Date
आइत, बैशाख २०, २०८३
Sun, May 3, 2026

पत्रपत्रिका

ढुंगा, गिट्टी, बालुवा निर्यात गर्ने केन्द्र सरकारको नीतिलाई प्रदेश सरकारको ‘काउन्टर’

३१ जेठ, काठमाडौँ – संघीय सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमार्फत ल्याएको ढुंगा, गिट्टी, बालुवा निर्यात गर्ने नीति विवादमा छ । चुरेको दोहन हुने र तराई मरुभूमीकरण हुने भन्दै विरोध भइरहँदा प्रदेश सरकारहरूले भने आगामी वर्षको नीति तथा कार्यक्रममा संघको नीतिलाई ‘काउन्टर’ गर्ने प्रयास गरेका छन् । अधिकांश प्रदेशले किटान गरेरै चुरे जोगाउन विभिन्न […]

मंसिरसम्म सबै जनसंख्यालाई खोप लगाउने सरकारको प्रतिबद्धता पूरा हुन कठिन

३१ जेठ, काठमाडौँ – कोरोना संक्रमण रोकथामको प्रभावकारी उपाय मानिएको कोरोनाविरुद्ध खोप अभियान अपेक्षित रूपमा अघि बढ्न सकेको छैन । सरकारले राज्यसंयन्त्रका सबै अंगलाई कोभिड रोकथाम, नियन्त्रण र उपचारका लागि समन्वयत्मक र आक्रामक रूपमा परिचालन गर्न नसक्दा कोभिड नियन्त्रणमा अपेक्षित प्रगतिसमेत हुन सकेको छैन । उता कोभिड नियन्त्रणमा प्रभावकारी मानिएको खोप लगाउने अभियानलाई समेत सरकारले […]

एसईईको नतिजा साउन १५ भित्र

३१ जेठ, काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीको परीक्षाफलसम्बन्धी सम्पूर्ण कार्य आगामी साउन १५ भित्र पूरा गर्ने भएको छ । विद्यालयले गरेको विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन, जिल्ला समन्वय एकाइमा त्यसको अभिलेख तथा बोर्डबाट आवश्यक सबै कार्य पूरा गरेर साउन १५ भित्र विद्यार्थीको हातमा नतिजा दिने तयारी बोर्डले गरेको […]

निषेधाज्ञामा २ लाख ७८ हजार ८ सय ८० मेट्रिक टन खाद्यान्न आयात

३० जेठ, काठमाडौँ – दोस्रो लहरको कोरोना संक्रमण नियन्त्रणार्थ जारी निषेधाज्ञाबीच २ लाख ७८ हजार ८ सय ८० मेट्रिक टन खाद्यान्न आयात भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्यांकअनुसार १६ वैशाखदेखि २५ जेठसम्ममा उल्लेखित परिणाममा खाद्यान्न आयात भएको हो । निषेधाज्ञाबीच दाल, चामल, तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, एलपीजी ग्यास, पेट्रोललगायत उल्लेख्य आयात भएको […]

प्रधानमन्त्री ओलीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न ५ पूर्वप्रधानमन्त्रीको चेतावनी

३० जेठ, काठमाडौँ – पाँच पूर्वप्रधानमन्त्रीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई ‘दीर्घकालीन असर पर्ने निर्णय नगर्न’ चेतावनी दिएका छन् । ढुंगा–गिटी विदेश निर्यात निर्णय राष्ट्रहितविपरीत र जनविरोधी भएको भन्दै उनीहरूले फिर्ता लिन आग्रहसमेत गरेका छन् । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधवकुमार नेपाल र डा। बाबुराम भट्टराईले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै […]

सरकारी कागज किर्ते गरेर रसुवागढी नाकामा नयाँ प्रणाली लागु प्रयास

३० जेठ, काठमाडौँ – रसुवा पोर्ट म्यानेजमेन्टले चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा नयाँ प्रणाली अगाडि बढाएको छ । सरकारी कागज किर्ते गरेर बनाइएको उक्त कमिटीले क्रेनबाट सामग्री हाल्ने प्रक्रिया अघि बढाएको हो । यसका लागि चीनतर्फ सामग्री हाल्ने फ्रेम निर्माण गरिएको छ । उक्त फ्रेम एक पटक प्रयोगमा ल्याएपछि दोहो¥याएर प्रयोग गर्न नमिल्ने सिलिक ट्रान्सर्पोटका […]

अबको एक साता नेपालको आकाशमा घाम नलाग्ने

३० जेठ, काठमाडौँ – अबको एक साता नेपालको आकाशमा घाम नलाग्ने भएको छ । नेपालमा यस वर्षको मनसुन सुरु भएसँगै यो देशभर फैलने क्रममा रहेको छ । बङ्गालको खाडीबाट भारत हुँदै पूर्वी भेगबाट नेपाल प्रवेश गरेको मनसुनी बादलले आकाश ढाकेका कारण अबको एक साता घाम देख्न नपाइने भएको हो । मौसमविद् वरुण पौडेलले भने, “देशव्यापी […]

अख्तियारको काम निष्पक्ष नभएको सर्वोच्चको ठहर

३० जेठ, काठमाडौँ – सर्वोच्च अदालत अन्तर्गतको संवैधानिक इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कारवाही निष्पक्ष र स्वच्छ नभएको ठहर गरेको छ । पदाधिकारी तथा कर्मचारी नियुक्ति र उनीहरूको खटन पटनको प्रक्रियालगायतका कार्यबाट आयोग निष्पक्ष नभएको ठहर हुने इजलासले स्पष्ट गरेको हो । इजलासले योग्यता पुगेको व्यक्तिलाई आयोगको प्रमुख आयुक्तमा नियुक्त गरिएको, आयोगका पदाधिकारी र […]

सूर्यविनायक–धुलिखेल सडक विस्तार हुने

३० जेठ, काठमाडौँ – अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार हुने भएको छ । दुई लेनमा रहेको सो सडक विस्तार भएपछि चार लेनको हुने छ । सम्पूर्ण प्रशासनिक प्रक्रिया पूरा भइसकेको सो सडक विस्तारका लागि आगामी आर्थिक वर्ष २०७८/७९ को प्रथम चौमासिकभित्रमा नै बोलपत्र आह्वान गरिने सडक विभागले जनाएको छ । विभागका महानिर्देशक […]

मेलम्चीको सुरुङ निरीक्षण थालिने

३० जेठ, काठमाडौँ – उपत्यकावासीले असार र साउन महिनामा मेलम्चीको पानी नपाउने भएका छन् । मेलम्ची खानेपानी विकास समितिद्वारा असार १ गतेदेखि मेलम्चीको सुरुङ निरीक्षण थालिने भएकाले मेलम्चीको पानी आपूर्ति बन्द हुने भएको हो । सुरुङमा तीन महिना पानी बगिसकेपछि पुनः परीक्षण गर्नुपर्ने भएकाले पानी बन्द गरिने भएको हो । सुरुङमा पानी सुकाएपछि विज्ञहरूले सुरुङको […]