Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026

राजदुत शेर्पा पुनः फर्किइन अष्ट्रेलिया

काठमाडौँ-एक महिनासम्ममा पनि आफ्नो विषयमा टुंगो नलागेपछि अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा पुनः अष्ट्रेलिया फर्किएकी छन । परराष्ट्र अधिकारीका अनुसार गत सोमबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग लामो छलफल पछि उनी मंगलबार अस्ट्रेलिया फर्किएकी हुन् । शेर्पा काममा फर्केकी हुन् वा यहाँको व्यवस्थापन मिलाउन आएकी हुन् त्यो स्पष्ट भने  भएको छैन । केही दिनअघि शेर्पालाई बर्खास्त गर्ने निर्णय मन्त्रिपरिषद्बाट भएको कुरा सार्वजनिक भएको थियो ।

हाल शेर्पालाई सन्चो नभएको भन्दै उहाँ क्यानबेरास्थित राजदूत निवासमा नै आराम गरिरहेको स्रोतले जनाएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले उनीबारे छिट्टै निर्णय हुने बताएका छन् । तर पछिल्लो भेटको विषयमा भने स्पष्ट नभएको परराष्ट्र स्रोतले जनाएको छ ।

नेपाल सरकारका प्रवक्ता एवंम सञ्चारतथा सुचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजदूत शेर्पालाई राजीनामा गर्न सुझाव दिएको जानकारी गराएका थिए ।

राजदूत शेर्पाले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गत सोमबार बालुवाटारमा भेटेकी थिइन् । भेटमा शेर्पालाई राजीनामा गर्न सुझाव दिईएको थियो ।

स्रोतका अनुसार उनले तत्कालै राजीनामा पत्र लेखेर बालुवाटारमा छाडेकी थिइन् । तर, शेर्पा आफैंले भने राजीनामा दिएको समाचारको खण्डन गर्दै आएकी थिइन् ।

सरकारका प्रवक्ता बाँस्कोटाले पत्रकार सम्मेलनमा शेर्पालाई राजीनामाका लागि सुझाव दिइएको बताएका थिए । राजदूत शेर्पा परराष्ट्र मन्त्रालयले सोधपुछका लागि बोलाएपछि मंसिर २२ गते काठमाडौं आएकी थिइन् ।

 

WRITE COMMENTS FOR THIS ARTICLE