Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

थप ३ कोरोना संक्रमितको मृत्यु

७ कात्तिक
काठमाडौँ – मोरङ र चितवनमा थप तीन संक्रमितको मृत्यु भएको छ । मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा दुई जना र चितवनमा थप एक संक्रमितको मृत्यु भएको हो । नोबेल मेडिकल कलेज विराटनगरका ब्यवस्थापक नारायण दाहालका अनुसार शुक्रबार बिहान ३ बजे बेलबारी नगरपालिका– ११ का ४२ वर्षीय पुरुषको मृत्यु भएको हो । मृतकमा फोक्सो र मृगौला सम्बन्धी समस्या थियो ।

ती पुरूषमा कात्तिक ५ गते बिहान कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै आजै बिहान ४ बजे धरान उपमहानगरपालिका– ८ की ५९ वर्षीय कोरोना संक्रमित महिलाको पनि मृत्यु भएको दाहालले जानकारी दिए । मृतक महिला असोज २९ गते कोरोना पुष्टि भएको थियो । श्वासप्रश्वास र मधुमेह रोगबाट ग्रसित महिलाको उपचारका क्रममा मृत्यु भएको दाहालले जानकारी दिए ।

यस्तै चितवनमा पनि थप एक संक्रमित पुरूषको मृत्यु भएको छ । घरमै आइसोलेसनमा बसेका भरतपुर महानगरपालिका–७ का ५७ वर्षीय पुरुषको बिहीबार बेलुकी १० बजे १५ मिनेटमा भरतपुर अस्पतालमा मृत्यु भएको हो । असोज २६ गते कोरोना संक्रमण पुष्टि भएका उनी होम आइसोलेसनमै रहँदा खोकी, ज्वरो र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याएर आइसीयूमा भर्ना गरिए लगत्तै उनको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE