प्रदर्शन नगरिदिनुस्, कार्यकारी निर्देशक नियुक्ति गर्ने अधिकार सरकारमा निहित छ : कुलमान घिसिङ
३ असोज
काठमाडौं – आफ्नो पक्षमा प्रदर्शन नगरिदिन नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आग्रह गर्नुभएको छ । चार बर्षै कार्यकाल पूरा गरेर केहिदिन अघि बिदाई हुनुभएपछि मुलुकभर घिसिङलाई सरकारले पुन सोहि स्थानमा नियुक्ति दिनुपर्ने भन्दै प्रदर्शन भइरहेको छ । सो बिषयमा ध्यानाकर्षण भएको भन्दै घिसिङले एक बिज्ञप्ति जारी गर्दै प्रदर्शन नगरिदिन सबैमा आग्रह गर्नुभएको हो ।
बिज्ञप्तिमा उहाँले भन्नुभएको छ ‘विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९का कारण नेपाल पनि आक्रान्त भएको बेला मलाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिनु पर्ने माग राखि महामारीको संवेदनशील अवस्थामा सडकमा भीडभाड गरी प्रदर्शन नगरिदिनुहुन सबैलाई हार्दिक अनुरोध गर्दछु ।
नेपाल सरकारले मलाई नियुक्ति गर्दा दिएको जिम्मेवारी मैले सफलतापूर्वक सम्पन्न गरी ४ बर्षे कार्यकाल पूरा गरेको छु । प्रधिकरणको कार्यकारी नेतृत्वको निरन्तरता बारे परिवर्तन नियमित एवम स्वभाविक प्रकृया भएकाले यसलाई हामि सबैले आत्मसाथ गर्ने पर्छ । प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति गर्ने सम्पूर्ण अधिकार सरकारमा निहित भएकाले यस बिषयमा उपयुक्त समयमा आवश्यक निर्णय हुनेनैछ ।’

RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE