Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026

पत्रपत्रिका

प्रचण्डले एक्लै बैठक बोलाएपछि ओलीले भने, ‘यो बैठक नै पार्टी फुटको घोषणाको विन्दु हुनेछ’

२२ कात्तिक काठमाडौँ – सत्तारुढ दल  नेकपाका दुई अध्यक्षबीच पार्टी बैठक बोलाउने नबोलाउने जुहारी छ । कसले कसलाई गलाउने भन्नेमा दुवै पक्ष आन्तरिक तयारीमा छन् ।   बिहीबार दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल बालुवाटारमा बैठक बोलाउने विषयमा गलफत्ती गरे ।   प्रधानमन्त्री ओलीले दाहाललाई भनेका थिए, ‘सकेको गर्नुस् । म अहिले […]

अब के गर्लान् ओलीले ? : यस्ता छन् सम्भावित कदम

१९ कात्तिक  काठमाडौँ -सत्तारुढ दल नेकपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विवाद बढेपछि पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले चाल्न सक्ने सम्भावित कदमका बारेमा पनि चर्चा हुन थालेको छ । उनले चाल्न सक्ने सम्भावित संवैधानिक कदममा मध्यावधि निर्वाचन, संकटकाल घोषणा, पार्टी विभाजन गर्ने अध्यादेश र अन्ततः गठबन्धनको सरकार गठन हुने आँकलन गरिएको छ । पार्टीभित्र अर्को पक्षले बहुमतको […]

‘कोरोना लाग्नेलाई मात्र पीडा थाहा हुन्छ’

१९ कात्तिक काठमाडौँ – नेपाली कलाकारहरूले कोरोना भाइरस ९कोभिड–१९० खेलाची गर्ने रोग नभएको बताएका छन् । कोरोना सङ्क्रमणबाट पीडित बन्नुभएका कलाकारहरूले कोरोनाविरुद्ध लड्न आफँै नै सुरक्षित भएर बस्नुपर्ने सुझाव पनि दिएका छन् ।   कोरोना सङ्क्रमणबाट मुक्त हुनुभएका वरिष्ठ कलाकार हरिवंश आचार्यले भने, “यो रोग आफूलाई लागेपछि मात्र यसको पीडा थाहा हुन्छ । त्यसैले आफू […]

नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या कति ? तथ्यांकै गलत

१५ कार्तिक काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गर्ने गरेको कोभिड–१९ बाट मृत्यु भएकाको संख्या वास्तविकभन्दा निकै कम रहेको पाइएको छ । मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म देशभर ९ सय २० जनाको मृत्यु भएको छ तर वास्तविक संख्या १४ सयभन्दा माथि रहेको प्रदेशका सामाजिक विकास मन्त्रालयको तथ्यांक र सेनाले व्यवस्थापन गरेका शवको संख्याले देखाउँछन् । […]

महँगीको मारमा जनता, एकातिर पुग्नुपर्ने अनुदानको चामल कर्मचारीकै मिलेमतोमा पुग्छ अन्तै !

१५ कात्तिक काठमाडौँ – प्रहरीले बिहीबार दिउँसो करिब ४ बजेतिर सुब्बाकुना चेकपोस्टबाट बाहिरिँदै गरेको चामल लोड गरिएको ट्रक रोक्यो । एसपी राजेन्द्र भट्टले प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीलाई सोधे, ‘चामल भक्तपुर पठाउन लागिएको रहेछ, के गरौं ?’ सुर्खेतका स्थानीय बासिन्दा रहेका प्रजिअ रेग्मीलाई शंका लाग्यो । उनले एसपी भट्टलाई निर्देशन दिँदै भने, ‘सुर्खेत खाद्यान्न निर्यात […]

क्लिन फिड दुई हप्ताभित्र पूर्ण कार्यान्वयन

१५ कात्तिक  काठमाडौँ – बढीमा दुई हप्ताभित्र नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन प्रसारण पूर्ण रूपमा विज्ञापनरहित ९क्लिन फिड० कार्यान्वयनमा आउने भएको छ । क्लिन फिड लागू गर्न आवश्यक उपकरण जडान नहुँदा कतिपय विदेशी च्यानलको प्रसारण बन्द रहेकोमा बढीमा १५ दिनभित्र सम्पूर्ण तयारी सकिने नेपालस्थित टेलिभिजन वितरकहरूले जनाएका छन् ।   विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ […]

जाडोमा झनै बढ्न सक्छ कोरोना संक्रमण : विज्ञ

१३ कार्तिक  काठमाडौँ  – कोरोना संक्रमणको विस्तार जाडोयाममा अझै बढ्ने जोखिम रहेकाले विशेष सावधानी अपनाउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । उनीहरूका अनुसार जाडोका बेला घरका झ्यालढोका बन्द गरिँदा हावा ओहोरदोहोर नहुने र एकै ठाउँमा धेरै जना बस्दा संक्रमण फैलिने सम्भावना बढी रहन्छ । कोरोना भाइरस चिसोयाममा सतहमा धेरै बेरसम्म जीवित रहने चिकित्सकहरू बताउँछन् । स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग […]

राष्ट्रिय जनगणना : यसपटक ‘ई–सेन्सस’ समेत गरिने

८ कात्तिक काठमाडौँ राष्ट्रिय जनगणना–२०७८ को व्यापक तयारी थालिएको छ । यो पटक विदेशस्थित राजदूूतावासमा ‘ई–सेन्सस’समेत गरिने भएको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार विदेशस्थित दूतावास र कूटनीतिक नियोगमा विद्युतीय जनगणना हुनेछ । नेपालमा भएका हरेक कूटनीतिक निकायका मानिसलाई नेपालकै मानिस मानेर जनगणना गर्न लागिएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । यसलाई ‘ई–सेन्सस’ नाम दिइएको […]

किसान क्रेडिट कार्ड अन्तिम चरणमा, दशैँपछि किसानका हातमा

८ कात्तिक काठमाडौँ – व्यावसायिक कृषिमा लागेका र कृषि क्षेत्रलाई नै जीविकोपार्जनको मुख्य आधार बनाएकाका लागि सरकारले ल्याउन लागेको ‘किसान क्रेडिट कार्ड’ अन्तिम चरणमा पुगेको छ । यो कार्ड जारी गर्नका लागि जिम्मेवारी पाएको कृषि विकास बैङ्कले धेरै प्राविधिक काम पूरा गरिसकेको छ । बैङ्कका प्रवक्ता हिमलाल पौडेलले कार्डका लागि सम्पूर्ण तयारी पूरा भएको भन्दै […]

नजिकको सरकारसित जनअपेक्षा बढी

८ कात्तिक काठमाडौँ – स्थानीय तहप्रति नागरिकको चासो र अपेक्षा बढेको छ । स्थानीय नागरिकले सरकारप्रति अनुदानदेखि रोजगारमुखी कार्यक्रमको अपेक्षा गरेका छन् । स्थानीय तहले कोरोना भाइरस (कोभिड–१९) कै कारणले नीति, योजना र बजेट कार्यान्वयनमा ढिला नगरी कार्यान्वयन विधि, प्रक्रिया परिवर्तन गरी समयमै कार्यान्वयन गर्न आग्रह गरेका छन् । राष्ट्रिय सूचना आयोगका पूर्वप्रमुख आयुक्त एवं […]