समाचार
आजदेखि अस्थायी मतदाता नामावली सङ्कलन हुने
काठमाडौँ – निर्वाचन आयोगले आजदेखि प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गतका समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनका लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने भएको छ । आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन् । अस्थायी मतदाता नामावलीमा समावेश गरिएका मतदाताले प्रतिनिधि सभातर्फको […]
ब्याजदर वृद्धिले अर्थतन्त्रमा संकट आउने
काठमाडौँ – विगतमा ब्याजदर बढ्दैमा निक्षेप नबढेको उदाहरण स्मरण गर्दै निजी क्षेत्रले यसैपनि अत्यन्त असहज अवस्थाबाट गुज्रिरहेको उद्योग-व्यवसाय क्षेत्रमा ऋणको व्याजभार थपिन जाँदा अर्थतन्त्रमा संकट आउन सक्ने आकलन गरेको छ। अर्थतन्त्रमा नकारात्मक असरमात्र पर्ने व्याजदर वृद्धिको निर्णय तत्काल स्थगन गर्न नेपाल उद्योग वाणिज्य महासंघले सरोकारवाला समक्ष माग पनि गरेको छ। बैंक तथा वित्तीय संस्थाहरुद्वारा १ […]
वीर अस्पताल परिसरका औषधि पसलमा आज डोजर चल्ने
काठमाडौँ – काठमाडौं महानगरपालिकाले वीर अस्पताल परिसरको औषधि पसल रहेका सटरहरू भत्काउन २४ घण्टे चेतावनी दिएको छ। कामपा प्रहरीले वडा नम्बर २७ को वडा कार्यालयको सिफारिसमा ८ वटा सटर भत्काउन लागेको हो। कामपा प्रहरीले बुधबार दिउँसो २४ घण्टाभित्र टहरा भत्काउन चेतावनी दिदै माइकिङ गरेको थियो। वर्षादेखि अवैध रूपमा सटरमा औषधि पसल सञ्चालन भइरहेको वीर अस्पतालको […]
कवि तारकिणीको ‘बिगन रामको मादल’ कवितासंग्रहमाथि अन्तरक्रिया
काठमाडौँ – कवि राजेन्द्र तारकिणीद्वारा लिखित कविता कृति ‘बिगन रामको मादल’ विमोचन गरिएको छ । सोमबार संविधान दिवसको अवसर पारेर नेपाल प्रज्ञा प्रतिष्ठानमा कविरसाहित्यकार श्यामल, कवि तथा चलचित्र निर्देशक राजेन्द्र शलभ, कविरसमीक्षक एवं प्राध्यापक गीता त्रिपाठी र लेखकरसमीक्षक राजकुमार बानियाँ लगायतले कृतिको विमोचन गर्नुभएको हो । विमोचनपछि कृतिमाथि समीक्षात्मक अन्तरक्रिया गरिएको थियो । प्रस्तोता राजकुमार […]
खोला बढेपछि परीक्षा स्थगित
हेटौंडा – विद्यार्थीले खोला तर्न नसकेपछि पूर्वी मकवानपुरको बकैया गाउँपालिकास्थित कालभैरव प्राथमिक विद्यालय धेत्रेदमारमा अध्ययनरत विद्यार्थीको परीक्षा स्थगित गरिएको छ । अविरल पानी पर्दा खोलामा बाढी आएकाले थियो । ज्यान जोखिममा राखी सिमातखोला तरेर विद्यालय जानुपर्ने बाध्यता रहेको छ । ‘भदौ ३१ गतेदेखि परेको ठूलो पानीले बाढी आउँदा विद्यार्थी खोला तर्न सकेनन्,’ कालभैरव प्राविका प्रधानाध्यापक […]
भारतसँगको पहिलो टी–२० क्रिकेटमा अष्ट्रेलिया विजयी
एजेन्सी – भारतसँगको पहिलो टी–२० क्रिकेटमा अष्ट्रेलिया विजयी भएको छ । मोहालीमा गएराति भएको खेलमा घरेलु टोली भारत अष्ट्रेलियासँग ४ विकेटले पराजित भयो । जितसँगै ३ खेलको टी–२० श्रृंखलामा अष्ट्रेलियाले १–० को अग्रता बनाएको छ । भारतले दिएको २ सय ९ रनको लक्ष्य अष्ट्रेलियाले १९ ओभर २ बलमा ६ विकेट गुमाएर भेट्टायो । अष्ट्रेलियाका क्यामरुन […]
आज विश्व शान्ति दिवस : विभिन्न कार्यक्रम गरि मनाइँदै
काठमाडौँ – आज विश्व शान्ति दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । हरेक वर्ष सेप्टेम्बर २१ तारिखका दिन विश्व शान्ति दिवस मनाउने गरिन्छ । यसवर्ष ‘जातिवादको अन्त्य र शान्तिको स्थापना’ भन्ने नारा तय गरिएको छ । यो दिवस सन् १९८२ सेप्टेम्बर २१ देखि मनाउन सुरु गरिएको हो । संयुक्त राष्ट्रसङ्घ महासभाले सन् १९८१ मा […]
प्रभावशाली नेताले नै रोजे ‘समानुपातिक’, आलोचना तीव्र
काठमाडौं – आगामी ४ मंसिरमा तय प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि राजनीतिक दलहरूले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएका छन् । प्रमुख राजनीतिक दलले प्रभावशाली नेता, पटकपटक सांसद–मन्त्री भएका नेतालाई नै ‘समानुपातिक उम्मेदवार’को बन्द सूचीमा राखेपछि आलोचना तीव्र बनेको हो । प्रतिनिधिसभाका १ सय १० र प्रदेशसभाका २ सय २० सिटका लागि राजनीतिक […]
डेंगुले महामारीको रूप लिँदै
काठमाडौं – महामारीका रूपमा देशभर डेंगु फैलिरहँदा सरकार भने संक्रमण नियन्त्रणमा उदासीन देखिएको छ । देशभर हालसम्म १७ हजार ५ सय ९४ जनामा डेंगु संक्रमण देखिसकेको अवस्थामा २१ जनाको मृत्यु भइसकेको छ । दैनिक डेंगु संक्रमणसँगै मृत्यु हुने दरसमेत बढिरहेको छ तर सरकारले डेंगुलाई ‘राष्ट्रिय प्रकोप’का रूपमा घोषणा गर्न ढिलाइ गरेको छ । पछिल्लो समय […]
दल दर्ता गर्न सजिलो, चलाउन मुस्किल
काठमाडौँ – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा ८६ दल भाग लिँदै छन्। साउन २० गतेसम्म निर्वाचन आयोगमा दर्ता कायम रहेका दलको सङ्ख्या भने ११६ छ तर समानुपातिक निर्वाचन प्रणालीतर्फ ६८ राजनीतिक दल दर्ता भएकामा सोमबार ४८ दलले मात्र उम्मेदवारको बन्दसूची बुझाए। समग्र निर्वाचन प्रक्रियाबाट ३० दल पहिले नै […]



