Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

प्रचण्ड-माधव समूहमा सही व्यवस्थापन हुने नदेखिएपछि केपी समूहमै फर्किए शेरबहादुर तामाङ र उषाकला राई

८ फागुन,
काठमाडौं –
पूर्वमन्त्री तथा नेकपाका नेता शेरबहादुर तामाङ र प्रदेश १ की सांसद उषाकला राई फेरि केपी शर्मा ओली समूहमा फर्किएका छन् ।

प्रचण्ड-माधव समूहबाट दुवैजना केपी समूहमा फर्किको उषाकलाले बताइन् । ‘हो, हामी फर्कियौं,’ उनले भन्नि,’प्रचण्ड-माधव समूहमा सही व्यवस्थापन हुने नदेखिएपछि फर्किएका हौं ।’

नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० दुई समूहमा विभाजित भएपछि सुरुमा तामाङ दम्पती ओली समूहका बैठकमा सहभागी भए पनि केही दिनमै प्रचण्ड-माधव समूहमा फर्किएका थिए ।

तामाङ चुनावमा सिन्धुपाल्चोक-२ बाट निर्वाचित तामाङ नेकपाको केन्द्रीय सदस्य हुन् । पत्नी उषाकला राई प्रदेशसभा सदस्य हुन् । उनलाई ओली समूहले यसअघि केन्द्रीय सदस्य बनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE