Date
मङ्ल, बैशाख २२, २०८३
Tue, May 5, 2026

टी २० विश्वकप एसिया क्षेत्रीय छनोटको पहिलो खेलमा सिंगापुर विजयी

एजेसी-आजबाट सिंगापुरमा शुरु भएको आइसीसी टी–ट्वान्टी विश्वकप एसिया क्षेत्रीय छनोट खेलको पहिलो खेल सिंगापुरले जितेको छ । सिंगापुरले कतारलाई ३३ रनले पराजित गरेको हो । सिंगापुरले सात विकेट गुमाएर एक सय ८६ रनको लक्ष्य दिएको थियो । तर कतार २० ओभरमा नौ विकेट गुमाएर एक सय ५३ रनमा नै सिमित हुन पुग्यो । नेपालले भने मंगलबार कतार बिरुद्ध खेल्नेछ । नेपालले बुधबार मलेसिया, शनिवार कुवेत र आइतबार आयोजक सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल एसिया छनोटमा शीर्ष स्थानमा रहेर ग्लोबल क्वालिफायरको लागि छनोट हुने प्रयासमा छ । राउन्ड रोविन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष टोली अक्टोबरमा यूएईमा आयोजना हुने ग्लोबल क्वालिफायरमा छनोट हुनेछ । ग्लोबल क्वालिफायरमा १४ टोलीको सहभागिता रहनेछ त्यसमा शीर्ष ६ मा रहने टोलीले सन् दुई हजार २० मा अस्ट्रेलियामा आयोजना हुने टी ट्वान्टी विश्वकपमा सहभागी हुनेछन् ।

WRITE COMMENTS FOR THIS ARTICLE