Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026

पत्रपत्रिका

राजालाई ‘श्री ५’ कै रुपमा निम्ता

२५ चैत्र, काठमाडौँ – विश्वप्रसिद्ध धार्मिकस्थल भारतको हरिद्वारका आचार्य महामण्डललेश्वरको निमन्त्रणामा पूर्व श्री ५ महाराजधिराज ज्ञानेन्द्र चैत २६ गते बिहीबार भारत प्रस्थटान गर्ने भएका छन् । हरिद्वारका बाह्रवर्षे महाकुम्भ मेलामा अति विशिष्ट अतिथिका रुपमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन् । गत शिवरात्रिका अवसरमा पहलिो मेला सम्पन्न भएको थियो चैत ३० गते आयोजना हुने […]

परिवार र समाजका लागि १४ वर्षमै विवाह : छोरा जन्माउनुपर्ने दबाब, चौथौँ सन्तान जन्माउँदा मृत्यु

२४ चैत्र, काठमाडौँ – ५ कक्षा पढ्दै थिइन्। उमेर १४ वर्ष मात्र पुगेको थियो। हुम्लाको सर्केगाड गाउँपालिका–३ उनापानीकी सरस्वती दमाईले आफ्नै गाउँका १६ वर्षीय दलजित परियारसँग बिहे गरिन्। विवाह भएको एक वर्षपछि आमा बनिन्। छोराकोआसमा सरस्वतीले२० वर्षको उमेरसम्म तीन छोरी जन्माइसकेकी थिइन्। चौथो सन्तान छोरा नै जन्माउनुपर्ने बोझ थपियो। तर तीन वर्षअघि सुत्केरी हुने क्रममा […]

कोरोना खोपपछि १० जनाको मृत्यु भएपछि कारण खोज्दै सरकार

२२ चैत्र, काठमाडौँ – कोरोनाविरुद्धको खोप लगाएका जेष्ठ नागरिकहरूमध्ये १० जनाको मृत्यु भएपछि मृत्युका कारण पत्ता लगाउन सरकारले अनुसन्धान शुरु गरेको छ । म्यादी, कालिकोट, रौतहट, धनुषा, काठमाडौंलगायतका जिल्लाका १० जना जेष्ठ नागरिकको खोप लगाएको केही दिनमा मृत्यु भएको जानकारी स्वास्थ्य मन्त्रालयमा आएपछि सरकारले अनुसन्धान शुरु गरेको हो । खोपपश्चात् हुने अवाञ्छित घटनाको कमिटीका अनुसन्धान […]

दैनिक २० घण्टा लोडसेडिङको मार खेप्दै हुम्लाबासी

२२ चैत्र, काठमाडौँ – सरकारले काठमाडौँमा लोडसेडिङमुक्त भएको घोषणा गरे पनि हुम्लावासीले भने दैनिक २० घण्टासम्मको लोडसेडिङको मार खेप्दै आएका छन् । जिल्लामा सञ्चालित हिल्दुम साना जलविद्युत् आयोजनामा पानी कम भएका कारण विद्युत उत्पादन घटेकाले दैनिक २० घण्टासम्म लोडसेडिङ खेप्नुपरेको उद्योग वाणिज्य सङ्घका अध्यक्ष नाम्ग्याल तामाङले बताए । “लामो समयसम्म लोडसेडिङ हुन थालेपछि जिल्लामा सञ्चालित […]

ओलीविरुद्ध शक्ति संगठित गर्दै खनाल–नेपाल समूह

२० चैत काठमाडौँ-प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले नेताहरूमाथि कारबाहीको प्रक्रिया सुरु गरे पछि एमालेको झलनाथ खनाल– माधवकुमार नेपाल समूहले पार्टीका समानान्तर कमिटीहरू गठन गर्दै आफ्नो शक्ति संगठित गर्न थालेको छ । नेता नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि अध्यक्ष ओलीले पार्टी सदस्यबाट समेत निलम्बन गरेपछि खनाल–नेपाल समूहले मुलुकभर समानान्तर […]

मनमौजी आदेश : न्यायमूर्तिहरु संविधान र कानुनको लिकबाहिर

२० चैत काठमाडौँ – सर्वोच्च अदालतले बिहीबार मात्रै चर्चित दुई मुद्दामा ‘विवादास्पद’ निर्णय गरेको छ । न्यायिक नेतृत्वले कतिपय चासो र रुचिका मुद्दामा आफूअनुकूल इजलास गठन गरी न्याय निरूपण गराएको भन्दै आरोप लागिरहेका बेला नेकपा विघटन र न्यायाधीश नियुक्तिको विवादमा त्यस्तै शैलीमा न्याय निरूपण गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको तीन सदस्यीय पूर्ण इजलासले […]

हडपिएको २३ रोपनी सरकारी जग्गा एक महिनाभित्रै फिर्ता ल्याइने

२० चैत्र काठमाडौँ – काठमाडौंको बानेश्वर तथा अनामनगर क्षेत्रको धोबीखोलामा विभिन्न व्यक्तिद्वारा हडपिएको २३ रोपनी सरकारी जग्गा एक महिनाभित्रै सरकारको नाममा ल्याइने भएको छ । भूमिव्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले विभिन्न व्यक्तिबाट हडपिएका ती जग्गा सरकारको नाममा ल्याउने प्रक्रिया सुरु गरेको हो । मन्त्रालयका सचिव टेकनारायण पाण्डेले हडपिएका सरकारी जग्गा वैशाख महिनाभित्रै फिर्ता गर्नेगरी […]

कार्यान्वयन हुन सक्ने बजेटमात्रै प्रस्ताव गर्न निर्देशन

२० चैत्र काठमाडौँ – पूर्वतयारी विनै दबाब र प्रभावका आधारमा वार्षिक कार्यक्रम बजेटमा राख्न हतार गर्ने र आर्थिक वर्षको अन्त्यतिर मन्त्रालयहरूले बजेट फिर्ता गर्ने परीपाटी बढेपछि अर्थ मन्त्रालयले कार्यान्वयन हुनसक्ने बजेटमात्रै प्रस्ताव गर्न सचेत पारेको छ । चैतसम्म पनि पूर्वतयारीको काम पूरा गर्न नसकेका आयोजनाको बजेट फिर्ता हुन्छ । पछिल्ला वर्षहरूमा बजेट नै खर्च नगर्ने […]

नेपाल समूहमाथि ओली झनै आक्रामक

२० चैत काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली वरिष्ठ नेता माधवकुमार नेपाल समूहप्रति आक्रमकरूपमा अगाडि बढेका छन् । पार्टी नीतिविपरीत गतिविधि गरेको भन्दै लिखित स्पष्टीकरण सोध्दै नेपाल समूहमाथि धमाधम कारबाहीको प्रक्रिया शुरु गरेका छन् । वरिष्ठ नेता नेपाल र उपाध्यक्ष भीम रावलमाथि कारबाही गरेको तीन दिनपछि पुनः लिखित स्पष्टीकरण चित्तबुझ्दो नभएको […]

कालीमाटीमा किसानले आफ्नो उत्पादन सिधै होलसेल व्यवसायीलाई बेच्न सक्ने

२० चैत काठमाडौँ – कालीमाटी तरकारी बजारमा बिचौलियाको बिगबिगी नौलो होइन । बिचौलियाकै कारण किसानले मूल्य नपाउने र उपभोक्ताले महँगोमा तरकारी किन्नु परिरहेको छ । उपभोक्ता र किसानबीचको यही दूरी तह घटाउन सरकारले छुट्टै ‘होल्डिङ यार्ड’ ९स्टल० सञ्चालनमा ल्याएको छ । स्टलबाट व्यावसायिक किसानले आफ्नो उत्पादन सिधै होलसेल व्यवसायीलाई बिक्री गर्न सक्छन् । जसले गर्दा […]