सुन्दर सुदुर सधै सबैबाट दुर हुँदा !

- डिल्ली धमला, सुदुर-पश्चिमबाट
नेपालको एक प्राकृतिक सौन्दर्य मनिने, प्रकृतिको धरोहर उपहार भन्दा पनि फरक पर्दैन त्यो सुन्दर सुदुर पश्चिम । यहाँ घुम्न आउनेहारु सबैलाई मनै लोभ्याउने गर्छ । कलकल बग्ने कर्णाली, महाकाली नदी, घोडाघोडी ताल, सुर्मा ताल र विभिन्न झरनाहरु सुदुरका दुर दृष्टी हुन् । जुन सधै सबैबाट दुर छन् । त्यसै गरी मालीका, पाटन, बडीमालीका, खप्तड जस्ता धार्मिक पौराणीका धरोहरहरुले सधै लाखौँ भक्तजनहरुको पर्खाइमा रहेका छन् । त्यसैगरी अपी, सैपाल जस्ता हिम श्रीङखलाहरुले मेरो सिङगो देश चियाईरहेका छन् । यो सुन्दर सुदुर सधै सबैबाट दुर हुँदा यो मन नै आफ्नो शरिरबाट दुर हुन्छ ।

यहाँ जति प्रकृतिले सुन्दर मनोरमा दृश्य हामीले अवलोकन गर्न सक्छौ भने त्यतिनै सुन्दर यहाँका कला, संस्कृति पनि छन् । यहाँका मानिसहरु कला संस्कृतिमा निकै धनी मानिन्छन् । उनीहरुमा एक आफ्नै मौलिक पहिचान, भाषा र संस्कार रहेको छ । त्यहाँको कला कृतिको पनि आफ्नै पहिचान रहेको छ । सुदुर पश्चिममा गाईने देउडा, ठाडी भाका जस्ता पौराणीका सांगितिक भाषाहरु र छलिया, हुड्र्केउली, देउडा आदी नृत्य पनि सुदुर पश्चिमको पहिचान दिलाउन उर्जा थपि रहेका छन् ।

प्रकृतिले सुन्दर उपहार दिएको सुन्दर सुदुर पश्चिमबासीहरुको दैनिकी भने सुदुर पश्चिमको सुन्दरता जस्तो सुन्दर भने छैन । यहाँका बासिन्दाहरु प्राय कृषिमा संलग्न रहेका छन् । यहाँका युवाहरु नयाँ नयाँ कपडा र दैनिकी सरल बनाउन आवश्यका पैसाको जोहो गर्न विदेश र नजिको मित्रराष्ट्र भनिने हजारौँ नेपाली युवाहरुको श्रम र पसिनाले मुछिएको देश हो या प्रदेश भारतमा जाने गर्दछन् ।

सुन्दर सुदुर पश्चिमको नामले जति सुन्दर छ त्यति नै असहज जिवनयापन गर्न बाध्य छन् । जिवनमा धेरै कष्टकर जिवन बिताइरहेका पाइन्छ । सुदुरपश्चिममा कयाँै त्यस्ता ठाउँहरु पनि छन् । जुन ठाउँहरले उनिहरु लाइ कष्टपुर्ण जिबन ढङगले जिबन चलिरहेको हामि पाउन सक्छौँ । जस्तै बाजुरा, बझाङ, डोटी, दर्चुला, बैतडीलगायतका कतिपय ठाउहरुमा पिउने पानी भर्नका लागि विहान ३ बजे देखी नै लाइनमा बस्नुपर्ने बाध्यता छ भने कतिपय ठाउँमा २÷३ घण्टा उकालो ओरालो बाटो हिडेर पिउने पानी बोक्न बाध्य छन् ।
समस्या पानीको मात्र होइन राम्रो बाटो घाटो, राम्रो स्वास्थ्य चौकि र गुणस्तरी शिक्षाका लागि राम्रो विद्यालयको अभावमा सुदुर पश्चिमका वासिन्दा पछि परीरहेका छन् । नेपाल सरकारको कमजोरी हो वा विद्यालयको लापरवाहि या त सुदुरलाई गरेको विभेद हो न त समयमा नै विद्यायमा पाठ्यपुस्तका पुग्छन न त दक्ष शिक्षक नै । यसरी अभाव र बाध्यता बाट गुज्रिरहेको छ सुदुरको शिक्षा पनि ।
त्यस्तै कोहि विरामि पर्याे भने अझै पनि डोकोमा मानिसले नै बोकेर सदरमुकामको स्वास्थ्य चौकिसम्म पुर्याउदा पुर्याउदै बाटोमा नै मृत्यू भएका कयौँ समाचार नै नबनी अकालमा नै ज्यान गुमायको हामिले देख्दै र भोग्दै आएका छौँ ।

सुदुरमा विकासका थुप्रै सम्भावना र समृद्धीका हजारौँ बाटाहरु रहेका भए पनि सरकारको ध्यान जान सकिरहेको छैन् । सुदुर पश्चिमको माटोमा लडिबुडी खेल्दै, प्रकृति संग रमाउदै अहिले एक राष्ट्रको नेत्रीत्वदायी भुमिकामा रहेका नेता हरुका पनि त्यस ठाउँको विकास, समृद्धी र यहाँका विशेषताहरको पर्वधनमा ध्यन नजाँदा हामी सुदुरवासीहरु अझै अभावमा जिविको चलाईरहेका छौँ । आखिर यो सुदुर कहिले सम्मा विकास र समृद्धीबाट दुर दुर रहने ? प्रकृति, कला, संस्कृतिले सुन्दर यो सुदुरलाई दुरबाट होइन नजिकबाट नियाल्ने र सबैको नजरमा सुदुरको पहिचान अटल बनाउने कस्ले ? कि तपाई अनि कि म होइन त ?
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE