विश्व
विमान दुर्घटना हुँदा ४० फिट अग्लो रुखको बीचमा फसे पाइलट, बच्यो ज्यान !
एजेन्सी – बेलायतबाट एउटा अचम्मको घटना बाहिर आएको छ । यो घटना विमान दुर्घटनापछि पाइलट श्रीमान श्रीमती दुबैको ज्यान जोगिएको घटना हो छ । विशेष कुरा के छ भने दुवै जना ४० फिट अग्लो रुखको बीचमा फसेका थिए । यो दुर्घटनामा कसैको मृत्यु भएको छैन । तर, उद्धार कार्य लामो समयसम्म चलेको थियो । केन्टको […]
उत्तर कोरियाले प्रहार गरेको क्षेप्यास्त्रले जापानी क्षेत्र पार गर्यो, नागरिकलाई घरभित्रै बस्न आग्रह
काठमाडाैँ – उत्तर कोरियाले ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । क्षेप्यास्त्रले प्रशान्त महासागरतर्फ जापानको क्षेत्र पार गरिसकेको जापान सरकारले जनाएको छ । बिहीबार जारी गरिएको जे–अलर्ट आपतकालीन प्रसारण प्रणालीअनुसार जापानको सरकारले उत्तर कोरियाको क्षेप्यास्त्र प्रक्षेपणपछि मियागी, यामागाटा र निगाटा प्रान्तका बासिन्दाहरूलाई घर भित्र शरण लिन आग्रह गरिएको छ । बुधबार उत्र कोरियाले आफ्नो भूभागमा १० […]
नीलो टिकसहितको ट्वीटर अकाउण्ट चलाउनेहरुले मासिक आठ डलर तिर्नुपर्ने
काठमाडौं – सामाजिक सञ्जाल ट्वीटरका नयाँ मालिक एलन मस्कले निलो टिकसहितको प्रमाणित ट्वीटर अकाउन्ट हुनेहरुलाई मासिक ८ डलरको शुल्क लगाउने घोषणा गर्नुभएको छ । गत साता ट्वीटरको पूर्ण स्वामित्व लिएका मस्कले नक्कली अकाउन्टहरु नियन्त्रण गर्नका लागि यो कदम आवश्यक रहेको तर्क गर्नुभएको छ । शुल्क तिर्ने सेवाग्राहीलाई सेवामा पनि प्राथमिकता हुने पनि उहाँको भनाइ छ […]
युक्रेनद्वारा खर्सोन क्षेत्रमा १ हजार रुसी सेना मारिएको दाबी
काठमाडौं – युक्रेनले खर्सोन क्षेत्रमा १ हजार रुसी सेना मारिएको दाबी गरेको छ । पछिल्लो समय खर्सोन क्षेत्रमा रुसी र युक्रेनी सेनाबीच भीषण भिडन्त जारी छ । भिडन्तकै क्रममा १ हजार रुसी सैनिक मारिएको दाबी युक्रेनले गरेको हो । युक्रेनका प्रहरी प्रमुख इहोर क्लायमेकले खर्सोनमा हजार भन्दा बढी रुसी सेना मारिएको र रुसी सेनाहरू हातहतियार […]
छठ पूजामा पुल भत्किदा ९० जनाको मृत्यु
अहमदाबाद – गुजरातको मोरबीमा रहेको एउटा पुल भत्किँदा कम्तिमा ९० जनाको मृत्यु भएको छ। आइतबार छठको समयमा मानिसको ठूलो समूह जम्मा भइरहेका बेला पुल भत्किएको थियो। ब्रिटिशकालीन उक्त पुल पुनःनिर्माणको एक सातापछि भत्किएको थियो। क्षमताभन्दा बढी मानिस रहेका कारण पुल भत्किएको प्रारम्भिक अनुमान गरिएको छ। यस विषयमा छानबिन गर्न विशेष टोली गठन गरिएको छ। अहमदाबादबाट […]
इरानमा अतिवादी हमला, कम्तीमा १२ जनाको मृत्यु
एजेन्सी – इरानको दक्षिणी सहर सिराजमा भएको अतिवादी हमलामा परी कम्तीमा पनि १२ जनाको ज्यान गएको छ । बुधबार उक्त सहरको एक धार्मिकस्थलमा अतिवादीले विस्फोट गराउदा १२ जनाको मृत्यु भएको र २० जना घाइते भएका सरकारले जनाएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । मारिनेमा एकजना महिला र अरु दुई बालबालिका छन् । सो […]
युक्रेनमा ऊर्जालक्षित रूसी मिसाइल आक्रमण, १५ लाख परिवार बिजुलीविहीन
एजेन्सी – रूसले युक्रेनको ऊर्जा ग्रिडलाई लक्षित गरी ‘नयाँ ठूलो स्ट्राइक’ सुरु गरेको छ । शनिबार राति भिडियो सन्देश जारी गर्दै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले मिसाइल आक्रमण गरेको बताएका छन् । राष्ट्रपति जेलेन्स्कीका अनुसार ऊर्जा क्षेत्रलाई दक्षित गरेर रूसले युक्रेनको ठूलो स्ट्राइक गरेको हो । रूसले युक्रेनको पश्चिम, मध्य, दक्षिण र पूर्व क्षेत्रमा रहेका […]
४५ दिनमै ढल्यो बेलायतको सरकार, प्रधानमन्त्रीद्वारा राजीनामा
काठमाडौं – बेलायतका प्रधानमन्त्री लिज ट्रसले पदबाट राजीनामा दिएका छन् । पदमा नियुक्त भएको ४५ दिनमै उनले राजीनामा दिएका हुन् । बिहीवार सम्बोधन गर्दै उनले आफ्नो जिम्मेवारी पूरा गर्न असमर्थ भएकाले राजीनामा दिन लागेको बताए । उनको स्थानमा ऋषि सुनाक प्रधानमन्त्री नियुक्त हुनसक्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ४५ दिनमा नै राजीनामा दिन बाध्य लिज […]
रुससँगको सम्बन्धलाई लिएर जर्मनीका साइबर सेक्युरिटी प्रमुख बर्खास्त
एजेन्सी – जर्मनीको साइबर सेक्युरिटी प्रमुखलाई आफूले स्थापना गरेको सहयोगी संस्थामार्फत रुससँग अत्यधिक नजिक भएको आरोप लागेपछि बर्खास्त गरिएको छ । अर्ने स्कोनबोमले सन् २०१६ देखि संघीय साइबर सेक्युरिटी अथोरिटी ९बीएसआई०को नेतृत्व गरेका थिए । जर्मन सञ्चारमाध्यमले उनीमाथि रुसी गुप्तचर सेवामा संलग्न व्यक्तिसँग सम्बन्ध रहेको आरोप लगाएका छन् । गृहमन्त्रालयले उनीमाथि लागेको आरोपको छानबिन गरिरहेको […]
दक्षिण सुडानमा बाढीबाट नौ लाख प्रभावित
एजेन्सी – दक्षिण सुडानमा बाढी पहिरोबाट नौ लाखभन्दा बढी व्यक्ति प्रभावित भएको पाइएको छ । देशका २९ इलाका बाढी पहिरोबाट बढी प्रभावित भएको सरकारी अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् । ती इलाकाहरू देशको अबेई प्रशासनिक क्षेत्रका रहेका छन् । संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको मानवीयता मामिला समन्वय कार्यालयले सार्वजनिक गरेको विवरणमा बाढीबाट प्रभावित भएकाहरुको अवस्था नाजुक रहेको […]



