Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

के हो कम्मर दुखाई ?

बाग्मती – कम्मर दुखाई आफैमा रोग होइन । यो अरु कुनै रोगको लक्षण हो । प्रत्येक मानिसले कम्बर दुखाईको महसुस गरेको हुन्छ । अलि अलि दुखाई देखि जटिल दुखाई सम्मलाई कम्मर दुखाई भन्छौ । जसले पनि कम्मर दुखाईको महसुस गरीरहेका हुन्छौ । त्यसको कारणलाई हेर्दा नसाहरुको कारणले हड्डीको कारण कम्मरमा अलिकति स्टिप भए जस्तो हुने, बिहान उठ्न गाहे हुने र उठबस हुन गाहे हुनेलाई कम्मर दुखाई भनिन्छ । कम्मर दुखाईको चर्चा गर्दा कम्मरको बनावटलाई पनि हेर्नु पर्ने हुन्छ ।

कम्मरको चार ओटा भाग अलि विषेश रुपमा समावेश हुन्छ । सबै भन्दा मुख्य कुरा कम्मरको लागि मेरुदण्ड,दोस्रोमा साइडको मसल्सहरु टेन्डनहरु तेस्रोमा स्पाइनल कड र स्पाइनल नसाहरु र रगतका नलीहरु त्यसमध्ये पनि रगतलाई छोडेर हड्डी, मसल्स र नसाहरु र साइडको रगत सप्राई वा त्यसका पार्ट यी तिनओटा मध्ये कुनै पनि भागमा समस्या आयो भने कम्मर दुख्ने हुन्छ । जसलाई हामी कम्मर दुखाई भनिन्छ । यदि ब्याक पेन २देखी ३ दिन सम्म लगातार रुपमा भईराख्यो भने चिकित्सकको सल्लाह लिई हाल्नु पर्छ यसले सामान्यदेखी जटिल समस्या सम्म न्म्त्यिाउन सक्छ यसको कारण के हो भनेर पत्ता लगाउनु पर्ने हुन्छ ।

कारणहरु

पहिलो कारण भनेको रोगको हिसाब भन्दा पनि हाम्रो जिवन चक्र वा हाम्रो बसाई हिडाई सुताई अथवा हाम्रो ब्याड पोस्चर अथवा  बसाईको अवस्था नमिलेको कारण पनि कम्मर दुख्छ ।

– शारीरक व्यायामको कमीको कारण पनि कम्मर दुख्छ ।

– पछाडीको भागलाई धेरै प्रयोग गर्नले धेरै कम्मर दुख्ने हुन्छ ।

– मसल्सको कारण र अथवा मेकानिकल ब्याक पेनको कारण पनि कम्मर दुख्छ । कम्मर दुखाईको ७० प्रतिशत मसल्सको कारण ने हुन्छ । – हड्डी खिइने समस्यो यो समस्या प्राय सामान्यतया ४० वर्षको उमेर भन्दा पछाडी दुख्नु पर्ने हो तर आज भोली यो समस्या पनि युवा अवस्था देखी नै सुरु भईसकेको छ ।

– नसा च्यापिने समस्या दुई ओटा मेरुदण्डको बिचमा डिक्सले अलिकति सिफ्ट भएर साइटबाट निस्कने नवलाई च्यापिदा खेरी कम्मर दुख्ने हुन्छ । र त्यो कम्मर दुखाई खुट्टा सम्म पुग्ने हुन्छ ।

लक्षण 

– कम्मर दुखाई आफैमा लक्षण हो ।

– मसल्सको दुखाई छ भने त्यसको लक्षण चाहिँ पोजिसन परिवर्तन गर्दा दुख्ने । एताउता फर्किदा दुख्ने, बिहान,बेलुका उठ्दा बस्दा दुख्ने, अगाडी झुक्दा दुख्ने हुन्छ यदि मसल्सको कारण दुखाई भएको छ भने थाईको भाग सम्म पुग्छ त्यसको दुखाई ।

– हड्डीको कारण भयो भने पेन तलतिर सर्दैन तर पेन एउटै तरिकाले पेन हुन्छ ।

– नसाको कारणले पेन भयो भने हिप हुदैँ खुट्टा सम्म पुग्छ । प्राय जसो एकातिर मात्र दुख्छ ।

– रेफरल पेनहरु भयो भने चाहिँ संगसंगै अगाडी पट्टिबाटपछाडी पनि हुन्छ । दुबै तिर पनि हुन सक्छ ।

– कम्प्रिकेटेड भयो भने कुनै पनि मेडिसियनले छुदैन् ।

 

 

WRITE COMMENTS FOR THIS ARTICLE