‘तपस्वी’ भनिएका रामबहादुर बम्जनको सिन्धुपाल्चोक बाँडेगाउँस्थित आश्रममा प्रहरीको छापा
काठ्माडौँ –‘तपस्वी’ भनिएका रामबहादुर बम्जनको सिन्धुपाल्चोकस्थित आश्रममा प्रहरीले छापा मारेको छ । जिल्ला अदालतबाट अनुमतिमा जिल्ला प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बमजनका चेलाहरु बस्दै आएको इन्द्रावती गाउँपालिका–६ बाँडेगाउँस्थित टोड्के जंगलमा रहेको आश्रममा फरेन्सिक विज्ञसहितको प्रहरी टोलीले छापा मारेर खोजतलास थालेको हो ।
प्रहरी बमजनका एकजना अनुयायीको हत्यापछि गाडिएको स्थानको खोजीमा छ । बमजनका अनुयायीमध्ये एक नुवाकोटका सञ्चलाल वाइबा बाँडेगाउँकै आश्रमबाट बेपत्ता भएको उजुरी परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो । रामबहादुर २०७१ असोज पहिलो सातादेखि ६ महिनासम्म बाँडेगाउँको आश्रममा बसेका थिए । सञ्चलालको सोही आश्रममा हत्या गरी गाडिएको अनुमानका आधारमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बमजनका अर्का अनुयायी सुरेश आले पनि यही आश्रमबाट हराएका थिए । त्यसैगरी आनीद्वय डोल्मो र चुन्मा पनि बाँडेगाउँकै आश्रमबाट बेपत्ता भएको उजुरीका आधारमा प्रहरीले खोजी थालेको हो । सबैभन्दा पहिले बाराको रतनपुरी जंगलमा तपस्यामा बसेका भनिएका बमजन सुरुबाटै विवादमा परेका थिए । उनीमाथि पुरुष अनुयायीलाई यातना र महिला अनुयायीलाई यौन हिंसा गरेको र ज्यानसम्म लिएको अभियोगसहितका उजुरी प्रहरीमा दर्ता भएका छन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE