Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026

समाचार

नेपालको पहिलो जित

काठमाडौं – माल्दिभ्समा जारी साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले पहिलो जित निकालेको छ । मालेमा मंगलबार राति श्रीलंकालाई हराउँदै नेपालले पहिलो जित निकालेको हो । नेपालले श्रीलंकामाथि ५५-४९ को जित निकालेको हो । यस अघि पहिलो खेलमा नेपाल आयोजक माल्दिभ्ससँग पराजित भएको थियो । अब नेपालले तेस्रो तथा अन्तिम खेलमा भुटानसँग बुधबार खेल्नेछ । प्रतियोगितामा […]

राष्ट्रपति र सरकार प्रमुखविरुद्ध मुद्दैमुद्दा

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै असोज ६ गते सर्वोच्च अदालतमा रिट पर्यो। सुनिल रञ्जन सिंहलगायत अधिवक्ताले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु संविधानविपरीत भएको दाबी गर्दै राष्ट्रपतिविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका हुन् । नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपतिविरुद्ध पाँचवटा रिट दर्ता भएका छन्। सर्वोच्चमा राष्ट्रपति र राष्ट्रपतिको कार्यालयविरुद्ध मात्र होइन, सरकार, […]

अमेरिकी सहायक विदेशमन्त्री ट्रडो आज नेपाल आउँदै

एजेन्सी – अमेरिकी उच्च अधिकारीहरुले नेपाल भ्रमण गर्ने शिलशिला पछिल्लो समय बढेको छ । यसै क्रममा अमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री एलिजावेथ केनेडी ट्रडो आज नेपाल भ्रमणमा आउँदै छिन् । उनी विश्वव्यापी सार्वजनिक मामिला हेर्ने सहायक विदेशमन्त्री हुन् । चीनको नेशनल पिपुल्स कंग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सु नेपाल भ्रमण सकेर फर्किएलगत्तै अमेरिकी सहायक विदेशमन्त्री ट्रडो […]

सिट बाँडफाँट टुंग्याउन शीर्ष नेतासहित कार्यदलको बैठक बस्दै

काठमाडौँ – आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँटका लागि सत्ता गठबन्धनका शीर्ष नेतासहित कार्यदलको बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान ८ बजे शीर्ष नेताहरूसहित कार्यदलको बैठक बस्न लागेको हो । बैठकमा सात वटै प्रदेशको सिट बाँडफाँट टुंगो लगाउने कार्यदलका सदस्य रकम चेम्जोङले रातोपाटीलाई बताए । उनका अनुसार मंगलबार बसेको […]

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३० रुपैयाँ २४ पैसा र बिक्री दर १३० रुपैयाँ ८४ पैसा रहेको छ। युरो एकको खरिद […]

१० भाइले आत्मालोचना गरे मात्रै टिकट

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले) विगतमा पार्टी अध्यक्ष र प्रधानमन्त्रीको विरोध गर्ने ‘१० भाइ’लाई आत्मालोचना गराएर मात्रै टिकट दिने भएको छ । तत्कालीन नेकपा हुँदा अध्यक्ष एवं प्रधानमन्त्री रहेका केपी शर्मा ओलीको विरोध गर्ने नेतालाई अनुशासन उल्लंघन गरेको निष्कर्षसहित एमालेले आत्मालोचना गरेपछि मात्रै टिकट दिने रणनीति बनाएको छ । प्रतिनिधि सभा र प्रदेश सभा […]

सल्यानको कपुरकोटमा जीप दुर्घटना, ८ जनाको मृत्यु, एक जना घाइते

सल्यान – सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । बाँकेको धकेरीबाट सल्यानको कपुरकोटमा बिहे भोजमा सहभागी हुनेहरुलाई लिएर फर्केको रा १ ज ५६३ नम्बरको जीप गएराति कपुरकोट गाउँपालिका–३ मूलपानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । ज्यान गुमाउनेको परिचय खुल्न सकेको छैन । […]

बडादशैँको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौं – नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । चन्द्रघण्टा देवीले शिरमा अर्धचन्द्रका साथै घण्ट पनि […]

मधेशमा करिब २४ हजार म्यादी प्रहरी खटाइने

काठमाडौँ – अगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मधेश प्रदेशमा करिब २४ हजार म्यादी प्रहरी खटाइने भएको छ । आठवटै जिल्लाको प्रत्येक प्रतिनिधि तथा प्रदेश सभाको चुनाव सुरक्षाका लागि २३ हजार ७७१ जना म्यादी प्रहरी खटाइने मधेश प्रदेशका प्रहरी प्रवक्ता सुमनकुमार तिमलसिनाले जानकारी दिए । उनका अनुसार सप्तरीमा ३ हजार २७८, […]

चितवन पुगेका प्रचण्ड आज आफ्नै नयाँ घरमा सर्दै, प्रेमगीत-३ हेर्न हलमा पुगे

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज नयाँ घरमा सर्दैछन्। आज प्रचण्ड भरतपुर महानगरको–१४ नम्बर वडामा बनेको आफ्नो नयाँ घरमा सर्न लागेका हुन्। यसअघि शिवनगरमा भाडामा घर लिएर बसेका प्रचण्ड आफ्नै घरमा सर्न लागेका हुन्। शिवनगरकै नजिक प्रचण्ड टोलमा बनेको नयाँ घरमा प्रचण्ड सर्न लागेका हुन्। उनी बिहान ११ बजे नयाँ घरमा […]