लाइफ इन्स्योरेन्स कर्पोरेशनको नयाँ लाभांश घोषणा
काठमाडौँ –लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले लाभांश दर परिमार्जन गरेको छ । यस अघि कम्पनीको साउन २४ गते बसेको संचालक समितिको बैठकले ३६ प्रतिशत बोनस र १.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।
तर कम्पनीले अहिले बिमा समितिले दिएको निर्देशन भन्दै ३ गुणा घटाएर नयाँ बोनस घोषणा गरेको छ । कम्पनीको कार्तिक १७ गते बसेको संचालक समितिको बैठकले गत बर्षको मुनाफाबाट लगानीकर्तालाई १२ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव बिमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुनेछ । हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब ३३ करोड ४६ लाख रहेकोमा प्रस्तावित बोनसपछि कम्पनीको चुक्ता पुंजी १ अर्ब ४९ करोड पुग्ने छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE