सुरक्षाकर्मीको ३३ प्रतिशत रासनभत्ता बढाउन गृहमन्त्रालय सकारात्मकः गृहमन्त्री बादल
२९ माघ
काठमाडौं – गृहमन्त्री रामबहादुर थापा ‘बादलले’ सुरक्षाकर्मीको राशनभत्ता न्यूनतम ३३ प्रतिशतले बढाउन सकारात्मक रहेको बताएका छन् । बिहीबार गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतम नेतृत्वको राशनभत्ता पुनरावलोकन समितिले बुझाएको पत्र बुझ्दै गृहमन्त्री बादलले सुरक्षाकर्मीको राशनभत्ता बढाउन आफूँ सकारात्मक रहेको बताए ।
सिफारिस पत्र हातमा लिँदै गृहमन्त्री बादलले मुल्यवृद्धि अनुरुप नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको रासनभत्ता तत्काल बढाईने प्रतिबद्धता जाहेर गरेका छन् ।
आर्थिक वृद्धि र समृद्धिका लागि शान्ति सुरक्षा अनिवार्य शर्त रहेको र त्यस्तो शान्तिसुरक्षा कायम गर्न महत्वपूर्ण योगदान गर्ने सुरक्षाकर्मीको मनोबल बढाउन पनि भत्ता वृद्धि गरिनुपर्ने मन्त्री बादलको भनाई छ ।
विगत ६ वर्षदेखि प्रहरीको राशन भत्ता समान रहेको र पूरानै राशनभत्ताले सुरक्षाकर्मीलाई जीवनगुजारा गर्न धौँ धौँ देखिए पछि सहसचिव गौतम नेतृत्वको कार्यदलले रासनभत्ता बढाउन समिति गठन गरेको हो । यद्यपि, बीचमा रासनभत्ता बृद्धि गर्न पटक पटक पहल हुँदै आए पनि अर्थ मन्त्रालयले अस्वीकार गर्दै आएको छ । र, यहीँबीचमा मन्त्री थापासमक्ष समितिले रासनभत्ता बढाउन सिफारिस पत्र बुझाएको छ ।
त्यसो त पुनरावलोकन समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र अर्थ मन्त्रालयका प्रतिनिधि समेत सदस्य रहेका छन् । बिहीबार मन्त्री बादललाई पत्र बुझाइएको र आगामी साउनदेखि राशन भत्ता बढ्ने जनाइएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE