समाचार
समानुपातिकतर्फको संशोधित बन्दसूची बुझाउन अब एक दिन बाँकी
काठमाडौं – आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ आयोगमा पेस गरिएको उम्मेदवारको बन्दसूचीमाथि दलहरुले संशोधित सूची बुझाउन अब एक दिन बाँकी छ। आयोगले यही असोज १६ गतेभित्र संशोधित सूची बुझाउन सम्बन्धित दललाई आग्रह पनि गरिसकेको छ। आयोगले बन्दसूचीको प्रस्तावमाथि जाँचबुझ गरी संशोधनका लागि असोज ४ गतेदेखि ९ गतेसम्म सूची […]
काभ्रेको खानीखोलामा बोलेरो दुर्घटना, १ जनाको मृत्यु
बनेपा – काभ्रेपलाञ्चोकको डाँडापारिस्थित खानीखोला गाउँपालिका–१ मा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । डाँडागाउँबाट बनेपातर्फ आउँदै गरेको बा५ख ४११७ नम्बरको बोलेरो खानीखोला गाउँपालिका–१ र बेथानचोक गाउँपालिका–६ को सिमाना गैरी भञ्ज्याङमा आज बिहान दुर्घटना हुँदा चार जना घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेका अनुसार […]
सन्दीपले भने-२० गते नेपाल आइपुग्छु
काठमाडौं – नेपाली राष्ट्रिय टीमका पूर्वकप्तान सन्दीप लामिछानेले आफू असोज २० गते नेपाल आइपुग्ने बताएका छन् । उनले सामाजिक संजालमार्फत आफू २० गते नेपाल आइपुग्ने बताएका हुन् । उनले २० गते नेपाल आएर झूटा आरोपविरुद्ध कानुनी लडाई लड्न आफूलाई नेपालको अख्तियारमा पेश गर्ने बताए । उनले लेखेका छन्,‘ठूलो आशा र शक्तिका साथ, म यही अक्टोबर […]
छैटौँ टी–२० क्रिकेटमा इङ्ग्ल्यान्डले पाकिस्तानलाई ८ विकेटले हरायो
काठमाडौँ – घरेलु टोली पाकिस्तानसँगको छैटौँ टी–२० क्रिकेटमा इङ्ग्ल्यान्ड ८ विकेटले विजयी भएको छ । लाहोरमा गएराति भएको खेलमा पाहुना टोली इङ्ग्ल्यान्ड विजयी भएसँगै ७ खेलको शृङ्खलामा ३–३ को बराबरी भएको छ । पाकिस्तानले दिएको १ सय ७० रनको लक्ष्य इङ्ग्ल्यान्डले १४ ओभर ३ बलमा २ विकेट गुमाएर भेट्टायो । इङ्ग्ल्यान्डका फिल साल्टले अविजित ८८ […]
युक्रेनका चार भू–भाग गाभेको रुसको घोषणापछि युरोपेली सङ्घद्वारा भर्त्सना
एजेन्सी – रुसले युक्रेनका चार भू–भाग गाभेको घोषणा गरेपछि युरोपेली सङ्घले भर्त्सना गरेको छ । युरोपेली सङ्घका नेताहरूले युक्रेनको डोनेत्स्क, लुहान्स्क, जापोरिजिया र खेअर्सन क्षेत्रमा रूसले गरेको कब्जा घोषणालाई कहिल्यै मान्यता नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । युरोपेली सङ्घ (ईयू) का २७ सदस्य देशका नेताहरू सम्मिलित युरोपेली परिषद्ले रुसले विश्वव्यापी सुरक्षालाई खतरामा पारेको आरोप लगाएका […]
दशैँको तीन दिन केही ठाउँमा ठूलो वर्षाको सम्भावना
काठमाडौँ – दशैँको मुख्य दिनमा केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले दशैँको लागि विशेष मनसुन बुलेटिन सार्वजनिक गर्दै चारवटा प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जनाएको हो । महाशाखाकाअनुसार आउँदो बुधवार विजयादशमीदेखि शुक्रवार द्वादशीसम्म लुम्बिनी, गण्डकी, कर्णाली र सूदूरपश्चिम प्रदेशका […]
प्रदेश र स्थानीय तहमा आफूखुसी विदेश भ्रमण
काठमाडौं – प्रदेश तथा स्थानीय तहका पदाधिकारी र कर्मचारीले आफूखुसी विदेश भ्रमण गर्ने गरेको पाइएको छ । कानुनविपरीत सम्बन्धित कर्मचारी र पदाधिकारीको कार्यक्षेत्र नभएका कार्यक्रममा समेत प्रदेश तथा स्थानीय तहका पदाधिकारी र कर्मचारीले आफूखुसी विदेश भ्रमण गर्ने गरेका हुन् । ठूलो सङ्ख्यामा प्रदेश र स्थानीय तहका पदाधिकारी र कर्मचारीले आफूखुसी रूपमा विदेश भ्रमण गर्ने गरेको पाइए पनि […]
पर्व मान्दै चुनाव प्रचार
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा आोली दशैंको अवसरमा गृहजिल्ला झापा जाँदैछन् । त्यहाँ शुभकामना कार्यक्रममा सहभागी भएपनि उनी काठमाडौं फर्किने कार्यक्रम छ । यो वर्ष निर्वाचनसमेत परेकाले प्रचारप्रसारसँगै दशैं पनि मनाउने ओलीले योजना छ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भने गृह जिल्ला डडेलधुरा जाने कार्यक्रम तय […]
गठबन्धन सहयात्रीसँग जसपा असन्तुष्ट
काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) सिट बाँडफाँटको विषयलाई लिएर सत्तारूढ गठबन्धनसँग असन्तुष्ट बनेको छ । पाँच दलिय गठबन्धनको एक घटक जसपा सिट बाँडफाँटमा अन्यायमा गर्न लागिएको भन्दै असन्तुष्ट बनेको हो । जसपाका अध्यक्ष उपेन्द्र यादवले सार्वजनिक रूपमै सिट बाँडफाँटमा अहिले भइरहेको छलफलप्रति असन्तुष्टि पोखेका छन् । धनुषामा बिहीबार आयोजित एक कार्यक्रममा अध्यक्ष यादवले जसपा […]
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ – नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १२९ रुपैयाँ ८५ पैसा र बिक्री दर १३० रुपैयाँ ४५ पैसा रहेको छ। युरो एकको खरिद […]



