समाचार
सरकारी सम्पत्तिको बारेमा सरकार नै अन्योल
काठमाडौं – सरकारीले व्यक्तिगत सम्पत्तिको अभिलेख राख्ने तयारी गरिरहे पनि आफ्नै स्वामित्वमा रहेका सम्पत्तिको एकीकृत विवरण भने राख्न नसकेको पाइएको छ । छुट्टाछुट्टै निकायले अभिलेख राख्ने गरे पनि एकीकृत सम्पत्ति विवरण राख्नेबारे स्पष्ट कानुन नहुँदा सरकारी सम्पत्तिको विवरण बारे सरकार बेखबर जस्तै देखिएको छ । हालसम्म नेपाल ट्रष्टको कार्यालय महालेखा नियन्त्रकको कार्यालय, भूमि व्यवस्थापन विभाग […]
१२ वर्षमा मै आमा बनिन् भावना
१२ वर्षमा मै आमा बनिन् भावना गुलरिया – बर्दियाको गेरुवा गाउँपालिका ४ की भावना बस्नेत १२ वर्ष नपुग्दै सुत्केरी भइन् । ०६३ चैत १३ मा जन्मिएकी भावनाले ०७५ फागुन ७ गते माइतीकै छाप्रोमा छोरीलाई जन्माएकी हुन् । स्वास्थ्य संस्थामा समेत नपुगी उनी आमा बनेकी हुन् । आमा बन्दा उनको उमेर ११ वर्ष १० महिना २४ […]
६४ वर्षपछि श्रम कानुन फेर्दै मलेसिया
काठमाडौं – मलेसियाले श्रम कानुन हेरफेरका अन्तिम तयारी गरेको छ। मलेसिया सरकारले विदेशी कामदारको सही व्यवस्थापन गर्न भर्ना प्रक्रिया, सेवा सुविधा, सुरक्षालगायतमा आधारित ६४ वर्षे पुरानो रोजगारसम्बन्धी ऐन ९१९५५० परिवर्तन गर्न लागेको हो । यसमा उल्लिखित कतिपय ऐन सात वर्षअघि संशोधन गरिएको थियो। उक्त प्रस्तावित ऐन पारित भई लागू भए नयाँ कामदार भर्नासमेत सोहीबमोजिम गर्ने […]
पूर्व – पश्चिम रेलमार्गको डिपिआर नहुँदै हातपात
काठमाडौं – पूर्व – पश्चिम रेलमार्गको बुटवल खण्डमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने विषयमा छलफल गर्न बसेको बैठकमा हातपात भएको छ । सो क्रममा स्थानीय ज्वोतीप्रसाद कुटिएका छन् । डिपिआर गर्न बाँकी रहेको सो क्षेत्रमा माटो परीक्षण गर्न पुगेको रेल विभागका कर्मचारी, चिनियाँ प्रतिनिधि, स्थानीय प्रतिनिधि र प्रभावित क्षेत्रका बासिन्दासहित बुधबार बुटवल उपमहानगरपालिका वडा […]
६ महिनाभित्र काठमाडौंका १४ हजार कुकुरको बन्ध्याकरण गर्ने
काठमाडौं – अबको ६ महिनाभित्र महानगर क्षेत्रका सबै कुकुर बन्ध्यकरण भइसक्नेछन् । कामपाको सहयोगमा सञ्चालित मनुभित्र कार्यक्रमअन्तर्गत १४ हजार कुकुरको बन्ध्यकरण हुन लागेका हो । हालसम्म करिब ७ हजार कुकुरको बन्ध्यकरण भइसकेको छ । कामपाद्वारा गठित वडास्तरीय पशु व्यवस्थापन समितिको सहयोगमा भएको बन्ध्यकरण कार्यक्रम महानगरको २१ वडामा सम्पन्न भइसकेको छ । अब बाँकी रहेको ११ […]
कसरी बनिन् काइली जेनर विश्वकै कान्छी अर्बपति
वासिङ्टन – २१ वर्षकी कायली जेनरसँग हाल १ अर्ब अमेरिकी डलर सम्पत्ति छ । यो सम्पत्तिसहित उनी इतिहासकै कान्छी अर्बपति र स्वआर्जित सम्पत्तिबाट अर्बपति भएकी फोब्र्सले जनाएको छ । यसले उनलाई अर्बपतिको सूचीमा पुर्याएको छ । जेनरले यो उपाधि फेसबुकका सह–संस्थापक मार्क जुकरबर्गबाट खोसेकी छिन् । जुकरबर्ग २००८ मा २३ वर्षको उमेरमा विश्वकै कान्छा अर्बपति […]
झापाबाट काठमाडौं अवतरणको क्रममा प्रधानमन्त्रीको बिमान होल्ड भएपछि छानवीन समिति गठन
काठमाडौँ – झापाबाट काठमाडौं अवतरणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली सवार विमान होल्ड भएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । मन्त्रालयले गठन गरेको छानबिन समितिको संयोजकमा मन्त्रालयका सहसचिव सुरेश आचार्य रहेका छन् । प्रधानमन्त्री सवा विमान किन, होल्ड भयो यस वारेमा बिहीबारबाट काम शुरु भएको संयोजक […]
अस्पतालमा फैलिदो बिरामीको व्यापार, सरकारीभन्दा १५ गुणा बढी निजी महँगो
काठमाडौं – वीर अस्पतालमा सामान्य बेड निःशुल्क पाइन्छ । शिक्षण अस्पतालमा दुई सय ५० रुपैयाँ तिर्नुपर्छ । तर, बयोधा अस्पतालमा भर्ना हुनासाथ १५००, नर्भिकमा २०००, ग्रान्डीमा २०९० र मेडिसिटीमा ३२५० तिर्नुपर्छ । त्यस्तै, क्याबिन लिएमा वीर अस्पतालमा १००० र शिक्षण अस्पतालमा १४०० तिरे पुग्छ । तर, नर्भिकमा पुग्नासाथ ८०००, बयोधामा ८५००, मेडिसिटीमा १०००० र […]
पुल निर्माणमा डेढ करोड खर्चेपछि नक्सा गलत भएको पत्ता लागेपछि….
काठमाडौँ – २१ भदौ ०७२ मा भएको ठेक्का सम्झौताअनुसार काठमाडौंको अनामनगरस्थित धोबीखोला पुल २० माघ ०७३ मै सकिनुपर्ने थियो । ठेकेदार कम्पनी भण्डार९थोडङ्गा जी टेकले समयमा काम नसकेपछि २५ असार ०७५ सम्मका लागि म्याद थपियो । तर, म्याद फेरि गुज्रियो । अहिले पिलर ठड्याएर स्ल्याब राख्ने वेलामा फेरि पुलको नक्सा नै गल्ती भएको भन्दै काम […]
नारी दिवस : उस्तै छ गुपचुप रहेका नारीका दुःख
काठमाडौं – इँटा भट्टाको गेटमै लेखिएको छ ‘बाल श्रममुक्त छ ।’ खेतमा लहरै सुकाइएका छन् काँचो इँटा । बन्दै गरेका इँटाका आकार असरल्ल छन् । इँटाकै चाङ लगाएर बनाएका झ्यालीहरु (एककोठे छाप्रो) देखिन्छ । टुक्रिएका इँटाको धुलोमा दुई वर्षदेखि १२ वर्षसम्मका बालबालिका खेलिरहेका छन् । च्यातिएको एकसरो लुगामा रहेका उनीहरुका खुट्टामा चप्पल छैनन् । कुनै […]



