समाचार
सावधानी अपनाएर सार्वजनिक सवारी चलाउनेबारे विभागसँग व्यवसायीको सहमति
श्रावण ४, काठमाडौँ सार्वजनिक यातायात केन्द्रीय महासंघले सोमबारदेखि यातायात सञ्चालन गर्ने गरि विभागसँग आइतबार सहमति गरेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसँग आवद्ध सार्वजनिक सवारी सञ्चालन गर्नेबारे भने सोमबार यातायात व्यवस्था विभागसँग छलफल गर्ने भएको छ । मौद्रिक नीतिमार्फत माग सम्बोधन भएपछि सुरक्षित तवरले यातायात सञ्चालनबारे सोमबार यातायात व्यवस्था विभाग र व्यवसायीहरुबीच छलफल हुने […]
‘पठाओ’ का संस्थापक फहिमको आफनै निजी सहयोगीबाट हत्या
श्रावण—३, काठमाडौँ राइड–सेयरिङ कम्पनी पठाओका संस्थापक फहिम सलेकाे हत्या गरेकाे आरोपमा उनकै सहयोगी पक्राउ परेका छन् । गत सोमबार न्युयोर्कस्थित म्यानह्याटनको अपार्टमेन्टमा फहिमको शव क्षतविच्छेद भएको अवस्थामा भेटिएको थियो । फहिमकाे हत्या आरोपमा उनकै निजी सहयोगी २१ वर्षका टाइरेस ह्यासपिल पक्राउ परेको बीबीसीमा समाचार छ । हत्यापछि टाइरेसले फहिमको क्रेडिट कार्ड प्रयोग गरेको देखिएको प्रहरीको […]
कालिकोट पुगेका डा. गोविन्द केसी भन्छन्, सुर चलेको दिन झोला बोकेर हिँड्न सक्छु ।’
श्रावण—३, काठमाडौँ सुदुरपश्चिमका जिल्लाहरुमा स्वास्थ्य सेवा दिदैँ हिडेका डा. गोविन्द केसी कर्णाली प्रदेशको कालिकोटमा पुग्नुभएको छ । त्रि.वि शिक्षण अस्पतालबाट अवकाश प्राप्त भएपछि हिमाली तथा सुदुरपश्चिमका जिल्लाहरुमा निःशुल्क स्वास्थ्य उपचार गर्दै हिडेका डा. केस यतिबेला पहाडी जिल्ला कालिकोट पुगेका हुन । पहाडी जिल्लाका मानिसमा हाडजोर्नी समस्या हुने भन्दै हाडजोर्नीको निःशुल्क उपचार गर्दै हिडेका डा. केसी […]
फुटपाथमा हिडिरहेकी महिलाको ज्यान लिने कार चालक रिहा
श्रावण—३, काठमाडौं रातभर मदिरा पिएर सडक दुर्घटना गराइ एकजना महिलाको ज्यान लिने काठमाडौंको बूढानीलकण्ठ हाइटका एक युवकलाई सर्वोच्च अदालतले धरौटीमा रिहा गरेको छ । मदिरा सेवन गरेर लठ्ठ भएका उनले चलाएको कारले २०७६ मंसिर २८ गते बिहानै बूढानीलकण्ठको फुटपाथमा हिँडिरहेकी गोरखाकी एकजना महिला लीला देवकोटालाई कुल्चिँदा उनको घटन स्थलमा नै ज्यान गएको थियो । देवकोटाको […]
सरकारद्वारा नेपालको नयाँ नक्साबारे पुस्तक प्रकाशनको तयारी
काठमाडौं, साउन २-सरकारले लिम्पियाधुरा समेतको भूभाग समेटिएको नक्सा र समग्र सीमासँग सम्बन्धी विषय, तथ्य प्रमाणहरु समेटेर पुस्तक प्रकाशन गर्ने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले शुक्रबार आयोजना गरेको एक पुस्तक बिमोचन कार्यक्रममा बोल्दै मन्त्री पद्माकुमारी अर्यालले पुस्तक प्रकाशनको जनकारी दिनुभयो । सिङ्गो सीमासँग जोडिएका विषय र त्यो क्षेत्रलाई विष्तृत रुपमा पुस्तकमा […]
कर्णाली प्रदेशका प्रदेशसभा सदस्य शाहीलाई कोरोना पुष्टि
सुर्खेत-कांग्रेस नेता तथा कर्णाली प्रदेशसभा प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीलाई कोरोना संक्रमण भएको छ । दुई दिन अघि गरिएको स्वाव परीक्षणमा शाहीलाई कोरोना संक्रमण पुष्टि भएको हो । संसदीय समितिका विभिन्न बैठकमा जाने आउने गरेका शाही संसद बैठकमा उपस्थित हुने गरेका थिए । शाहीमा कोरोना संक्रमण देखिएपछि प्रदेशसभा सदस्य तथा सचिवालयमा त्रास बढेको छ । […]
जबरजस्ती करणीकाे आरोपमा सशस्त्रका एसएसपी अधिकारी पक्राउ
पोखरा-सशस्त्र प्रहरी बल पोखरा लामपाटनका एसएसपी राजेन्द्र अधिकारीलाई जबरजस्ती करणीको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । २७ बर्षीया एक महिलालाई अधिकारीले आफ्नै क्वाटरमा बोलाएर जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो । भरतपुर चितवनकी एक महिलालाई बुधबार आफ्नो क्वार्टरमा खाना खान बोलाएर जबरजस्ती करणी गरेको उजुरीमा भनिएको छ । दिउँसो करिब २ बजे पीडित […]
अयोध्या नेपालमा नै पर्छ भन्ने भनाईमा सत्यता छ : ठोरीबासी
काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्म नेपालकै वीरगन्ज पश्चिम ठोरीमा भएका भनेपछि अहिले प्रधानमन्त्री ओलीको चौतर्फी आलोचना भएको छ । भानु जयन्तीको अवसरमा प्रधानमन्त्री ओलीले बालुवाटारमा आयोजना गरेको कार्यक्रममा राजकुमार राम अयोध्याका हुन जो विरगंज भन्दा अलिकति पश्चिम पट्टिको गाउँ (ठोरी) मा हो, अहिलेको अयोध्या नक्कली आयोध्या हो भन्नुभएको थियो । प्रधानमन्त्रीको उक्त अभिव्यक्ति […]
के हुदै छ सिन्धुपाल्चोक बाढीपहिरोमा वेपत्ता २० जनाको खोजी कार्य
काठमाडौँ-सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ जम्बु र भोटेकोशी गाउँपालिका–५ बुलकोटेमा आठ दिन अघि आएको बाढीपहिरोमा वेपत्ता भएका २० जना अझै फेला परेका छैनन् । बेपत्ताहरुलाई भोटेकोशीले बगाएको आशंका गर्न थालिएको छ । असार २४ गते राति आएको बाढी र पहिरोमा परि तीन जनाको मृत्यु भएको थियो भने २० जना वेपत्ता भएका थिए । उनीहरुको खोजी जारीरहेको भएपनि […]
मेलम्चीको मुख्य गेट फुट्याे, बगेर इन्जिनियर र चालक बेपत्ता
काठमाडौँ-बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौँ आइनपुग्दै मंगलबार मुख्य सुरुङ मार्गभित्रको गेट एक्कासि फुट्दा इन्जिनियर र एक चालक बगेर बेपत्ता भएका छन् । साइट इन्जिनियरसहित दुई गम्भीर घाइते छन् । हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मुहानस्थलको मुख्य सुरुङको १७ नम्बर गेट फुटाएर बीचमा जोडिएको अम्बाथान अडिटबाट निस्किएको पानीले बाढीको रूप लिँदा घटना भएको हो । प्राविधिकका अनुसार […]



