिरी समावेश हुँदा दोलखाको आर्थिक रुपान्तरणमा टेवा पुग्छ : मन्त्री खड्का

काठमाडौँ – बागमती प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले दोलखाको जिरी क्षेत्रलाई प्रदेश गौरवको योजनाका रूपमा समावेश गरेको छ । प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले दोलखाको जिरीमा मानव निर्मित ताल निर्माण गर्ने योजनालाई प्रदेश गौरवको योजनाका रूपमा समावेश गर्ने निर्णय गरेको हो ।प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले दोलखाको जिरीमा मानव निर्मित ताल निर्माण गर्ने योजनालाई प्रदेश गौरवको योजनाका रूपमा समावेश गर्ने निर्णय गरेको हो ।

बिहीबार बसेको बैठकले मानवनिर्मित पर्यटकीय ताल निर्माण जिरी लाई प्रदेश गौरवको योजनाका रूपमा समावेश गर्ने निर्णय गरेको हो ।

५ वर्षमा सम्पन्न हुने यो आयोजनाको लागत ३ अर्ब ११ करोड हुनेछ जसमा ताल निर्माणका लागि चालु आर्थिक वर्षमा रु १५ करोड प्रदेश सरकारले विनियोजन गरिसकेको छ । जग्गाको मुआब्जा बागमती सरकारले ब्यबस्थापन गर्नेछ र स्थानीय सरकार(निजी क्षेत्रको समेत साझेदारीमा यो आयोजना अघि बढ्ने मन्त्री खड्काले बताए ।

बाग्मती प्रदेशका वन तथा वातावरण मन्त्री समेत रहेका खड्काले यो तालको निर्माण पश्चात् दोलखाको आर्थिक रुपान्तरणमा टेवा पुग्ने भन्दै खुसी ब्यक्त गरे

WRITE COMMENTS FOR THIS ARTICLE