Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिने

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिने

२५ जेठ, काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ २७ गते विश्वासको मत लिने हुनुभएको छ । मुख्यमन्त्री गुरुङको प्रस्ताव आज संसद सचिवालयमा दर्ता भएको छ ।

प्रदेश सभामा ठूलो दलको नेताका हैसियतमा मुख्यमन्त्री नियुक्त भएका गुरुङले १ महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

विश्वासको मत लिन त्यसभन्दा २ दिन पहिले संसद सचिवालयमा जानकारी दिनु व्यवस्था रहेको छ । सोही व्यवस्थाअनुसार मुख्यमन्त्री गुरुङले जेठ २७ गते विश्वासको मत लिने पत्र सचिवालयमा पठाएको प्रदेश सभा सचिव हरिराज पोखरेलले जानकारी दिनुभयो ।

कुल ६० सांसद रहेको गण्डकी प्रदेशसभामा ६० जना सदस्य रहेका छन् । जसमध्ये सरकार जोगाउन ३१ मत चाहिन्छ ।

WRITE COMMENTS FOR THIS ARTICLE