राष्ट्रिय युवा संघ तनहुँका अध्यक्षसहित ५ कार्यकर्ता प्रहरीको नियन्त्रणमा
१७ मंसिर
तनहुँ – राष्ट्रिय युवा संघ तनहुँका अध्यक्ष इश्वर बस्याल, नेकपा व्यास नगरपालिका वडा नम्बर १ कमिटी अध्यक्ष ज्ञानेन्द्र बसौला सहित ५ कार्यकर्तालाई दमौलीबाट प्रहरीले गिरफ्तार गरेको छ ।
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारी संयन्त्रलाई बाईपास गरि मंगलबार मोटरेपुल पुल उद्घाटन गरेको र बुधबार पनि त्यसैगरी अर्को पुल उद्घाटनको तयारी गरेको बिरोधमा राष्ट्रिय युवा संघले जिल्ला प्रशासन कार्यालय घेराउ गरेको क्रममा प्रहरीले उनीहरूलाई गिरफ्तार गरेको हो ।
सम्भावित झडपलाई रोक्न जिल्ला प्रशासन कार्यालय तनहुँले कांग्रेस नेता रामचन्द्र पौडेलले पुल उद्घाटन गर्न लागेको स्थान व्यास नगरपालिका १ को तालघरे वरपर मानिस भेला हुन नपाउने गरि सांझसम्म निषेधाज्ञा जारी समेत गरेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE