Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

नेकपा स्थायी कमिटी बैठक स्थगित, तोकीएन अर्को मिती

काठमाडौँ-आज बिहान ११ बजे बस्ने भनिएकाय नेकपाको स्थायी कमिटी बैठक स्थगति भएको छ । उपत्यकामा फेरि कोरोना संक्रमण देखिएको र कतिपय स्थायी कमिटी सदस्यको कोरोना परीक्षण हुन बाँकी रहेकाले बैठक स्थगित गरिएको नेकपाका नेकपाले जनाएको छ ।
यसअघि वैशाख २५ गतेका लागि बोलाइएको स्थायी कमिटी बैठक पनि अघिल्लो दिन स्थगित गरिएको थियो । पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बैठकका एजेन्डाबारे सहमति नभएपछि बैठक स्थगीत गरिएको थियो । सरकारले दल विभाजन र संवैधानिक परिषद् सम्बन्धि दुई अध्यादेश ल्याएपछि नेकपामा विवाद बढेको थियो । विवाद बढेपछि अध्यक्ष दाहाल र बरिष्ठ नेता माधव नेपाल निकट २० स्थायी कमिटी सदस्यले बैठक बोलाउन लिखित माग गरेका छन् । यता अर्का अध्यक्ष केपी शर्मा ओली भने सकभर बैठक नगराउने पक्षमा छन् ।चौतर्फि विरोध भएपछि प्रधानमन्त्री ओलीले ल्याएका दुबै अध्यादेश फिर्ता लिएका थिए, यदपी पार्टी भित्र यो कुराले निकै ठुलो मतभेद सृजनाएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए । अब अर्को बैठक कहिले बस्छ मिती तय गरिएको छैन् ।

WRITE COMMENTS FOR THIS ARTICLE