समाचार
काठमाडौं उपत्यकामा ५१ संक्रमित थपिए
श्रावन, १९ काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५१ संक्रमित फेला परेका छन् । काठमाडौं उपत्यकामा पछिल्ला केही दिन देखि संक्रमितको संख्या उल्लेख्यरुपमा थपिने क्रम निरन्तर रहदा सोमबार ५१ जनामा संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५१ संक्रमित थपिएका हुन् । राष्ट्रिय […]
मास्क लगाउन र दूरी कायम गर्न नेपालीलाई डब्ल्युएचओको अपिल
श्रावन,१९ काठमाडौं – विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि जोस भ्यान्डेलरले कोभिड १९ संक्रमणको जोखिम न्यूनीकरणका लागि एक अर्काबीच दूरी कायम गर्न अपिल गरेका छन्। पछिल्लो समय सरकारले लकडाउन हटाइसके पछि मानिसहरुले आफ्नो व्यवहारमा परिवर्तन नगरेका कारण संक्रमण बढ्दै गएको छ। संक्रमण कम गर्न एक अर्काबीच दूरी कायम गर्नु सबैभन्दा महत्वपूर्ण छ । तर मानिसहरुको भिडभाड […]
संक्रमितलाई वितरण गरेको खाजामा किरा
१९ श्रावण, काठमाडौँ विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रमा वितरित खाजामा किारा भेटिएको छ । खाजामा किरैकिरा भेटिएपछि त्यहाँ उपचाररत कोरोना संक्रमितहरूले विरोध जनाएका छन् । केन्द्रमा सोमबार बिहान दिइएको खाजामा किरा भेटिएको हो । बिहान ७ बजे खाजामा दिइएको मटरमा किरैकिरा देखेपछि खान नसकेको एक संक्रमितले फोनमा बताइन् । ‘संक्रमित भनेर हेला गरेजस्तो लाग्यो, चेक गरेर […]
भारतमा कोरोनाका कारण एकसातामा २५ नेपालीको मृत्यु
काठमाडौँ – विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण यो साता थप २८ जना नेपालीको ज्यान गएको पुष्टि भएको छ । अल इन्डिया इष्टिच्युट अफ मेडिकल साइन्स, नयाँ डिल्लीमा कार्यरत डा. सागर पौडेलले दिएको जानकारीअनुसार भारतमा गतहप्तामात्रै विभिन्न मितिमा ज्यान गुमाउने नेपालीको संख्या २५ पुगेको छ। भारतको महाराष्ट्रमा रहेका नेपालीहरुकोरोनाबाट बढी […]
सभामुख सापकोटासहित सचिवालयका कर्मचारीको कोरोना रिपोर्ट ‘नेगेटिभ’
काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटासहित उहाँको सचिवालयमा कार्यरत कर्मचारी र सुरक्षाकर्मी सबैको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।स्वाब लिइएका सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको सभा मुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभएको छ । उहाँका अनुसार सभामुख सापकोटा सहित स्वकीय सचिवालय र सुरक्षामा खटिएका सुरक्षाकर्मी सबैको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो । […]
राष्ट्रिय गौरवका आयोजनाको लागत बढेको बढ्यै
काठमाडौं – सरकारले विशेष प्राथमिकताका साथ अघि सारेको राष्ट्रिय गौरवका आयोजना निर्माणमा भएको ढिलाइले लागत भने दुई गुणाभन्दा बढीले बढ्दै गएको पाइएको छ । राष्ट्रिय गौरवका ठूला आयोजना कार्यान्वयन र सञ्चालन गर्ने एकीकृत कानुन तर्जुमा नभएको, आयोजना कार्यान्वयनको ढाँचा, विस्तृत सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन, कुल लागत, समयावधि, जग्गा प्राप्तिमा ढिलाइलगायतले लागत बढेको हो । […]
सभामुख निवासमा कार्यरत एक कर्मचारीमा कोरोना पुष्टि
काठमाडौँ – प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको सरकारी निवासमा कार्यरत एक पुरुष कर्मचारीलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको छ । ती कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सभामुखसहित सभामुख निवासमा रहेका ३० भन्दा बढीको स्वाब संकलन भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । यसैगरी शुक्रबार नै सिंहदरबारभित्र ट्राफिक व्यवस्थान गर्ने दुई जना ट्राफिक प्रहरीलाई पनि […]
देशभर मनसुन सक्रिय, यी स्थानहरुमा भारी बर्षाको सम्भावना
१७ श्रावन, काठमाडौँ देशभर मनसुन सक्रिय रहेको जल ताथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल नेपालको पूर्वी तराई भू/भाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित रहेको छ । हाल देशभरी सामान्य बदली रहेको र प्रदेश १, बागमति प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरु र बाकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम बर्षा […]
जनताको आशा र भरोसाको सम्मान भनेको विचार अनुरुपको नेतृत्व निर्माण हो : प्रचण्ड
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ वैचारिक आधारमा नयाँ सोच र संस्कृतिको विकास गर्नु आजको आवश्यकता भएको बताएका छन् । मुस्लिम समुदायको महान् पर्व बकर ईदको अवसरमा सम्पूर्ण मुस्लिम समुदायलाई शुभकामना सन्देश दिँदै प्रचण्डले भनेका छन्, ‘पुरानो सोच र संस्कृतिको अन्त्य गर्दै नयाँ वैचारिक आधारमा नयाँ सोच र संस्कृतिको विकास […]
घरमै बसेर नमाज पढ्न मुस्लिम आयोगको आग्रह
काठमाडौं – कोरोना भाइरसको जोखिम फैलन सक्ने भन्दै मुस्लिम आयोगले घरमै बसेर नमाज पढी इल उल अज्हा ९इद० मनाउन आग्रह गरेको छ। आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले कोरोना भाइरस अझै नियन्त्रणमा आइनसकेकाले आफ्नै घर तथा आवासमा बसेर इद मनाउन आग्रह गरेका हुन्। मुस्लिम समुदायले शनिबार उक्त पर्व मनाउँदैछन् । इद संयमता, धैर्यता, विश्वशान्ति र भाइचाराको […]



