Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026

पत्रपत्रिका

३० वटा विद्युतीय बस खरिद गर्दै बागमती प्रदेश सरकार

२० चैत काठमाडौँ – बागमती प्रदेश सरकारले बहुप्रतिक्षित विद्युतीय बस खरिद प्रक्रिया सुरु गरेको छ । बागमती प्रदेश सरकारअन्तर्गतको प्रदेश यातायात सञ्चालन तथा व्यवस्थापन बोर्डले विद्युतीय बस तथा विद्युतीय सवारी साधन चार्जर खरिद गर्न अन्तर्राष्ट्रिय स्तरमा बोलपत्र आह्वान गरेको हो । वातावरणमैत्री विद्युतीय बस खरिद प्रक्रिया चालू आर्थिक वर्षमा सुरु गरी आगामी वर्षको पुस–माघमा बस […]

वर्षाले प्रदूषणमा सुधार तर अझै अस्वस्थकर

२० चैत काठमाडौँ – झण्डै एक साता धुवाँ र धुलोको तुवाँलोले ढाकिएको राजधानीले बुधबारको वर्षासँगै केही राहत पाएको छ । जनस्वास्थ्यका लागि घातक मानिने स्तरमा उक्लेको प्रदूषणको पारो घटेको छ । तर पनि वायु प्रदूषण अस्वस्थकर तहमै रहेको छ । राजधानीको भैँसेपाटीमा गत साता वायु प्रदूषण सूचकांक ४ सयमाथि उक्लेकोमा बिहीबार दिउँसो राजधानीका विभिन्न स्थानमा […]

एमाले–जसपा वार्ताः एउटा मागमा सहमति, नेताहरु भन्छन्, ‘कुरा सकारात्मक छ’

२० चैत काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार सुरक्षित राख्न जनता समाजवादी पार्टी (जसपा)  सँग वार्ता जारी राखेका छन् । सत्ता साझेदारीका लागि जसपाले राखेका माग पूरा गर्न सरकार र जसपा संयुक्त कार्यदलको बैठक बुधबार बसेको थियो । जसपा नेता एवम् कार्यदलका सदस्य लक्ष्मणलाल कर्णका अनुसार बैठकमा माग कसरी सम्बोधन गर्ने भन्ने विषयमा […]

भारतको राजस्थानबाट धुलोसहितको प्रदूषित वायु नेपाल भित्रियो

१९ चैत्र काठमाडौँ – बुधबार बिहान आकाश खुलेपछि प्रदूषण घट्ने आशा पलाएको थियो तर अपराह्नतिरबाटै फेरि तुवाँलो बढेको छ । यो अवस्था अझै केही दिन रहने मौसमविद्ले जनाएका छन् । भारतको राजस्थानबाट धुलो सहितको प्रदूषित वायु नेपाल भित्रिसकेकाले बिहीबार देखि काठमाडौँसहित विभिन्न क्षेत्रको जनजीवन थप प्रभावित हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । डढेलो पूरै […]

वर्षाले प्रदूषणबाट राहत

१९ चैत्र काठमाडौँ – काठमाडौँ उपत्यकासहित अधिकांश भेगमा वातावरण प्रदूषणबाट प्रभावित नागरिकलाई पानी परेपछि राहत मिलेको छ । भूमध्य र अरब सागरको पश्चिमी वायु र बंगालको खाडीमा विकास भएको न्यूनचापीय क्षेत्रको प्रभावले बुधबार विभिन्न ठाउँमा वर्षा भई वायु गुणस्तरमा सुधार भएको छ । काठमाडौँ उपत्यका र आसपास, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भेगमा […]

सीमामा भारतीयको बलमिचाइँः भारतीयले नेपाली भूमि प्रयोग गर्दै

१९ चैत्र काठमाडौँ – वारिपारि खेत छन्, खोलानाला र बाटो मात्रै होइन कतिपय ठाउँ दशगजामै मान्छेले बसोबास गरेको झुप्रा पनि छन्। नेपाल–भारत सीमाका धेरै ठाउँमा दशगजा कहाँ छ भनेर पत्ता लगाउन नै गाह्रो पर्ने अवस्था छ । प्रदेश २ का आठवटै जिल्ला भारतसँग सीमा जोडिएका छन् । सशस्त्र प्रहरीले गरेको सर्वेक्षणका अनुसार प्रदेश २ का […]

कोरोनाको ‘हटस्पट’ बन्दै विद्यालय

१९ चैत्र काठमाडौं – कोरोना भाइरसको संक्रमणको ‘हटस्पट’ का रुपमा स्कुल कलेज देखिन थालेका छन् । पोखरा लामाचौरस्थित पश्चिमाञ्चल क्याम्पसमा हालै चार दिनमा ७० विद्यार्थीमा कोरोना देखिएको छ । इन्जिनियरिङको स्नातक तहको पहिलो, दोस्रो र तेस्रो वर्षका परीक्षा स्थगन गरिएको छ । यस्तै, भक्तपुरस्थित वीरेन्द्र सैनिक आवासीय महाविद्यालयका १० विद्यार्थीलाई पनि कोरोना संक्रमण भएको छ […]

दोस्रो चरणको सम्भाबित लहर, एक सातामा ४० प्रतिशतले सङ्क्रमण वृद्धि

१९ चैत्र काठमाडौं – नेपालमा कोरोनाभाइरसको दोस्रो चरणको लहर आउने सम्भाबना देखिएको छ । पछिल्लो एक सातामा कोरोनाभाइरसका नयाँ थपिने सङ्क्रमित ४० प्रतिशतले वृद्धि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छिमेकी राष्ट्रमा कोरोना सङ्क्रमण वृद्धि हुँदा त्यसको असर नेपालमा परेको जनाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका चिकित्सक डा। बिराज कर्माचार्यका अनुसार पछिल्लो […]

उपत्यका भित्रने माथि कडाई गरिदै, छिर्नुअघि नाकामा स्वास्थ्य जाँच

१९ चैत्र काठमाडौं – कोरोना संक्रमण जोेखिमलाई मध्यनजर गर्दै काठमाडौं उपत्यका छिर्ने व्यक्तिमाथि नाकामा ज्वरो नाप्ने काम अगाडि बढाइएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले नाकामा ज्वरो आएको वा कोरोनाको लक्षण शंका देखिएका मानिस माथि ज्वरो नाप्ने काम भइरहेको गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । चार दिन अघि देखि ‘नाकामा रहेका हेल्थ डेस्कमा जनस्वास्थ्य […]

हानिकारक हुनसक्छ बालबालिकाको मेकअप

१९ चैत्र काठमाडौंँ – छोराछोरीहरू शृङ्गार (मेकअप) गरी टिकटक बनाउने बानी त परेको छैन रु त्यसो भए त्यो बानी हटाउनु राम्रो हुनेछ । अभिभावकले बालबालिकालाई शृङ्गार गरी दैनिक जसो टिकटक तयार पार्ने गरेका छन् । जसका कारण उनीहरूको छालासम्बन्धी विभिन्न रोग आउने तथा आत्मविश्वास हराउने विशेषज्ञहरूको चेतावनी छ । पार्वती कार्की टिकटककी पारखी हुनुहुन्छ । उहाँले बन्दाबन्दीको समयमा आफ्नो […]