Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

समाचार

आज असार १५ अर्थात् दही–चिउरा खाने दिन

१५ असार, काठमाडौँ – प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज खेतमा काम गरी दहीच्युरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्युरा खान्छन् । यसबेला दहीच्युराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दहीच्युरा खाने पर्वका रूपमा पनि […]

पार्टीको नेतृत्वबाट नेतृत्व छोडेको हो, राजनीति होइन : रविन्द्र मिश्र

१२ असार, काठमाडौँ – रविन्द्र मिश्रले आफूले राजनीति नछोडेको तर नेतृत्वबाट मात्र राजीनामा दिएको स्पष्ट पारेका छन् । उनले आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन्, ‘मेरो मौनताबाट कतिपय शुभेच्छुकहरूमा म कतै राजनीतिबाटै बाहिरिन लागेको हुँ कि भन्ने शंका उब्जिएको पाएँ। स्थानीय निर्वाचनमा पार्टीको निराशाजनक नतिजा आएपछि मैले पार्टीको नेतृत्वबाट मात्र राजीनामा दिएको हो ,राजनीतिबाट […]

सार्वजनिक यातायातको भाडा घट्यो

१२ असार, काठमाडौँ – पेट्रोलियम पदार्थको मूल्य घटाइएसँगै सार्वजनिक यातायातको भाडादर पनि घटाइएको छ । आज यातायात व्यवस्था विभागले अन्तर प्रदेश चल्ने यात्रुवाहक र मालवाहक सवारी साधनको भाडादर घटाएको हो । यात्रुवाहक सवारीमा ५.४१, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६.९७ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ७.६८ प्रतिशतले भाडा घटाइएको यातायात व्यवस्था विभागले […]

पहिरोका कारण काठमाडौं-मुग्लिन सडक अवरुद्ध

१२ असार, चितवन – चितवनको इच्छाकामना गाउँपालिका(४ नाग्दी खोला नजिक पहिरो झर्दा पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दिउँसो साढे १२ बजेतिर झरेको पहिरोका कारणले काठमाडौं(मुग्लिन सडकखण्डमा सवारी साधनको आवतजावत पूर्ण रुपमा बन्द भएको छ । मुग्लिनबाट काठमाडौंतर्फ तीन किलोमिटर अगाडि नाग्दी खोला नजिक झरेको पहिरो हटाउने काम भइरहेको जिल्ला […]

आजको मौसम : मेघगर्जन चट्याङसहित वर्षा

१२ असार, काठमाडौं – देशभरको मौसम सामान्यदेखि पुर्ण बदली रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली […]

फोहोर वर्गीकरण नगरे साउन १ देखि ५ सय जरिवाना

१२ असार , काठमाडौं – काठमाडौंबासीले आगामी साउन १ गतेदेखि फोहोर वर्गीकरण नगरी फोहोर विसर्जन गरे ५ सय रुपियाँसम्म जरिवाना तिर्नुपर्ने भएको छ । काठमाडौं महानगरपालिकाले घरमा उत्पादन भएको फोहोर भान्साबाटै छुट्याउन महानगरबासीलाई आग्रह गर्दै त्यसो नगरे कडाइका साथ कारबाही गर्ने चेतावनी दिएको छ । कामपाले साउनदेखि नियमित अनुगमन गर्ने जानकारी दिँदै कामपा वातावरण विभाग […]

निर्वाचनका लागि पैसा जोहो गर्ने मेसो : सरुवामा १५ लाखसम्मको बार्गेनिङ

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको नीजि सचिवालयका कर्मचारीमाथि सरुवाका लागि १५ लाखसम्मको ‘बार्गेनिङ’ गरेको आरोप लागेको छ । विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत सरुवाका लागि उनीहरुले १५ लाखसम्म माग गरेको आरोप मन्त्रालयकै कर्मचारीले लगाएका हुन् । मन्त्री सचिवालयका ती कर्मचारीले ‘मन्त्रीज्यूको पार्टीलाई चुनावी खर्च आवश्यक पर्ने’ भन्दै सरुवा माग्न आउनेसँग […]

भिसा र उडान टिकटका कारण नेपाली राष्ट्रिय क्रिकेट टोलीको क्यानडा भ्रमण अनिश्चित

१२ असार, काठमाडौँ – नेपालले आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्यान्डमा हुने श्रृङ्खला अघि गर्ने भनेको क्यानडा भ्रमण भिसा र उडान टिकटका कारण अनिश्चित भएको छ। कार्यतालिका अनुसार नेपाल आज क्यानडा भ्रमणमा निस्कने कार्यक्रम थियो । नेपालले क्यानडासँग दुई टी–२० र दुई एक दिवसीय अभ्यास खेल खेल्ने यसअघि नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको थियो […]

एमालेसँग वार्ताका लागि एसका दुई सर्त

१२ असार, काठमाडौँ – नेकपा एकीकृत समाजवादी (नेकपा एस)ले आगामी आम निर्वाचनमा गठबन्धनका लागि गठबन्धनबाहिर छलफल खुला राखेको बताएको छ। यससँगै उसले एमालेसँगको वार्ताका लागि दुई सर्त अघि सारेको छ। दस महिनाअघि एमालेबाट विभाजन भएको सो पार्टीले आफूहरूको अस्तित्व स्वीकार गर्नुपर्ने र संसद् विघटन बारेमा छलफल गर्न तयार हुनुपर्ने सर्त अघि सारेको हो। शनिबार बसेको […]

पेट्रोलियमको मूल्य घटाइयो, उपभोग्य वस्तुको मूल्यवृद्धि घट्नेमा शङ्का

१२ असार, काठमाडौँ – सरकारले पेट्रोलियम पदार्थमा लगाइँदै आएको कर कटाएर उपभोक्तालाई राहत दिएको छ । सरकारको निष्कर्ष पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका कारण बजार मूल्य बढेको भन्ने छ । कर कटाएर पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले बजार मूल्य अस्वाभाविक बढेकाले उपभोक्तालाई राहत […]