समाचार
सात अस्पताल डुलाउँदाडुलाउँदै मृत्यु
२५ श्रावन काठमाडौँ, २० वर्षीया विष्णु लामाको ज्वरो बिहीबार साँझसम्म निको भइसकेको थियो । शुक्रबार राति एक्कासि श्वासप्रश्वासमा समस्या देखियो । चार वर्षीया छोरीसहित वीरगन्ज महानगरपालिका–२ छपकैयास्थित माइतीमा बस्दै आएकी उनलाई राति करिब ११ बजे रिक्सामा राखेर आदर्शनगरस्थित एड्भान्स मेडिकेयर हस्पिटल पुर्याइयो । ‘त्यहाँ भर्ना लिन नमानेपछि बहिनीलाई नारायणी अस्थायी कोरोना ९गण्डक० अस्पताल लग्यौं,’ विष्णुकी […]
मौसम बिग्रियो, देशैभर वर्षा, कहाँ कहाँ छ खतरा ?
२५,श्रावन काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी न्युन चापीय रेखा हाल नेपाल नजिक दक्षिण तर्फ अवस्थित रहको छ । हाल देशका अधिकांश भूभागहरुमा समान्यदेखि पूर्ण बदली रहेको छ भने प्रदेश १ र प्रदेश २ का थोरै तथा बाँकी प्रदेशहरुका केही स्थानहरुमा बर्षा भईरहेको छ। साथै सुदूर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा […]
विभिन्न स्थानमा निषेधाज्ञा, उपत्यकाको न्युरोड र टेकु क्षेत्र सिल गर्न सिफारिस
२४, श्रावण काठमाडौँ-उपत्यकासहित मुलुकभर कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले विभिन्न जिल्ला र क्षेत्रमा निषेधाज्ञासँगै अत्यावश्यकबाहेकका सार्वजनिक सेवा प्रवाह बन्द गरेको छ । निजी तथा सरकारी, सार्वजनिक सेवामा कार्यरत पदाधिकारी र कर्मचारीबाहेक ट्राभल हिस्ट्री नदेखिएकाहरूमा पनि संक्रमण पाइएपछि उच्च जोखिममा परेका स्थान सिल गरिएको हो । साथै विभिन्न जिल्लामा सरकारी कार्यालयबाट दिइने सेवा समेत बन्द […]
कोरोनाभाइरसको संक्रमणबाट सिरहाका एक युवकको मृत्यु
२३, श्रावन काठमाडौंँ – बुधबार कोरोनाभाइरसको संक्रमण पुष्टि भएका सिरहाको गोलबजार–१२ का २३ वर्षीय युवकको गत राति धरानमा मृत्यु भएको छ । गत तीन वर्ष देखि किड्नीको समस्या रहेका युवकको मृत्यु भएको हो । ती युवकको शव सिरहा ल्याउन तयारी भइरहेको छ । उनको दाह संस्कार नेपाली सेनाले गर्ने जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख विष्णुदेव […]
शुक्रबार दिउँसो देशका केही स्थानमा भारी बर्षाको सम्भावना
२३, श्रावन काठमाडाैँ-हाल मनसुनी न्युन चापीय रेखा नेपालभन्दा दक्षिण तर्फ अवस्थित छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शुक्रबार दिउसो देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन सहित चट्याङ्ग र हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । हाल देशभर आंशिक देखि सामान्य बदली भइरहेको छ । प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश […]
काठमाडौंमा ८ जना कोरोना संक्रमित बेपत्ता
२३, श्रावन काठमाडौं – कोरोना भाइरस संक्रमण पुष्टि भएकामध्ये केही संक्रमित भागेकाले संक्रमणको जोखिम बढ्न सक्ने देखिएको छ। बुधबार उपत्यकामा संक्रमण पुष्टि भएका १ सय २ जनामध्ये ८ जना संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कबाहिर रहेको पाइएको हो। बुधबार बिहानसम्म १६ जना संक्रमित सम्पर्कबाहिर रहेकामा बिहीबार ८ जना सम्पर्कमा आएका छन् । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग […]
कोरोनाबाट मृत्यु हुने वृद्धवृद्धाको संख्या बढी
२३,श्रावन काठमाडौं- नेपालमा हालसम्म ८० वर्ष नाघेका २५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये २ जनाको मृत्यु भएको छ। यो ८ प्रतिशत हो। यस्तै, १० वर्षमुनिका ८ सय ५५ जना संक्रमित पाइएका छन्। तीमध्ये ३ जना (०.३५ प्रतिशत) को मृत्यु भएको छ। ‘विश्वव्यापी प्यारामिटरमा हेर्दा बालबालिका मृत्युको यो दर निकै ठूलो हो। कोरोनाले बालबालिकालाई […]
राजधानीमा सङ्क्रमणको जोखिम बढ्दै, १० दिनमा ४५० थपिए
२३, श्रावन काठमाडाैँ – काठमाडौँमा सामुदायिक, निजी तथा सरकारी कार्यालयहरूमा बैठक, गोष्ठी, सेमिनार तथा जमघट तुरुन्त बन्द गर्न, बन्द गर्न नमिल्ने भए ‘भर्चुअली’ गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अपिल गर्दछ । – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ प्रेस ब्रिफिङको सुरुवातमै यसप्रकारको सन्देश वाचन गर्दै सचेतना अपनाउन आग्रह गरेको छ । काठमाडौँमा दैनिक सङ्क्रमित हुनेको सङ्ख्या […]
मोटोपना घटाए कोरोना संक्रमणको जोखिम कम !
२३, श्रावन काठमाडौँ – कोरोना भाइरस संक्रमित जटिलतामा जाने सम्भाव्य कारकमा मोटोपनाको उच्च दर मानिएको छ, जसले टाइप टु डाइबेटिज (मधुमेह) र उच्च रक्तचाप निम्त्याउने चिकित्सकहरू बताउँछन् । मोटोपनाका कारण कोभिड सुधार (रिकभर) हुने सम्भावना कम हुने चिकित्सकहरूको बुझाइ छ । बेलायत सरकारले आउँदो शरद ऋतुमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु हुने आकलन गर्दै […]
ओली–प्रचण्ड आज पनि छलफल
२२, श्रावन काठमाडौं – प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज बिहान छलफल हुने भएको छ। बुधबार बेलुका ५ बजे बस्ने भनिएको दुई अध्यक्षको निर्धारित बैठक स्थगित गरी आज विहान बिहान बस्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।



