Date
आइत, बैशाख २०, २०८३
Sun, May 3, 2026

पत्रपत्रिका

अबको ६ महिनाभित्र सबै उमेर समूह तेस्रो लहरको कोरोना संक्रमणको जोखिममा

२८ जेठ, काठमाडौँ – अबको चारदेखि ६ महिनाभित्र सबै उमेर समूह तेस्रो लहरको कोरोना संक्रमणको जोखिममा रहेको विज्ञले औंल्याएका छन्। नेपालमा अहिले पनि करिब ८ प्रतिशत जनसंख्याले मात्र खोप लिएका र बाँकीका बारेमा अन्योल रहेको अवस्थामा खोप नलिएका उमेर समूह जोखिममा पर्ने उनीहरूको तर्क छ। विकसित राष्ट्रहरूले तेस्रो लहरको जोखिममा खोप नलिएका १८ वर्षमुनिका बालबालिका […]

एमाले विवाद चर्किँदै गएपछि दोस्रो पुस्ताका नेता मिलनबिन्दु खोज्न तीव्र दौडधूपमा

२८ जेठ, काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्रको विवाद चर्किँदै गएपछि दोस्रो पुस्ताका नेता मिलनबिन्दु खोज्न तीव्र दौडधूपमा छन् । शीर्ष नेता आआफ्नो अडानमा अडिग भएपछि पार्टी एकताका लागि सक्रिय दोस्रो पुस्ताका नेताले विभिन्न प्रस्तावमाथि छलफल गरिरहेका छन् । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्व महासचिव माधवकुमार नेपालबीचको विवादका कारण पार्टी विभाजन […]

कांग्रेसले महाधिवेशन : वडादेखि केन्द्रसम्म मिति हेरफेर

२८ जेठ, काठमाडौँ – नेपाली कांग्रेसले महाधिवेशन पूर्वनिर्धारित मिति फेरि परिमार्जन गर्ने भएको छ । कांग्रेसले पार्टीको १४ औं महाधिवेशन पूर्वनिर्धारित मितिलाई पार्टी केन्द्रीय समितिबाट सामान्य हेरफेर गर्दै दुई साता सार्ने तयारी गरेको हो । यसअघि, ६ फागुन २०७७ मा संशोधन गरेको कार्यतालिकाअनुसार कांग्रेसले केन्द्रीय समितिबाट ७–१० भदौ २०७८ का लागि महाधिवेशन तोकेको थियो । […]

बंगाल खाडीबाट मनसुन छिर्‍यो

२८ जेठ, काठमाडौँ – ‘मनसुनजन्य’ विपद् (मुख्यगरी बाढी पहिरो)बाट यसपटक १८ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ । गत वर्ष औसत बराबर पानी पर्ने प्रक्षेपण हुँदा ठूलो मानवीय क्षति बेहोरेको नेपाल सामु सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको मनसुन चुनौतीपूर्ण रहने मौसमविदले औंल्याएका छन् । ‘बंगाल खाडी आसपास विकसित हुने क्रममा रहेको न्यून […]

आइसोलेसनमा बसेका संक्रमितमा मानसिक समस्या

२८ जेठ, काठमाडौँ – “अहिले कोरोना सङ्क्रमणबाट पूरै ठीक भए तर मानसिक तनावबाट मुक्त हुन सकेको छैन । राति निद्रा लाग्दैन । नकारात्मक सोचाइ बढी आउँछ । कसैसँग बोल्न मन लाग्दैन । रुन मन लाग्छ । एक्लै बस्दा कसैले मार्न आएको जस्तो लाग्छ” कोरोना सङ्क्रमणबाट भर्खरै मुक्त भएकी भक्तपुरकी ५५ वर्षीया एक महिलाको यो भनाइ […]

ठाकुर पक्षलाई सहमतिभन्दा पनि बढी मन्त्री

२८ जेठ, काठमाडौँ – जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षका आधाभन्दा बढी मन्त्री भएका छन् । जसपाको ठाकुर पक्षका २० मध्ये ११ सांसद केपी ओली नेतृत्व सरकारका मन्त्री भएका छन् । यसबाट प्रधानमन्त्री केपी शर्मा ओली ठाकुर पक्षलाई निकै महत्त्व दिएको बुझिन्छ । ठाकुर पक्षसँग गरिएको सहमतिभन्दा पनि बढी मन्त्रालय ओलीले ठाकुरलाई दिएका छन् । […]

सामाजिक सुरक्षा योजनामा आबद्ध हुन अटेर गर्ने गोरखा ब्रुअरीलाई कारबाही

२७ जेठ, काठमाडौँ – सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध हुन अटेर गर्ने गोरखा ब्रुअरी प्रालिलाई कारबाही गरेको छ । कोषको योगदानमा सहभागी नभएको उक्त कम्पनीका एक कर्मचारीको मृत्यु भएपछि मृतकको परिवारले दिएको मागदाबीका आधारमा उक्त कम्पनीलाई कोषले कारबाहीमा गरेको हो । उक्त कम्पनीमा कार्यरत रामबहादुर सार्कीको मृत्युपछि निजले मासिक रूपमा लिँदै […]

कुन प्रदेशमा कति मन्त्रालय थपिए ?

२७ जेठ, काठमाडौँ – संघीय प्रणाली आर्थिक दृष्टिकोणले बोझिलो संरचना रहेको भन्ने प्रश्न उठिरहेका बेला त्यसलाई मलजल पुग्ने गरी एकपछि अर्को प्रदेश सरकारले मन्त्रालय थप्ने होडबाजी गरेका छन् । आवश्यकता र औचित्यभन्दा पनि व्यक्ति तथा दलहरूलाई भागबन्डा पुर्‍याउन मन्त्रालय र मन्त्रीको संख्या थप्ने संसदीय व्यवस्थाको पुरानो विकृति प्रदेशमा सरेको हो । प्रदेशमा साढे ३ वर्षसम्म […]

प्रदेश २ मा सत्ता सहकार्य – ओलीविरुद्ध मोर्चाबन्दीको नतिजा

२७ जेठ, काठमाडौँ – ‘संघीयताको पक्षमा प्राप्त जनादेश न आकस्मिक हो न चामत्कारिक। संघीयता प्राप्तिको मूल आधार त बलिदानीपूर्ण मधेस आन्दोलन हो। अहिलेको केन्द्रीय सरकार संघीयता मात्र नभई संविधानकै हत्या गर्न उद्यत छ। यसलाई जोगाउन सबै एकजुट हुनु आवश्यक छ।’ प्रदेश २ प्रदेशसभाको छैटौं बैठकमा जनता समाजवादी पार्टी ९जसपा० का उपनेता रामआशिष यादवद्वारा व्यक्त यो […]

रोपाइँको मुखैमा मल अभाव : मौज्दात भएर पनि किसान खाली हात

२७ जेठ, काठमाडौँ – सरकारी अनुदानको मल किनबेच गर्ने कम्पनी साल्ट ट्रेडिङ कर्पोरेशन र कृषि सामग्री कम्पनी लिमिटेडका गोदाममा पर्याप्त मात्रामा रासायनिक मल मौज्दात भए पनि किसानले मल पाउन सकेका छैनन् । कोरोना महामारी नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञाका कारण वितरण प्रणाली असहज हुन गई किसानले मल नपाउने अवस्था सृजना भएको हो । अहिले […]