समाचार
दशैंको मुखैमा चिनियाँ नाकामा रोकियो सामान, दशैंमा महँगी बढ्ने
काठमाडौं – दशैंको मुखैमा चिनियाँ नाकामा सामान रोकिएपछि व्यवसायीहरु समस्यामा परेका छन् । दशैं तथा तिहार नजिकिएको बेला नाकामा सामानहरु रोकिए पछि व्यवसायीहरु चिन्तित बनेका हुन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघले नाकामा देखिएको समस्या कुटनीतिक पहलबाट समाधान गर्न सरकारसँग अनुरोध गरेको छ । आइतबार महासंघका अध्यक्ष कुमार कार्कीले प्रेस विज्ञप्ति जारी गर्दै समस्या समाधान गर्न […]
नेपाली चिया रोक्ने भारतको प्रयास, नेपाली व्यवसायी चिन्तित
इलाम –भारतीय संसदको एक समितिले नेपालको चिया गुणस्तरहीन भएको भन्दै आयात रोक्न सिफारिस गरेपछि नेपालमा यसको तरंग पैदा भएको छ । उत्पादित तयारी चियाको ९० प्रतिशत निर्यात बजार रहेको भारतमा नेपाली चिया रेक्ने प्रयास भइरहेको भन्दै नेपाली चिया व्यवसायीहरू चिन्तित भएका छन् । नेपालमा उत्पादित चियाको गुणस्तर कमसल भएको र नेपालको चिया मिसाएर विदेश निर्यात […]
राउटर आयातमा अनिवार्य पूर्वस्वीकृति लिनुपर्ने
काठमाडौँ – नेपाल दूरसञ्चार प्राधिकरणले घरायसी प्रयोगका राउटर आयातमा प्राधिकरणबाट अनिवार्य रूपमा पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ। प्राधिकरणले राउटरसहितका इन्टरनेटसँग सम्बन्धित भौतिक उपकरणहरूको न्यूनतम गुणस्तर निर्धारण गर्दै पूर्वस्वीकृतिको व्यवस्था अनिवार्य गरेको हो। प्राधिकरणले ग्राहकसँग सम्बन्धित तथा घरायसी प्रयोजनका सञ्चार उपकरणहरुको पहिलोपटक जारी गरेको न्यूनतम मापदण्डमा यस्तो व्यवस्था गरिएको प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । उनका […]
प्रसारण लाइनमा निकुञ्ज तगारो
काठमाडौँ – कोहलपुर-सुर्खेत प्रसारण लाइनमा निकुञ्ज र वन क्षेत्र नभइदिएको भए भदौ ३० गतेसम्ममा १३२ केभी विद्युत् कर्णालीमा आइसकेको हुन्थ्यो। दुई वर्षमा सक्ने गरेर सम्झौता भए पनि जग्गा प्राप्तिको प्रक्रियाले पूर्णता नपाउँदा १३२ केभी प्रसारण लाइन कर्णालीमा भित्रिन अझै कति वर्ष लाग्ने हो थाहा छैन । भारतीय कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले ७० करोडको लागतमा २०७९ […]
देवनागरी लिपिमा इम्बोस्ड नम्बर प्लेट लेख्न सकिने
काठमाडौँ । देवनागरी लिपिमा इम्बोस्ड नम्बर प्लेट लेख्न सकिने निर्माण कम्पनी टाइगर डेकाटुर आईटीले जनाएको छ । त्यसका लागि ७७ करोड रुपियाँ थप खर्च लाग्ने कम्पनीको दाबी छ । कम्पनीले यातायात व्यवस्था विभागलाई पत्र पठाएर उक्त जानकारी दिएको हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पूरै प्लेट देवनागरी लिपिमा लेख्न सकिने वा नसकिने र त्यसका लागि […]
आफूखुसी स्वकीय सचिव
काठमाडौँ – आफूखुसी स्वकीय सचिव र सल्लाहकार नियुक्त गर्ने विगतको प्रवृत्तिलाई स्थानीय तहका वर्तमान प्रमुख तथा अध्यक्षले पनि निरन्तरता दिएका छन्। महालेखा परीक्षकको कार्यालयको गत वर्षको वार्षिक प्रतिवेदनमा स्थानीय तहका प्रमुख र अध्यक्षले आफूखुसी स्वकीय सचिव तथा सल्लाहकार नियुक्त गरेबापत ठूलो रकम बेरुजु देखाएको थियो। बेरुजु देखाए पनि यो प्रवृत्तिलाई स्थानीय तहका पदाधिकारीले निरन्तरता दिएको […]
आउँदो चुनावका लागि आयोगले सरकारसँग १० अर्ब रुपैयाँ माग्यो
काठमाडौँ – निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि सरकारसँग १० अर्ब रुपैयाँ बजेट मागेको छ । चुनावका लागि झन्डै १० अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको र स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । आयोगले जनशक्ति व्यवस्थापन निर्देशिका २०७९ स्वीकृत गरेको […]
चेल्सी लिड्ससँग ३–० ले पराजित, ब्राइटनले वेस्ट ह्यामलाई हरायो
काठमाडौँ – इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) मा चेल्सी लिड्स युनाइटेडसँग फराकिलो अन्तरले पराजित भएको छ । इल्यान्ड रोड स्टेडियममा भर्खरै सकिएको खेलमा चेल्सी लिड्ससँग तीन–शून्यले पराजित भएको हो । लिड्सको जितमा ब्रेन्डेन आरोनसनले खेलको ३३ औँ मिनेटमा, रोड्रिगो मोरेनोले ३७ औँ र ज्याक ह्यारिसनले ६९ औँ मिनेटमा गोल गरे । यो हारसँगै चेल्सी अङ्क तालिकाको […]
प्रदीप गिरिलाई श्रद्धाञ्जली दिन देउवा र ओली पुगे पशुपति आर्यघाट
काठमाडौं – कांग्रेसका दिवंगत नेता प्रदीप गिरीलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री शेरबहादुर देउवा र प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पशुपति आर्यघाट पुगेका छन् । अन्त्येष्टिका लागि चितामाथि राखिएको गिरीको पार्थिव शरीरलाई फूल चढाएर उनीहरूले अन्तिम बिदाई गरे । शनिबार राति निधन भएका गिरीको अहिले पशुपति आर्यघाटनमा दाहसंस्कारको काम भइरहेको छ । गिरीलाई श्रद्धाञ्जली दिन […]
भारतले गण्डक नहरमा सम्भौताअनुसार पानी नछोड्दा कृषक मारमा
काठमाडौँ – छिमेकी देश भारतले गण्डक नहरमा सम्भौताअनुसार पर्याप्त पानी नछोड्दा नहरको पानी वितरणमा समस्या भएको छ । भारतले हाल नहरमा ४ सयदेखि ४ सय ५० क्युसेकसम्म मात्र पानी पठाइरहेको छ । जसका कारण सिंचाइ हुन नसक्दा धानखेत पटपटी फुदन थालेको र धानबाली सुकेको किसानले दुखेसो पोखेका छन्। मागअनुरूप सिंचाइका लागि पानी वितरण गर्न नसकिएको […]



