कुर्सी फुटाउने सांसदलाई कांग्रेसले कारवाही गर्ने
२० असोज
काठमाडौं – नेपाली कांग्रेसले प्रदेश ५ का सांसदहरुले गरेको कुर्सी तोडफोड पार्टीको नीति र संस्कृति विपरित भएको जनाएको छ। साथै कांग्रेसले कुर्सी तोडफोडमा संलग्न सांसदलाई कारवाही गर्ने संकेत गरेको छ।
प्रदेश ५ को प्रदेश सभा बैठकमा प्रदेशको नाम र राजधानीबारे प्रस्ताव पेश गर्ने क्रममा सोमबार प्रमुख प्रतिपक्षी दल कांग्रेस निकट सांसदहरुले कुर्सी तोडफोड गरेका थिए। उनीहरुले प्रदेश सरकारको विरोध गर्दै प्रदेश मन्त्रीलाई प्रस्ताव पेश गर्न रोष्ट्रम जाने क्रममा अवरोध प्रयाससमेत गरेका थिए। कांग्रेस सांसदको हर्कतको चौतर्फी आलोचना भएपछि पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले कुर्सी तोडफोड गर्ने कार्यलाई छिटपुट भनेर नछोप्ने स्पष्ट पारेका छन्।
‘संसदीय व्यवस्था कम्युनिस्टका लागि बाध्यताको, कांग्रेसका लागि रोजाईको पद्धति हो। यसलाई परिमार्जित र सुसंस्कृत बनाउँदै अघि बढ्ने कर्तव्य पनि हाम्रै हो,’ प्रवक्ता शर्माले भने, ‘अरुका गल्तीमा सच्याउँदै बढ्न प्रेरित गर्ने कांग्रेस आफ्नाको ‘छिटपुट’ भनेर छोप्दैन, कठोरतापुर्वक सच्याएर बढ्ने सामर्थ्य राख्नेछौं।’
कांग्रेसका प्रदश ५ का चार सांसदले कुर्सी टेबलमा बजार्ने, रोष्टमतिर फाल्ने र माइक पनि तोडफोड गरेका थिए। प्रदेश सांसदहरु बसिउद्धिन खाँ, बैजनाथ कलवार र अष्टभूजा पाठकले कुर्सी तोडफोड गरेका हुन् भने अर्की एक महिला सांसदले बोल्ने माइक पनि तोडफोड गरेकी थिइन् । यो खबर अन्नपूर्ण पोस्ट दैनिकमा छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE