पत्रपत्रिका
राज्यले बन्देज गरेका समाचार प्रकाशन–प्रसारण गरे सञ्चारमाध्यम नै बन्द गरिदिने नयाँ कानुन
३० जेठ, काठमाडौँ – प्रदेश सरकारले संविधानको मर्म र भावनाविपरीत प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्नेगरी सञ्चार विधेयक तयार गरेको छ । उक्त विधेयकमा दण्डजरिवानालाई विशेष जोड दिइएको छ । विधेयकको मस्यौदा मन्त्रिपरिषदबाट पारित भई सदनमा पठाइसकिएको छ । आइतबारको सदनमा सो विधेयक दर्ता हुने कार्यसूची छ । प्रस्तावित विधेयकमा मिडिया काउन्सिल गठन गर्ने र त्यसको अध्यक्ष […]
खोपका लागि औषधि व्यवसायीको याचना
३० जेठ, काठमाडौँ – जस्तोसुकै महामारी, बन्दाबन्दी वा निषेधाज्ञामा औषधि पसल (फार्मेसी) निर्वाध रूपमा सञ्चालन भइरहेका हुन्छन् । गत वर्षदेखिकै कोरोना (कोभिड–१९)को बन्दाबन्दीमा पनि औषधि उत्पादक तथा औषधि पसल निरन्तर सञ्चालन गर्नेहरूले कोरोनाविरुद्धको खोप पाउन सकेका छैनन् । चिकित्सक, नर्स, पारामेडिक्स, सुरक्षाकर्मी, पत्रकार फ्रन्टलाइनमा काम गर्नुपर्ने भएर अधिकांशले खोप लगाइसकेका छन् तर औषधि बिक्रेता (फर्मासिस्ट) […]
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम उच्च शिक्षामा पनि सञ्चालन हुने
३० जेठ, काठमाडौँ – आगामी आर्थिक वर्षदेखि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम उच्च शिक्षामा समेत सञ्चालन हुने भएको छ । विद्यालय तहमा रहेको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई उच्च शिक्षामा नयाँ आर्थिक वर्षदेखि विस्तार गरिएको हो । चालू आर्थिक वर्षदेखि विद्यालय तहमा कार्यान्वयनमा ल्याइएको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम उच्च शिक्षा अध्यापन गराउने क्याम्पसमा समेत लागू गरिने भएको […]
लुम्बिनी विकास कोषको साढे ३ अर्बको ठेक्का विवादमा
३० जेठ, काठमनडौँ – लुम्बिनी विकास कोषले लुम्बिनी गुरु योजनाअन्तर्गत विभिन्न निर्माण कार्यका लागि प्रकाशन गरेको साढे तीन अर्ब रुपैयाँ बराबरको बोलपत्र विवादमा तानिएको छ । कोषले केही व्यवसायीसँगको मिलेमतोमा उनीहरूलाई मात्र मिल्ने प्रावधान समावेश गरी बोलपत्र आह्वान गरेको आरोप निर्माण व्यवसायीहरूले लगाएपछि विवाद सिर्जना भएको हो । कोषले यही जेठ १० मा लुम्बिनी गुरुयोजनाअन्तर्गत […]
‘शून्यता निम्त्याई खेल्ने ओली रणनीति’
२९ जेठ, काठमाडौँ – सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकले प्रधानमन्त्री केपी ओलीको संसद् विघटनको उद्देश्य निर्वाचन नगराई भ्याकुमको अवस्थामा मुलुकलाई पुर्याउनु रहेको ठहर गर्दै सचेत रहनुपर्ने निष्कर्ष निकालेको छ। प्रतिनिधिसभा विघटन भएपछिको परिस्थितिबारे छलफल गर्न सभामुखले पूर्वप्रधानमन्त्री, दलका शीर्ष नेता र संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिलाई शुक्रबार बोलाएका थिए। संसद् भवन नयाँ बानेश्वरमा आयोजित […]
नयाँ दल दर्ता गर्दै ठाकुर–महतो
२९ जेठ, काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूह नयाँ दल दर्ता तयारीमा जुटेको छ । जसपामा अल्पमतमा रहेका ठाकुर र महतो समूह निर्वाचन आयोगमा केन्द्रीय कार्यकारिणी समिति बहुमत सदस्यको हस्ताक्षर बुझाउन नसकेपछि नयाँ दल दर्ता तयारीमा जुटेको हो । जसपा कार्यकारिणी समिति ५१ सदस्यीय छ । जसमा […]
प्रधानमन्त्री ओलीलाई हत्या गर्ने धम्की !
२९ जेठ, काठमाडौँ – नेपाली कांग्रेसका बाग्मती प्रदेशका सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न आफू तयार रहेको बताएका छन् । बाग्मती प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल क्रममा शुक्रबार भाग लिँदै कांग्रेस सांसद वैद्यले ओलीको हत्याका लागि आफू नाथुराम गोड्से बन्न तयार रहेको बताएका हुन् । काग्रेस सांसदको सो अराजकतापूर्ण अभिव्यक्तिको […]
देशभर कुल जनसंख्याको ७ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाए
२९ जेठ, काठमाडौँ – खोप अभियान सुरु भएको १ सय ३४ दिनसम्ममा देशभर कुल जनसंख्याको ७ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार हालसम्म २२ लाखले पहिलो मात्रा र ८ लाखभन्दा बढी नागरिकले पहिलो तथा दोस्रो खोप लगाएका हुन् । तथ्यांकमा नेपालको कुल जनसंख्या ३ करोड ३ लाख ६६ हजार ४ […]
ओलीलाई एकपछि अर्को धक्का
२८ जेठ, काठमाडौँ – सर्वोच्च अदालतले कर्णाली प्रदेशमा फ्लोर क्रस गरेपछि नेकपा एमालेको कारबाहीमा परेका प्रदेशसभा सदस्यलाई पुनर्बहाली गर्दै अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले प्रदेश सदस्यहरू अमरबहादुर थापा, प्रकाश ज्वाला, कुर्मराज शाही र नन्दबहादुर बुढालाई कारबाही गर्ने निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्चले नेकपा एमाले […]
गण्डकीमा नयाँ सरकार बन्ने सम्भावना बढ्यो
२८ जेठ, काठमाडौँ – गण्डकी प्रदेशमा सबैभन्दा ठूलो दलका नेताको हैसियतमा मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङ विश्वासको मत पाउन असफल भएका छन् । ६० सदस्यीय प्रदेशसभाको बिहीबारको बैठकमा मुख्यमन्त्री गुरुङको पक्षमा २७ र विपक्षमा ३० मत परेको हो । बैठकमा ५८ सांसद उपस्थित भएकामा एक जना तटस्थ बसे । मुख्यमन्त्री गुरुङ पदमुक्त भएसँगै अब प्रदेश प्रमुखले […]



