Date
आइत, बैशाख २०, २०८३
Sun, May 3, 2026

पत्रपत्रिका

कामचलाउ सरकारले मन्त्रिमण्डल विस्तार गर्नु संविधानविपरीत भएको भन्दै सर्वोच्चमा रिट

२५ जेठ, काठमाडौँ – मन्त्रिमण्डल विस्तार बदर गर्न माग राखी सोमबार सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। प्रतिनिधिसभा भंग गर्दै चुनाव तोकेर कामचलाउ बनेको सरकारले मन्त्रिमण्डल विस्तार गर्नु संविधानविपरीत भएको दाबी रिटमा गरिएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कञ्चनकृष्ण न्यौपानेलगायतले मन्त्रिपरिषद् विस्तारविरुद्ध रिट दर्ता गरेका हुन्। रिट निवेदनमाथि मंगलबार पहिलो सुनुवाइ हुँदैछ। प्रधानमन्त्रीको सिफारिसमा […]

“सरकार कर्तव्य पूरा गर्न चुकेका कारण जनताले निषेधाज्ञा उल्लंघन गर्न सुरु गरे”

२५ जेठ, काठमाडौँ – कोरोना भाइरस संक्रमण कायमै रहेको र निषेधाज्ञा जारी रहेकै बेला काठमाडौं उपत्यकाका सडकमा सवारी जाम हुन थालेको छ। महामारीको यो घडीमा मुख्यतः दुई कारणले निषेधाज्ञा उल्लंघन भइरहेको देखिन्छ। एक, बाहिर कस्तो रहेछ भन्दै हेर्न निस्किने। दुई, रोजीरोटी र बिरामीको हेरचाह गर्नुपर्ने बाध्यता। विज्ञ भने सरकार आफ्नो दायित्व एवं कर्तव्य पूरा गर्न […]

प्रचण्डको बचाउमा नेपाल पक्ष

२५ जेठ, काठमाडौँ – एमालेको माधवकुमार नेपाल पक्षले नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालको बचाउ गरेको छ । माधव पक्षले जारी गरेको वक्तव्यमा प्रधानमन्त्री केपी ओलीमाथि सर्वोच्च अदालतको फैसलापछि नेकपा माओवादी केन्द्रसँग एकीकरणका प्रयास गरेका भन्ने विषयमा प्रश्न तेस्र्याइएको छ । अध्यक्ष ओलीबाट पार्टी विधानविपरीत गुटबन्दी भएपछि पार्टीमा समस्या आएको नेपाल पक्षले बताएको छ । […]

सरकारमा जाने मौका नपाएपछि ठाकुर–राजेन्द्र महतो पक्षभित्र असन्तुष्टि

२५ जेठ, काठमाडौँ – सरकारमा गएपछि जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर–राजेन्द्र महतो पक्षभित्र असन्तुष्टि देखिएको छ। पूर्व राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका ६ सदस्यमध्ये एक राजकिशोर यादव सरकारमा जान पाएनन्। सोही अध्यक्ष मण्डलका अर्का एक सदस्य महेन्द्र यादव कित्ता परिवर्तन गरी उपेन्द्र यादव पक्षमा पुगेका छन्। अध्यक्ष ठाकुरले पनि सरकारमा नजाने निर्णय […]

खोप खरिद वा अनुदान उपलब्ध गराउने प्रतिबद्धता अन्योल

२५ जेठ, काठमाडौँ – विभिन्न देशले कोरोना संक्रमण रोकथामका लागि अति आवश्यक मानिएको खोप खरिद वा अनुदान उपलब्ध गराउने प्रतिबद्धता अन्योल बनेको छ । हालसम्म अमेरिका, बेलायतलगायत देशले खोप उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि परिणाम शून्य छ । ती देशले खोप उपलब्ध गराउने मिति र समय अझै घोषणा गरिसकेका छैनन् । पछिल्लोपटक चीन सरकारले मात्रै […]

अबको निषेधाज्ञा मोडालिटी ‘लुजडाउन’

२५ जेठ, काठमाडौँ – सरकारले जारी निषेधाज्ञा ‘मोडालिटी’मा केही परिवर्तन गरी ‘लुजडाउन’ शैली अपनाउने तयारी थालेको छ । दोस्रो चरणको कोरोना संक्रमण सुरु भएपछि गत १६ वैशाखबाट जारी निषेधाज्ञाको ‘मोडालिटी’ सर्वसाधारणको दैनिकी र जनजीवन सहज बनाउनेगरी जारी राख्ने तयारी गरिएको हो । गृह मन्त्रालयका अनुसार सोमबार साँझसम्म देशका ७७ जिल्लामध्ये ७५ जिल्लामा निषेधाज्ञा छ । […]

ओलीको प्रस्तावमा ‘इमानदारिता नदेखिएको’ आरोप

२५ जेठ, काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (एमाले) पूर्वमहासचिव माधवकुमार नेपाल समूहले पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा ‘ इमानदारिता नदेखिएको’ आरोप लगाएको छ । आइतबार ६ बुँदे प्रस्तावसहित पार्टी एकताका लागि ओलीले आह्वान गरेपछि सोमबार बसेको नेपाल समूह स्थायी कमिटी बैठकले सर्तसहितको प्रस्ताव स्वीकार नहुने अडान राखेको छ । एमाले स्थायी कमिटी […]

अमेरिकाले नेपाललाई खोप उपलब्ध गराउने घोषणा

२१ जेठ, काठमाडौँ  – नेपालले अमेरिकाबाट कोभ्याक्स सुविधाअन्तर्गतको अनुदानबाट कोरोनाविरुद्धको खोप पाउने भएको छ । अमेरिकी सरकारले बिहीबार घोषणा गरेबमोजिम एसिया क्षेत्रका मुलुकलाई वितरण गर्ने ७० लाख मात्रा खोपमध्येबाट नेपालले कोभ्याक्स सुविधाको खोप पाउने भएको हो । केही समयअघि मात्र राष्ट्रपति विद्यादेवी भण्डारीले खोप उपलब्ध गराउनका लागि सहजीकरण गरिदिन आग्रह गर्नुहँुदै अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पत्र लेख्नुभएको […]

ठाकुर पक्षका ६ सदस्य कित्ता परिवर्तन गरी यादव समूहमा

२१ जेठ, काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षमा रहेका कार्यकारिणी समितिका ६ सदस्य कित्ता परिवर्तन गरी उपेन्द्र यादव समूहमा गएका छन्। ६ सदस्यले ठाकुरको साथ छाडेपछि कार्यकारिणीमा उपेन्द्र समूह स्पष्ट बहुमतमा देखिएको छ। पछिल्लोपटक कार्यकारिणी समितिका सदस्यहरू मृगेन्द्रसिंह यादव, नवलकिशोर साह र रामनरेश राय यादव ठाकुर पक्षलाई छाडेर उपेन्द्र समूहमा गएका हुन्। […]

ठाकुरले फेरि प्रधानमन्त्री भेटे

२१ जेठ, काठमाडौँ – जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन। प्रधानमन्त्रीलाई भेट्न ठाकुर र महतो बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। ठाकुर र महतो हरेक दुईरतीन दिनमा प्रधानमन्त्रीलाई भेट्न बालुबटार पुग्छन्। ठाकुर–महतो खेमा सरकारमा जान लागेको छ। बिहीबारको भेट मन्त्रालय बाँडफाँट टुंगो लगाउन केन्द्रित भएको ठाकुर […]