विश्व
सीआईडीका इन्स्पेक्टर फ्रेडरिकको निधन
१९ मंसिर, काठमाडौँ-सोनी टिभीको चर्चित टिभी शो सीआईडीमा इन्स्पेक्टर फ्रेडरिकको भूमिका निभाएका अभिनेता दिनेश फडणीसको निधन भएको छ । यो कुराको पुष्टि दिनेशका साथी र को-स्टार दयानन्द शेट्टीले गरेका छन् । दयानन्द शेट्टीले सीआईडी शोमा इन्स्पेक्टर दयाको भूमिका निभाएका थिए । दयानन्दले भने, ‘दिनेश लामो समयदेखि बिरामी थिए । उनलाई हृदयाघात भएको थिएन । स्वास्थ्यमा […]
भारतको चन्द्रयान–३ चन्द्रमाको दक्षिण ध्रुवमा अवतरण
६ भदौ, काठमाडौँ – भारतको चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानुसार आज बुधबार बेलुका ६ः१९ बजे यानले चन्द्रमामा ‘सफ्ट–ल्याण्डिङ’ गरेको हो । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो)ले एक महिनाअघि यानलाई प्रक्षेपण गरेको थियो । अवतरणसँगै भारत चन्द्रमाको दक्षिण धुव्रमा यान अवतरण गराउने पहिलो र चन्द्रमाको सतहमा चन्द्रयान सफलतापूर्वक अवतरण गर्ने […]
रूसी आक्रमणपछि युक्रेनमा एक करोड मानिस बिजुलीको पहुँच बाहिर
काठमाडौं – रूसी आक्रमणपछि युक्रेनमा एक करोड मानिस बिजुलीको पहुँचभन्दा बाहिर पुगेका छन् । बिहीबार भएको आक्रमणमा परेर कम्तिमा सात जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । युक्रेनी सुरक्षा निकायका अनुसार रूसले ६ वटा क्रुज मिसाइल र पाँच वटा ड्रोन आक्रमण गरेको बीबीसीले जनाएको छ । आक्रमणबाट ग्यास उत्पादन प्लान्ट र मिसाइल […]
न्यान्सी पेलोसीद्वारा पद त्यागको घोषणा
काठमाडौं – अमेरिकका तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा डेमोक्र्याटको नेतृत्व गरेकी न्यान्सी पेलोसीले आफ्नो पद त्याग्ने घोषणा गरेकी छन्। रिब दुई दशकदेखि नेतृत्वमा रहेकी ८२ वर्षकी पेलोसीले आफ्नो पद त्याग्ने घोषणा गरेकी हुन्। अमेरिकी कङ्ग्रेसमा सबैभन्दा शक्तिशाली डेमोक्र्याट र सदनको सभामुखको रूपमा सेवा गर्ने पहिलो महिला हुन्। उनले क्यालिफोर्नियाको प्रतिनिधित्व भने जारी राख्नेछिन्। मध्यावधि चुनावपछि […]
भारतमा २ सय निलगाई र बँदेललाई गोली हानेर मारिंदै
काठमाडौं – भारतको बिहार राज्य अन्तर्गत दरभंगा विमानस्थल आसपासमा रहेका करिब २ सय निलगाई र बँदेलहरूलाई गोली हानेर मारिने भएको छ । निलगाई र बँदेलहरू बारम्बार विमानस्थलमा प्रवेश गरी आवतजावत गर्दा विमानस्थलमा दुर्घटनाको उच्च जोखिम रहेको छ । निलगाई र बँदेलहरुलाई बेहोस बनाएर अन्यत्र लैजाने प्रयास असफल भएपछि गोली हानीर मार्ने निर्णय त्यहाँका अधिकारीहरूले गरेका […]
सन् २०२४ को चुनावमा उठ्ने अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा
एजेन्सी – अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२४ को राष्ट्रपति चुनावमा उठ्ने घोषणा गर्नुभएको छ । अमेरिकालाई पुनः महान र गौरवशाली बनाउन राष्ट्रपतिमा उम्मेदवारी दिने घोषणा गरेको उहाँको भनाइ छ । रिपब्लिकन पार्टीबाट पूर्व राष्ट्रपति ट्रम्पले रुसले नेटोलाई आक्रमण गरिरहँदा वर्तमान राष्ट्रपति जो बाइडेन निदाइरहेको समेत आरोप लगाउनुभएको छ । ट्रम्पले आउँदो चुनावमा उम्मेदवारी […]
विश्वका कोरोना पुष्टि हुनेको संख्या ६४ करोड नाघ्यो
काठमाडौं – विश्वभर कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ६४ करोड नाघेको छ। अहिलेसम्म ६४ करोड ८ लाख ९१ हजारमा कोरोना पुष्टि भएको कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरले जनाएको छ। कोरोना पुष्टि भएकामध्ये ६२ करोड ५ लाख निको भएका छन् भने ६६ लाख १७ हजारको मृत्यु भएको छ। अहिलेसम्म २ सय २८ देशमा फैलिएको […]
युक्रेनी सीमा नजिकै मिसाइल आक्रमण, रुससँग क्षतिपूर्ति माग
काठमाडौं – युक्रेनी सीमा नजिकै मिसाइल खस्दा पोल्याण्डका दुई जनाको मृत्यु भएको छ। उनीहरूको मृत्युमा रूसी मिसाइल जिम्मेवार रहेको पोल्याण्ड सरकारलाई उद्धृत गर्दै समाचार संस्था एपीले खबर लेखेको छ। तर, रूसले भने यसमा आफू जिम्मेवार नरहेको दाबी गरेको छ। घटनाको अमेरिका, बेलायत, युक्रेन लगायतका विभिन्न देशले विरोध गरेका छन्। युक्रेन युद्धको क्षतिपूर्ति तिर्नुपर्ने अन्तर्राष्ट्रिय समुदायको […]
रुसी मुक्त शहर खेरसनको भ्रमण गरेपछि के भने जेलेन्स्कीले ?
एजेन्सी – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हालै रुसी मुक्त गरिएको खेरसन सहरको भ्रमण गरेका छन् । युक्रेनी सेना प्रवेश गरेको केही दिनपछि जेलेन्स्की सो क्षेत्रको भ्रमण गरेका हुन् । रुसी सेनाले गत शुक्रबार खेरसन क्षेत्र छोडेको थियो । जेलेन्स्कीले युक्रेनी सेनले खेरसन शहरलाई पुनः कब्जा गरेपछि रूसी कब्जाकर्ताहरूले सयौं नयाँ “युद्ध अपराध“ गरेको प्रमाण फेला […]
फिलिपिन्समा गोली चल्दा चार जनाको मृत्यु, एक घाइते
एजेन्सी – फिलिपिन्सको दक्षिणी बासिलान प्रान्तमा अज्ञात बन्दुकधारीले सुतिरहेका मानिसहरूमाथि गोली चलाउँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय समय अनुसार बिहान ५ बजे लमितान शहरमा गोली चलेको प्रहरीले जनाएको छ । आक्रमणमा विवाह मनाउन प्रयोग गरिएको अस्थायी मञ्चमा सुतिरहेका पीडितको घटनास्थलमै मृत्यु भएको हो । आक्रमणमा घाइते भएका अर्का एक जना उपचाररत […]


