रमेश बाहुनद्धारा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर
काठमाडौँ, ३० असोज । रमेश बाहुन उपनामले चिनिएका सुजन पैडेलले आफुविरुद्द भ्रामक र कपोलकल्पित लाञ्छना तथा आरोप लगाएर मानमर्दन गर्न खोजिएको भन्दै एक अनलाइन विरुद्द काठमाण्डौ जिल्ला अदालतमा मुद्दा फिरादपत्र (मुद्दा) दायर गराएका छन् ।
उनले आफ्ना वकिलमार्फत सुना मिडिया प्रालिले सञ्चालन गरेको रिपव्लिका दैनिक डटकम नामको अनलाइनका प्रकाशकर कार्यकारी सम्पादक सुना गुरुगं तथा सम्पादक याम भट्टराइ विरुद्द काठमाडौ जिल्ला अदालतमा असोज २३ गते मुद्दा दायर गराएका हुन् ।
मुद्दामा उनले भनेका छन् “म फिरादीलाइ मुलुकी फौजदारी कार्यविधि सहिता २०७४ को दफा ४३ ९ग०, ४५, ५२ ९६०, ५३ समेतका आधारमा फिराद गर्ने हकदैया भएकोले मुलुकी अपराध संहिता, २०७४ को दफा ३०६ (क) बमोजिम विपक्षिवाट आम सञ्चार माध्यमवाट गाली बेइज्यती गरी मेरो इज्यतमा धक्का पुर्याउने नियतले गलत समाचार सम्पादन गरेकोले मुलुकी अपराध संहिता २०७४ को दफा ३०७ ९१० बमोजिम सजाय समेत गरी पाउँ भनी निम्न प्रकरणहरुमा लेखिए बमोजिमको फिराद गर्दछु” भनिएको छ ।
उनले आफू केन्द्रीय कारगार कार्यालय सुन्धारामा विगत सात बर्षदेखि थुनामा रहेको र कारागारमा रहेका कुनैपनि कैदीले जो सुकैलाइ फोन गर्न नपाउने व्यवस्था रहेको मुद्दामा उल्लेख गरेका छन् । “नजिकको आफन्त वा कानुन व्यवसायीलाइ मात्र तोकिएको दिनरपालोमा मात्र फोन गर्न पाउँछन् । फोन गर्नुपर्दा कसलाइ कुन फोन नम्बरमा कल गर्ने हो सो को पूर्व जानकारी गराइ सुरक्षाकर्मीको सामुन्नेमा मात्र कल गर्न पाइन्छ ।
म फिरादीले मेरो नजिकको आफन्त र कानुन व्यवसायीलाइ भन्दा अरुलाइ फोन गरेको छैन ।“ उनले दायर गरेको मुद्दामा भनिएको छ ।
“मैले गर्दै नगरेको कार्य गर्यो भनि झुठो समाचार प्रकासन गरी मेरो वेइज्यति गर्ने विपक्षिहरुको कार्य मुलुकी अपराध संहिता २०७४ को दफा ३०६ (२) (क) बमाजिमको कसुर भएकाले विक्षिहरुलाइ ऐ ऐनको दफा ३०७ ९१० बमोजिम हुने कैद तथा जरिवानामा ऐ ऐन बमोजिम आम संचार माध्ययमवाट वेइज्यती गरेकाले थप सजाय समेत गरी विपक्षिहरुलाइ हदैसम्मको कैद तथा जरिवाना गरी पाउँ ।
साथै ऐ ऐनको दफा ३०७ (२) बमोजिम विपक्षिहरुलबाट मनसिव क्षतिपूर्ति र मुद्दा गर्दा लागेको खर्च समेत भराइ म फिरादिलाइ दिलाइ पाउँ ।“ भनेर माग गरिएको छ ।
“हुँदै नभएको विषयमा यसरी कपोलकल्पित, भ्रामक र आधारहित तरिकाले व्यक्तिको इज्यतमाथि दाग लगाउने प्रपंच गरिएको देखिएकोले उहाँले उक्त अनलाइन विरुद्द मुद्दा दायर गरिएको हो ।“ बाहुनका भाइ सुनिल पौडेलले भने, कसैको व्यक्तिगत चरित्रहत्यामा मिडिया लाग्नु दुखद कुरा हो, व्यक्तिगत स्वतन्त्रता सवैको हुन्छ र त्यसको सवैले सम्मान गर्नुपर्छ ।
“मेरो दाइ सुध्रिन चाहिरहनुभएको छ, तर मिडियाले हुँदै नभएको कुरा ल्याएर एकतर्फि र अनावश्यक रुपमा विवादमा पारिदिँदा हामी परिवार र आफन्तले अनाहकमा सास्ती खेप्नु परेको छ ।“ उनले थपे, मिडियाले निश्पक्ष भएर सूचना संप्रेसण नगरेर कसैको उक्साहटमा चरित्रहत्या गर्न लागि परेकोले यो मुद्दा दायर गरिएको हो ।
उनले थपे “जेलमा जो सुकै पनि सुध्रिनका लागि जाने गर्छ । पुर्ववत अवस्थावाट नयाँ जीवन जिउनका लगि कोहि सुधारको पथमा छ भने सकारात्मक समाचार सम्प्रेषण गर्नु पर्नेमा यसरी आधारहित कुरा गर्न सर्वथा गलत हो । कानुन सवैलाइ बरावर लाग्ने हुँदा अब कसैले कुनै पनि वाहनामा मिडियाको भ्युज र टिआरपी बढाउने नाममा यसरी निरन्तर मेरो दाइको मानमर्दन गर्छ भने हामी जसले यस्तो भ्रामक समाचार सम्प्रेसण गर्छ त्यसका विरुद्द थप कदम चाल्न बाध्य हुने जानकारी गराउन चाहन्छु ।“
उनका भाइ सुनिलले भने, “मिडियाले यस्ता समाचार प्रकासन तथा प्रशारण गर्नुपूर्व के भएको हो, थियो तथा विषयवस्तुको गहिरो अध्ययन तथा खोज गरेरमात्र प्रकासन गर्न अनुरोध गर्न चाहन्छु ।“ अधिवक्ता कमल गुरागाइका अनुसार मुलुकी अपराध संहिता २०७४ को दफा ३०६ (२) (क) अनुसार यस कसुरमा अधिकतम ३ बर्ष सजाय वा ३० हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE