Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026

पत्रपत्रिका

दशैँ लक्षित सुरक्षा योजना : देशैभर ४८ हजारभन्दा बढी प्रहरी परिचालन

७ कार्तिक  काठमाडौं – दशैँको बेला देशभरि नै सुरक्षा व्यवस्था कडा पारिएको छ । यस पटक विगतमा जस्तो उल्लासमय दशैँ नभए पनि प्रहरीले भने दशैँ र तिहारजस्ता चाडपर्वलाई लक्षित गरी सुरक्षा योजना लागु गरेको हो । यसपालि दशैँ-तिहार सहितका चाडमा हुन सक्ने सम्भावित घटना रोक्न र सुरक्षाका लागि भन्दै नेपाल प्रहरीले देशैभर ४८ हजार ८ […]

कालापानीबारे नेपाल अरूको इसारामा बोल्यो भन्ने भारतीय सेना प्रमुखलाई नेपालमा स्वागतको तयारी

३ कात्तिक काठमाडौँ – नेपाली भूमि मिचेर भारतले बनाएको सडकको नेपालमा तीव्र विरोध भएपछि त्यसलाई चिनियाँ इसारामा भएको दाबी गर्ने भारतीय सेनाध्यक्ष मणिमुकुन्द नरवणेलाई नेपालमा स्वागत र सम्मानको तयारी भइरहेको छ । भारतका स्थल सेनाध्यक्ष भएपछि पहिलोपटक औपचारिक भ्रमणका क्रममा नरवणे १८ कात्तिकमा नेपाल भ्रमण आउन लागेका हुन् । उनलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम […]

वाइडबडी खरिद प्रकरण : अनुुसन्धान रिपोर्ट लेखा समितिमा

५ कात्तिक काठमाडौँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमको वाइडबडी खरिद प्रक्रियामा छानबिन निरन्तर रहेको जवाफ सार्वजनिक लेखा समितिलाई पठाएको छ । आरोपितको बयान, कागजात परीक्षण लगायतका प्रक्रिया पूरा भए पनि मूल्यबारे बिक्रेता कम्पनीले जवाफ नदिएको अख्तियारले लेखा समितिलाई पठाएको पत्राचारमा उल्लेख छ । बिक्रेता एयर बसले मूल्य कूटनीतिक प्रक्रियाबाट मात्र उपलब्ध गराउन सकिने […]

खाद्यका खसीबोका दुई दिनमै सकिए

५ कात्तिक काठमाडौँ – खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बजारमा खसीबोकाको माग बढेपछि थप एक हजार संख्यामा ल्याउने भएको छ । मूल्य कम भएका कारण उपभोक्ताको माग धेरै हुँदा बिक्री सुरु गरेको दुई दिनमै खसीबोकाको बिक्री सकिएपछि थप एक हजार ल्याउन लागेको हो । दसैंलाई लक्षित गरेर कम्पनीले सोमबारदेखि खसीबोका उपत्यकामा बिक्री सुरु गरेको थियो […]

प्रदेश १ मा कोरोना संक्रमितको उपचार खर्च प्रदेश सरकारले नै बेहोर्ने

४ कात्तिक विराटनगर – प्रदेश १ मा कोरोना संक्रमितको उपचार खर्च प्रदेश सरकारले नै बेहोर्ने भएको छ। सामाजिक विकासमन्त्री जीवन घिमिरेले आफ्ना नागरिकको उपचार खर्च आफैं बेहोरेको र अब पनि उपचार निःशुल्क नै गर्ने जानकारी दिए।   ‘यो महामारीमा सबै नागरिक समस्यामा छन्। हामी प्रदेश सरकार सुरुदेखि नै यो महामारी नियन्त्रणमा खटिएका छौं’, मन्त्री घिमिरेले भने, […]

चाडवाड आयो, आएनन् ग्राहक : दोहोरो मर्कामा सुनचाँदी व्यवसायी

४ कात्तिक  हेटौँडा – कान्तिराजपथमा रहेको श्याम दुतराज एण्ड सन्स् सुनचाँदी पसलमा लकडाउन खुल्दा पनि ब्यापार शून्य अबस्थामै रहेको छ । सुनचाँदी पसल सञ्चालक श्याम गजमेर दशैंको समयमा पनि सुनचाँदी किन्ने ग्राहक नआएको बताउनुहुन्छ ।   दिनहुँजसो सुनचाँदीको भाउ घटबढ भइरहनु, लकडाउनका कारण आर्थिक अबस्था कमजोर हुनु तथा कोरोना संक्रमणको जोखिमलाई ध्यान राखेर सुनचाँदी किन्न नआउनु […]

मठ मन्दिर बन्द, तर चर्चमा भने भीडभाड कायमै !

३ कात्तिक गोरखा – कोभिड १९ को महामारी रोकथामका लागि भन्दै जिल्ला प्रशासन कार्यालय गोरखाले मठ, मन्दिर बन्द गरेको छ। तर यही बेला यहाँका चर्च तथा ‘सच्चाइ’ निर्वाध सञ्चालन भइरहेका छन्। ११ वटै स्थानीय तहमा हरेक शनिबार चर्च तथा सच्चाइ निरन्तर रुपमा चलिरहेको विश्वासीहरु बताउँछन्। लकडाउनभन्दा केही अघिदेखि सुरु भएको पालुङ्टार नगरपालिका ९ सिस्नेरीको सच्चाइ […]

अस्तालमा अक्सिजन छैन्, महामारीबीच सांसद र पिएलाई दसैँ भत्ता

१ कार्तिक काठमाण्डौँ – सांसदहरूले मासिक तलब मात्र होइन, घरभाडा, पानी तथा बिजुली, टेलिफोन, इन्टरनेट, पत्रपत्रिका र पिए खर्च नियमित रूपमा पाउँछन् । त्यस्तै, योबीचमा बैठकभत्ता, भ्रमणभत्ता, औषधि खर्चलगायतका शीर्षकमा सुविधा छोडेका छैनन् । कोभिड महामारीका वेला अस्पतालमा बेड थप्न बजेट छैन भनेर सरकारले भन्दा मौन बसेका सांसदले निसंकोच दसैँ भत्ता पनि बुझेका छन् । दूरदराजको प्रसंग होइन, […]

गाँजा खान नदिएको झोकमा हत्या

२९ असोज काठमाडौँ – आफैंले किनेर ल्याइदिएको गाँजा खान नदिएको झोकमा झापाको कनकाई नगरपालिका(३ एकान्त टोलका २२ वर्षीय युवक अभिषेक चौधरीको हत्या आरोपमा प्रहरीले उनकै साथीलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय विर्तामोडले बिहीबार बिहान पत्रकार सम्मेलन गर्दै हत्यामा संलग्न भएका सोही नगरपालिका ७ का २२ वर्षीय टल्के भनिने रविन राजवंशीलाई सार्वजनिक गरेको हो। चौधरीको […]

प्रमाण सडकमा देखाउने होइन : बाबुराम भट्टराई (अन्तर्वार्ता)

३० असोज काठमाडौँ—पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) नेता बाबुराम भट्टराईले प्रधानमन्त्री (केपी शर्मा ओली) र दुई पूर्वप्रधानमन्त्री (पुष्पकमल दाहाल र शेरबहादुर देउवा) ले बुढीगण्डकी परियोजनामा ९ अर्ब भ्रष्टाचार गरेको अभिव्यक्ति दिएपछि यसले तरंग पैदा गरेको छ । यद्यपि सत्तारुढ दल नेकपाका प्रवक्ता र प्रमुख प्रतिपक्षी कांग्रेस प्रवक्ताले भिन्दाभिन्दै विज्ञप्ति निकालेर आरोपलाई पुष्टि गर्न भट्टराईलाई […]