काठमाडौं उपत्यकामा बुधबार १ सय ३८ संक्रमित थपिए
२८ श्रावन,
काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय ३८ संक्रमित फेला परेका छन् । यो अहिलेसम्म काठमाडौं उपत्यकामा एकै दिन फेला परेको सबैभन्दा बढी संख्या हो ।यस अघि हिजो मंगलबार १ सय ३८ जनामा संक्रमणको पुष्टि भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ३८ संक्रमित थपिएका हुन् ।
जसमध्ये काठमााडौंमा मात्र १ सय ९ संक्रमित थपिएका छन् भने ललितपुर २१ संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा ८ जना संक्रमित देखिएका छन् । योसंगै काठमाडौं उपत्यकामा संक्रमितको संख्या एक हजार ४ सय ५६ पुगेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE