Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026

पत्रपत्रिका

नेपाल प्रवेश गर्ने नाकामा एन्टिजेन किटको अभाव, भारतबाट भित्रिएका सोझै गाउँमा

१९ बैशाख, काठमाडौँ – भारतमा देखिएको कोरोना कहरका कारण रोजगारीको सिलसिलामा त्यहाँ रहेका नेपालीहरु यतिबेला धमाधम घर फर्किरहेका छन् । भारतबाट नेपाल प्रवेश सुदूरपश्चिम प्रदेशका नाकाबाट फर्किने नेपालीहरूको संख्या बढिरहेका बेला कोरोना परीक्षणको लागि प्रयोग गरिँदै आएको एन्टिजेन किटको अभाव भएको छ । किट अभावमा भारतबाट फर्किएकाहरूको परीक्षण गर्न समस्या भएको छ । किट अभावका […]

वस्तु विनिमय बजारसम्बन्धी निर्देशिका संशोधन गरिँदै

१९ बैशाख, काठमाडौँ – दुई पटकसम्म वस्तु विनिमय बजार (कमोडिटी एक्सचेन्ज) कम्पनीका लागि अनुमति दिन आवेदन खुला गरेर खारेज गरेको नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अहिले नीतिगत व्यवस्थालाई संशोधन गर्न थालेको छ । बोर्डले कम्पनीहरूको प्रकृतिअनुसार चुक्तापूँजीको सीमा, योजना, आवेदन प्रक्रिया र सैद्धान्तिक अनुमतिपत्र (एलओआई) दिने प्रक्रियासहित ‘वस्तुविनिमय बजार सञ्चालन गर्न अनुमतिपत्र प्रदान गर्ने नीतिगत एवं […]

कोरोना बीमा पोलेसि असार पछि बन्द हुने

१८ बैशाख काठमाडौँ – कोरोना बीमा पोलेसी असार महिना पछि बन्द हुने बीमा समितिले बताएको छ । अहिले बीमा गरेको हकमा पनि असारसम्म मात्रै लागु हुने बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । बीमा समितिले असार पछि यो पोलेसी बिक्री गर्न नपाउने बताएको हो । अहिले कोरोना बीमा गरे तापनि असार […]

सरकारकै लापरबाहीले संक्रमण फैलियो : कांग्रेस

१८ बैशाख, काठमाडौँ – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारको गम्भीर लापरबाहीका कारण मुलुकमा कोरोना भाइरसको संक्रमण उच्च बन्न पुगेको जनाएको छ। सभापति शेरबहादुर देउवाले शुक्रबार आफ्नै निवास बुढानीलकण्ठमा पत्रकार सम्मेलन गर्दै संक्रमण घटाउन र रोगबाट जनतालाई जोगाउन लाग्नुपर्ने सरकार नै उद्घाटन र भीडभाड जम्मा गर्न सक्रिय हुँदा अहिलेको अवस्था आएको दाबी गरे। अत्यन्त कम पिसिआर […]

कोरोनाले रोजगारी खोसिने चिन्ता

१८ बैशाख, काठमाडौँ – आज शनिबार मे १ तारिख अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस । कोरोना भाइरसको नयाँ भेरियन्टका कारण १३२औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस यस वर्ष नेपालसहित विश्वका धेरै देशमा प्रभावित बनेको छ । त्यसो त १३१औँ श्रमिक दिवसमा पनि कोरोनाकै कारण औपचारिक कार्यक्रम गरिएको थिएन । नेपालमा यो वर्षको दिवस ‘कोरोना महामारीबाट बचौँ, बचाऔँ, मर्यादित […]

कोरोनाले स्वास्थ्य प्रणाली थेग्नै हम्मेहम्मे

१८ बैशाख, काठमाडौँ – देशभर दैनिक कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि गम्भीर प्रकृतिका संक्रमितले शय्या पाउन हम्मेहम्मे पर्दै गएको छ । अहिले देशभरका अधिकांश अस्पताल भरिभराउ छन् । देशभर ४ सय ४६ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आईसीयू र भेन्टिलेटरमा उपचाररत रहेका छन् । ३ सय ३१ जना आईसीयू र १ सय १५ जनाको […]

निषेधाज्ञा पनि काठमाडौं उपत्यकामा ३० हजार गाडी भित्रिए

१७ बैशाख, काठमाडौँ – बिहीबार साँझसम्म काठमाडौं उपत्यकाबाट ७० हजार गाडी बाहिरिएको छ भने ३० हजार गाडी भित्रिएको छन् । निषेधाज्ञा जारी भएको पहिलो दिन बिहीबार साभा दुइ लाख मानिस उपत्यकाबाट बाहिरिएका छन् भने भित्रिनेको संख्या ७० हजारमात्र रहेको ट्राफिक प्रहरीका प्रवक्ता (एसएसपी) श्यामकृष्ण आधिकारीले जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो,“ दुई हजार ३९ वटा […]

फुटको सँघारमा जसपा, एकअर्काको निर्णय नै मान्दैनन्

१७ बैशाख, काठमाडौ – जनता समाजवादी पार्टी (जसपा) फुट सँघारमा पुगेको छ । दुई ध्रवमा विभाजित जसपा नेता एकअर्काको निर्णय मान्न तयार नहुँदा पार्टी फुटनजिक पुगेको हो । हालै लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेललाई समर्थन गरेपछि ‘प्रदेशमा मन्त्री भएकालाई कारबाही गरिएको’ जसपाले जनाएको छ । तर, पुनः अर्को पत्रमा ‘कसैलाई पनि कारबाही नगरिएको’ उल्लेख छ […]

थप अक्सिजन सिलिन्डर ल्याउन ‘एयर लिफ्ट’ गर्नुपर्ने सुझाव

१७ बैशाख,काठमाडौँ – कोरोना सङ्क्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिरहँदा यतिबेला सङ्क्रमितका लागि अक्सिजनको प्रयोग भने असामान्य रूपमा बढेको छ । सामान्य दिनमा एउटा अस्पतालबाट दैनिक औसत डेढ दर्जन अक्सिजन सिलिन्डरको माग हुने गरेकोमा अहिले दुई सयवटासम्म सिलिन्डरको माग आउन थालेको अक्सिजन उत्पादकहरू बताउँछन् । यस्तो परिस्थितिमा नेपालमा उपलब्ध प्रायः सबै सिलिन्डर प्रयोगमा आइसकेकाले थप […]

हट्यो खुल्लामञ्चको बसपार्क

१७ बैशख , काठमाडौँ – काठमाडौंको मध्यभागमा अवस्थित खुल्लामञ्चभित्रको बसपार्क हटेको छ । काठमाडौं महानगरपालिकाले खुल्लामञ्चमा रहेको सिटी बसपार्क हटाएको हो । बसपार्क हटेसँगै अब खुल्लामञ्चलाई पुरानै अवस्थामा फर्काइने महानगरपालिकाले जनाएको छ । खुल्लामञ्चको बसपार्क हटाइएसँगै अब खुल्लामञ्च प्रयोग गर्दै आएका छोटो दूरीका बसलाई पिक एन्ड ड्रप प्रणाली लागू गरिने भएको छ भने मध्यम दूरीका […]