सरसफाइ प्रति जागरूकता बढाउने उद्देश्य वास ओलम्पियाड तथा चित्रकला प्रतियोगिता सम्पन्न
काठमाडौं । विश्व पानी दिवसको अवसरमा विभिन्न संस्थाहरूको सह(आयोजनामा ९वास० ओलम्पियाड तथा चित्रकला प्रतियोगिता एकसाथ सम्पन्न भएको छ । युवा पुस्तालाई पानी, पानी बचावटको महत्त्व र हरेक व्यक्तिसँग सम्बन्धित सरसफाइ प्रति जागरूकता बढाउने उद्देश्यले आयोजित कार्यक्रममा विजेताहरूलाई पुरस्कृत गरिएको छ ।
वास ओलम्पियाडमा त्रिचन्द्र क्याम्पसका सुशान्त दाहालले प्रथम, अमृत साइन्स क्याम्पसकी मेलिना तामाङले द्वितीय र अमृत साइन्स क्याम्पसकै अनिल दमाई एवम् त्रिचन्द्र क्याम्पसका अलिसा ढुङ्गानाले तृतीय स्थान प्राप्त गरेका छन् । त्यसै गरी वास खुला चित्रकला प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने क्रमशः आस्था कर्माचार्य (त्रिचन्द्र क्याम्पस), किरण राणा (अमृत साइन्स क्याम्पस) र रोशिका अधिकारी दनुवार (त्रिचन्द्र क्याम्पस) लाई पनि पुरस्कृत गरिएको छ ।
प्रमुख अतिथि एवम् पूर्व मन्त्री गणेश शाहले विजयी विद्यार्थीहरूलाई पुरस्कार प्रदान गर्नुभएको छ। सहभागी विद्यार्थीहरूलाई उत्प्रेरणा प्रदान गर्दै शाहले युवाहरूले पानी बचावटमा नेतृत्व लिनुपर्ने बताउनु भएको छ। उक्त कार्यक्रमका सहभागीहरूलाई इन्जिनियर रामदीप साह, महिला नेत्री कल्याणी शाह, डा. गिता राजभण्डारी, इन्जिनियर राम रोहण पन्त, इन्जिनियर प्रोमिशा मिश्रले जल सम्पदा तथा सरसफाइका विविध पक्षमा अभिमुखीकरण प्रदान गर्नुभएको छ ।
त्यस अगाडी डा। किशोर राजभण्डारी र उहाँको टिमले वास ओलम्पियाडको परीक्षा सञ्चालन गरेर नतिजा प्रकाशन गरेको थियो। नक्साल स्थित बृहस्पति विद्या सदनको सभा कक्षमा आयोजित उक्त प्रतिस्पर्धामा विभिन्न कलेजका स्नातक तहका १६१ जना विद्यार्थीहरू सहभागी भएका थिए। ग्लोबल पिस फाउण्डेशन, स्मार्ट वास सोलुसनस्, नेपाल साइन्स ओलम्पियाड, इनभाइरोन्मेन्ट एण्ड कल्चर भोलुन्टेयर र सेवा नेपाल लगायतका संघ संस्थाहरूको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE