Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

टेम्पोररी प्रोटेक्टेड स्टाटस विषयमा बृहत छलफल

टेक्सास – टेम्पोररी प्रोटेक्टेड स्टाटस (टिपिएस) पछिको विकल्पबारे सामुहिक अन्तरक्रिया सम्पन्न भएको छ । विकल्पवारेआप्रवासीहरुको अधिकारको पक्षमा काम गर्दै आएको अधिकार संस्था तथा नेपाली समाज टेक्सासले आइतबार सयुक्त रुपमा अर्विङ, टेक्सासमा  टेम्पोररी प्रोटेक्टेड स्टाटस (टिपिए)० पछिको विकल्पवारे सामुहिक अन्तरक्रिया कार्यक्रम गरेका हुन् ।

अमेरिका सरकारले नेपालमा भुकम्प गएको कारण दिएको टेम्पोररी प्रोक्टेटेड स्टाटसको अवधि जुन २४ मा सकिन लागेको सन्दर्भमा जुन २४  पछि के गर्न सकिन्छ भन्नेवारे छलफल गरी त्यसका लागि कसरी वकालत गर्ने सन्दर्भमा अन्तरक्रिया कार्यक्रम  आयोजना भएको थियो।

 

डा परशुराम दाहालको स्वागत मन्तब्यबाट सुरु भएको  सो   छलफलमा अधिकार संस्थाको नर्वदा क्षेत्री र प्राथना गुरुङले टिपिएसको बारेमा व्यापक प्रकाश पारेका थिए । भने नेपाली समाज टेक्सासका अध्यक्ष सुमन थापा, सोहि संस्थाका  महासचिब भक्त भण्डारी,  डा परशुराम दाहाल, र प्रयाश बास्तोलाले टिपिएस सम्बन्धमा विभिन्न प्रश्नहरु गरेका थिए । टिपिएस लागि सचेतना जगाउने उद्देश्यले  गरिएको सो अन्तरक्रिया  कार्यक्रमलार्इ अझै कसरी व्यापक बनाई  यसलाई कसरी सफल बनाउने विषयमा सम्पूर्ण कार्यक्रम केन्द्रित भएको थियो।

WRITE COMMENTS FOR THIS ARTICLE