Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

खेल

काहिलद्वारा खेल जीवनबाट सन्यास

काठमाडौं – इंग्ल्यान्डका पूर्व डिफेन्डर ग्यारी काहिलले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका छन् । डिफेन्डर काहिलले बुधबार ३६ वर्षको उमेरमा खेल जीवनबाट सन्यास घोषणा गरेका हुन् । ुमैले सपना देखेको चीजहरू हासिल गरे, केहि अविश्वसनीय सम्झनाहरू सिर्जना गरे,ु सन्यास घोषणा गर्दै काहिलले लेखेका छन्, ुफुटबल एउटा खेल हो जसले मलाई धेरै आनन्द र सफलता […]

नेपाल र पाकिस्तानबीच आज मैत्रीपूर्ण फुटबल खेल हुँदै

काठमाडौँ – नेपाल र पाकिस्तानबीच आज मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । खेल दशरथ रंगशालामा बेलुका साढे पाँच बजे सुरु हुनेछ । विश्व फुटबल महासंघ फिफाले तीन वर्षसम्म प्रतिबन्ध लगाएर फुकुवा गरेपछि पाकिस्तानले पहिलो अन्तर्राष्ट्रिय खेलको रुपमा नेपालसँग खेल्न लागेको हो । दशरथ रंगशालामा घरेलु टोलीले आज ५० औँ खेल खेल्दैछ । नेपालले सन् १९८४ बाट […]

साफ यू-१५ः उपाधि चुम्ने योजनासहित मैदान उत्रदै नेपाल

काठमाडौं – साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज शुक्रबार घरेलु टोली बंगलादेशको सामना गर्दैछ । नेपालले डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा बंगलादेशसँग खेल्न लागेको हो । ढाकामा हुने खेल नेपाली समय अनुसार दिउँसो ४स्१५ बजे सुरु हुनेछ । नेपाल र बंगलादेशबीचको खेल फाइनल सरहको खेल हो । किनकि यस खेलको विजेताले उपाधि चुम्नेछ […]

भिल्लाविरुद्ध युनाइटेडको पुनरागमन

एजेन्सी – दुई पटक खेलमा पछि परेको स्थिति उल्टाउँदै म्यानचेस्टर युनाइटेडले एस्टनभिल्लालाई ओल्ड ट्रफोर्डमा ४–२ गोलअन्तरले पराजित गरेको छ । जीतसँगै युनाइटेड काराबाओ कपको चौथो चरणमा प्रवेश गरेको छ । भिल्लाले ओली वाटकिन्स र डिओगो डालोटको आत्मघाती गोलको मद्दतले खेलमा दुई पटक अग्रता लिएको थियो । तर रोमाञ्चक बनेको दोस्रो हाफमा युनाइटेडले ४ गोल गर्दै […]

प्रधानमन्त्री कपमा सुदूरपश्चिमको पहिलो जित

काठमाडौँ – प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई पाँच विकेटले हराएको छ । प्रतियोगितामा यो सुदूरपश्चिमको पहिलो जित हो । मूलपानी क्रिकेट मैदानमा कर्णाली प्रदेशले दिएको एक सय ५१ रनको लक्ष्य सुदूरपश्चिमले २९ ओभर ४ बलमा पाँच विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि गजेन्द्र बोहराले ४१ रन बनाए । बलिङतर्फ […]

टी–२० विश्व कपमा आज महत्त्वपूर्ण तीन खेल : समूह-२ को सेमिफाइनल पुग्ने टोलीको टुङ्गो लाग्ने

काठमाडौँ – आईसीसी टी–२० विश्व कप क्रिकेटमा आज महत्त्वपूर्ण तीन वटा खेल हुँदैछन् । आजको खेलबाट समूह ‘२’ को सेमिफाइनल पुग्ने टोलीको टुङ्गो लाग्नेछ । आजको पहिलो खेलमा अहिले दक्षिण अफ्रिका र नेदरल्यान्ड्स खेलिरहेका छन् । अस्ट्रेलियाको एडिलेडमा टस हारेर नेदरल्यान्ड्सले ब्याटिङ थालेको छ । आजको खेलमा दक्षिण अफ्रिकाले नेदरल्यान्ड्सलाई हराउन सकेमा सेमिफाइनलमा पुग्नेछ । […]

१५ वर्ष मुनिको महिला च्याम्पियनशिपमा नेपालले बंगलादेशलाई हरायो

काठमाडौँ – बंगलादेशमा चलिरहेको १५ वर्ष मुनिको साफ महिला च्याम्पियनशिप फुटबलमा नेपालले बंगलादेशलाई हराएको छ । नेपालले बंगलादेशलाई १–० गोलले हरायो । नेपालका लागि ८६ औँ मिनेटमा वर्षा ओलीले गोल गरिन् । बंगलादेशलाई हराएसँगै नेपाल ६ अंकका साथ तालिकाको शीर्ष स्थानमा पुगेको छ । बंगलादेश ३ अंकसहित दोस्रो स्थानमा र भुटान पुछारमा छ । आफ्नो […]

टी–२० विश्व कप स् न्युजिल्यान्ड र आयरल्यान्ड तथा अस्ट्रेलिया र अफगानिस्तान खेल्दै

काठमाडौँ – टी–२० विश्व कप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आज सुपर १२ को समूह ‘१’ मा रहेका न्युजिल्यान्ड र आयरल्यान्ड तथा अस्ट्रेलिया र अफगानिस्तानबीच खेल हुनेछ । आज हुने पहिलो खेलमा बिहान पौने १० बजे न्युजिल्यान्ड र आयरल्यान्ड तथा दोस्रो खेलमा दिउँसो पौने २ बजे अस्ट्रेलिया र अफगानिस्तान खेल्दैछन् । यी खेल […]

टी–ट्वान्टी विश्वकप क्रिकेटमा विराटको कीर्तिमान

काठमाडौँ – भारतीय क्रिकेट खेलाडी विराट कोहलीले आईसीसी टी–ट्वान्टी विश्वकप इतिहासमा सर्वाधिक रन बनाउने खेलाडीको कीर्तिमान बनाएका छन् । भारतीय ब्याट्सम्यान कोहलीले अष्ट्रेलियामा जारी विश्वकप अन्तर्गत बुधबार बंगलादेशविरुद्धको खेलबाट कोहलीले कीर्तिमान बनाएका हुन् । बंगलादेशविरुद्ध खेलमा ६४ रन बनाएका उनले हलसम्म टी–ट्वान्टी क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीको कीर्तिमान बनाएका हुन् । कोहलीले हालसम्म टी–ट्वान्टी विश्वकपमा […]

च्याम्पियन्स लिगमा पोर्टोसँग पराजित एट्लेटिको मड्रिड युरोपा लिगमा पुग्न समेत असफल

काठमाडौँ – युरोपेली च्याम्पियन्स लिगमा समूह चरणको अन्तिम खेलमा पराजित भएपछि एट्लेटिको मड्रिड यस सिजन युरोप लिगमा समेत नपुगि बाहिरिएको छ । च्याम्पियन्स लिग इतिहासमा एट्लेटिको पहिलो पटक समूहको पुछारमा रहन पुग्यो । गएराति भएको खेलमा एट्लेटिको मड्रिड एफसी पोर्टोसँग उसैको मैदानमा २–१ गोलले पराजित भयो । यो हारसँगै एट्लेटिको अंक तालिकाको पुछारमा छ । […]